शिक्षक अभाव हुँदा उभिएरै पढ्छन विद्यार्थी !
सारांश
- माधव बेल्वासे, चन्द्रौटा (कपिलवस्तु) ४ जेठ ।
- बसेर पढ्न पाउनुपर्ने विद्यार्थीहरुको अधिकार हो ।
- तर शिक्षकको अभावले कपिलवस्तुको शिवराज नगरपालिका चन्द्रौटामा रहेको राष्ट्रिय उच्च माविमा अध्यानरत विद्यार्थीहरु उभिएर पढन वाध्य भएका छन ।
माधव बेल्वासे, चन्द्रौटा (कपिलवस्तु) ४ जेठ ।
बसेर पढ्न पाउनुपर्ने विद्यार्थीहरुको अधिकार हो । तर शिक्षकको अभावले कपिलवस्तुको शिवराज नगरपालिका चन्द्रौटामा रहेको राष्ट्रिय उच्च माविमा अध्यानरत विद्यार्थीहरु उभिएर पढन वाध्य भएका छन । विद्यालयका कक्षा कोठाहरु खाली रहेपनि शिक्षक नहुँदा विद्यार्थीहरु उभियरै पढन वाध्य रहेका छन ।
दरवन्दि नभएको र आन्तरिक स्रोत नहुँदा र विद्यालय व्यावस्थापन समितिको अवधि सकियको लगाएतको कारणले विद्यालयमा शिक्षक नियुक्त गर्न नसकिएको विद्यालयका प्र अ टिकाराम पाण्डेले बताए ।
विद्यालयमा सम्पुर्ण कक्षमा विद्यार्थीहरुलाई खण्ड खण्ड बनाई पढाउन आवश्य रहेको भएपनि शिक्षक नहुँदा समस्या भएको पाण्डेकाे भनार्इ छ ।
एउटै कक्षाकोठामा करिव २ सय विद्यार्थीहरु पढाउन समस्या भइरहेको शिक्षक विष्णु भण्डारीले बताए । भण्डारीले भने –“६० जना विद्यार्थीहरु बस्न पाउछन अरु सवै अभिएर पढ्न वाध्य छन” । शिक्षक भण्डारीले स्थानिय तह र विद्यालय व्यावस्थापन समितिले यसमा ध्यान दिन आश्यक रहेको वताए ।
विद्यार्थीहरु नैर्सगिक अधिकारलाई ध्यानमा राख्नुपर्ने भन्दै धेरै विद्यार्थीहरु भएको कारण विद्यार्थीहरुले पढाई वुझ्न नसक्ने अवस्था रहेको भण्डारीकाे बुझार्इ छ ।
बिगतका वर्षमा भन्दा विद्यार्थीहरुको चाप बढेको भएपनि गुणस्तरीय शिक्षा दिनको लागी थप शिक्षक आवश्य रहेको बताइएको छ । सरकारले सामुदायीक विद्यायको शिक्षालाई गुणस्तरीय बनाउनुपर्ने भनेको भएपनि शिक्षकको अभावले राष्ट्रिय उच्च माविमा शिक्षाको अवस्था खस्कीदै गएको छ ।
बिगतका समयमा अन्तरीक स्रोतको रुपमा विद्यालयले हाटवजार व्यावस्थापन गर्दै आएको भएपनि अहिले स्थानिय तहले लगेपछी विद्यालयलाई आन्तरीक स्रोत जुटाउन मुस्कील परेको हो ।विद्यालयमा अहिले १७ जना शिक्षक रहेका छन थप ४ जना शिक्षक राख्न सकेमा विद्यालयको शैक्षिक अवस्थामा सुधार आउने विद्यालयले जनाएको छ ।
उक्त विद्यालयमा कक्षा ५ मा १ सय ५३ जना विद्यार्थी रहेका छन ।कक्षामा जम्मा ६० जनाको मात्र सिट रहेको छ । विद्यालयमा शिक्षक नहुँदा सिट सँख्या भन्दा तेव्वर विद्यार्थीहरु अभिएर पढन वाध्य भएका हुन।
प्रतिक्रिया