एनजिओका गतिविधिले नेपालमाथि खतरा बढ्दै : मन्त्री बास्कोटा
सारांश
- काठमाडौं ।
- सरकारका प्रवक्ता गोकुलप्रसाद बाँस्कोटाले एनजिओले नेपालको सार्वभौम सत्ता खलबल्याउने गतिविधि हुन थालेकाले गैरसरकारी संस्थालाई नियमन गर्न लागिएको बताएका छन् ।
- सञ्चार तथा सूचना प्रविधिमन्त्री बाँस्कोटाले काभ्रेपलाञ्चोकको गैरसरकारी संस्था महासंघ नेपालको १६औँ वार्षिक साधारणसभा तथा ८औँ जिल्ला अधिवेशनमा बोल्दै केही गैससका गतिविधिले नेपालको सार्वभौममाथि खतरा पर्ने देखिएपछि नियमन गर्न लागिएको दाबी गरे ।
काठमाडौं । सरकारका प्रवक्ता गोकुलप्रसाद बाँस्कोटाले एनजिओले नेपालको सार्वभौम सत्ता खलबल्याउने गतिविधि हुन थालेकाले गैरसरकारी संस्थालाई नियमन गर्न लागिएको बताएका छन् ।
सञ्चार तथा सूचना प्रविधिमन्त्री बाँस्कोटाले काभ्रेपलाञ्चोकको गैरसरकारी संस्था महासंघ नेपालको १६औँ वार्षिक साधारणसभा तथा ८औँ जिल्ला अधिवेशनमा बोल्दै केही गैससका गतिविधिले नेपालको सार्वभौममाथि खतरा पर्ने देखिएपछि नियमन गर्न लागिएको दाबी गरे ।
“बाह्य सहयोग स्वीकार्नुपर्छ तर नेपालको अखण्डता र सार्वभौमिकतामा आँच पुग्ने काम गर्न पाइँदैन” उनले भने, सरकारको उद्देश्य गैससलाई नियमन गर्ने नै भएको उल्लेख गर्दै पारदर्शी तवरले काम गर्न गैससलाई कसैले नरोक्ने बताए ।
“बाह्य सहयोग कति हार्डवेरमा, कति सफ्टवेयरमा लेखाजोखा हुनुपर्छ । हामी गैससलाई एउटै डालोमा पनि राख्दैनौँ, छलफल गरौँला, नीति कानुन बनाउने बेलामा तपार्इँहरुको सुझावको अपेक्षा गर्छौँ ” रेडक्रस जस्तो पवित्र संस्थामा समेत ‘हिनामिना’ देखिएपछि सबैलाई विश्वास गर्न सक्ने वातावरण नभएको उनले भने ।
प्रतिक्रिया