सिके राउतसहित ५ जनालाई थप १५ दिन थुनामा राख्न अादेश !

Shikharkhabar Shikharkhabar
|
बिहिबार, कार्तिक १५, २०७५
|
|
१८ पटक हेरिएको
Shares
सिके राउतसहित ५ जनालाई थप १५ दिन थुनामा राख्न अादेश !

सारांश

  • काठमाडाैँ, १५ कात्तिक ।
  • जिल्ला अदालत रौतहटले स्वतन्त्र मधेश गठबन्धनका संयोजक डा.
  • सिके राउतलाई बिहीबार राज्यविरुद्धको संगठित अपराधको मुद्दामा थप १५ दिन थुनामा राख्न आदेश दिएको छ ।

काठमाडाैँ, १५ कात्तिक । जिल्ला अदालत रौतहटले स्वतन्त्र मधेश गठबन्धनका संयोजक डा. सिके राउतलाई बिहीबार राज्यविरुद्धको संगठित अपराधको मुद्दामा थप १५ दिन थुनामा राख्न आदेश दिएको छ ।  राज्यविरुद्धको संगठित अपराधको मुद्दामा गत २५ दिनदेखि राउतसहित ५ जना गठबन्धनका नेताहरु प्रहरी हिरासतमा रहेका छन् । राउतसँगै जिल्ला संयोजक अशोक सिंह, वीरेन्द्र दास, जयप्रकाशकुमार साह, दिनेशलाल यादव जिल्ला प्रहरी कार्यालय रौतहटको हिरासतमा रहेका छन् ।

राज्य विरुद्धको अपराधको मुद्दामा पक्राउ परेका राउतलाई प्रहरीले अहिले सांगठित अपराध मुद्दामा अनुसन्धान गर्न म्याद मागेको हो । सांगठिक अपराधको मुद्दामा अनुसन्धानका लागी प्रहरीले ६० दिनसम्म म्याद पाउने कानूनी प्रावधान रहेको छ । जिल्ला न्यायाधिश प्रकाश श्रेष्ठको इजलासमा बिहीबार भएको बहस पछिको फैसला अनुसार स्वतन्त्र मधेश गठबन्धनका संयोजक राउतलाई थप १५ दिन प्रहरी हिरासतमा राखेर अनुसन्धान गर्न आदेश भएको हो ।

 

(Clorazepate/)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?