शिक्षकको २१ गतेबाट शुरु भनिएको आन्दोलन किन स्थगित ?

Shikharkhabar Shikharkhabar
|
बुधबार, मंसिर १९, २०७५
|
|
२६ पटक हेरिएको
Shares
शिक्षकको २१ गतेबाट शुरु भनिएको आन्दोलन किन स्थगित ?

सारांश

  • काठमाडौं, १९ मंसिर ।
  • नेपाल शिक्षक महासंघले पर्सिदेखि गर्ने भनिएका आन्दोलनका कार्यक्रम स्थगित गरेको छ ।
  • सरकारले वार्ताका माध्यमबाट समस्याको हल खोज्ने बताएपछि आन्दोलन स्थगित गरिएको हो ।

काठमाडौं, १९ मंसिर । नेपाल शिक्षक महासंघले पर्सिदेखि गर्ने भनिएका आन्दोलनका कार्यक्रम स्थगित गरेको छ । सरकारले वार्ताका माध्यमबाट समस्याको हल खोज्ने बताएपछि आन्दोलन स्थगित गरिएको हो । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले अर्थ तथा कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयका प्रतिनिधिको उपस्थितिमा वार्ता गरी माग सम्बोधनको पहल गर्ने आश्वासन दिएको छ ।

मंसिर १४ गते महासंघले उपत्यकाका सामुदायिक विद्यालयको पठनपाठन अवरुद्ध गराइ काठमाडौँमा प्रदर्शन गरेको थियो । स्थानीय तहबाट विद्यालय शिक्षाको अधिकार फिर्ता ल्याउन संविधान संशोधन गरिनुपर्ने, शिक्षकहरुसँग विगतमा भएका सम्झौता कार्यान्वयन हुनुपर्ने र निःशुल्क तथा अनिवार्य शिक्षाका लागि पर्याप्त बजेट विनियोजन हुनुपर्नेलगायत माग राखी महासङ्घले जेठ १७ गतेदेखि आन्दोलन गर्दै आएको हो ।

महासङ्घका अध्यक्ष बाबुराम थापा र महासचिव लक्ष्मीकिशोर सुवेदीले जारी गरेको विज्ञप्तिमा वार्तालाई फलदायी र निर्णायक बनाएर सबै खाले शिक्षक र विद्यालय कर्मचारीका समस्या निराकरणका लागि आफूहरु प्रतिबद्ध रहेको उल्लेख छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?