शिक्षामा २० प्रतिशत बजेट विनियोजन गर्न माग

Shikharkhabar Shikharkhabar
|
आइतबार, बैशाख १०, २०८०
|
|
१७ पटक हेरिएको
Shares
शिक्षामा २० प्रतिशत बजेट विनियोजन गर्न माग

सारांश

  • काठमाडौ ।
  • शिक्षाका लागि राष्ट्रिय अभियान (एनसिइ) नेपालले आगामी आर्थिक वर्ष शिक्षा क्षेत्रमा कूल बजेटको २० प्रतिशत बजेट विनियोजन गर्न नेपाल सरकारका सम्बन्धित मन्त्री र निकायलाई ध्यानाकर्षण गराएको छ ।
  • एनसिइ नेपालले राजनीतिक दलद्वारा निर्वाचनका बेला घोषणापत्रमा गरेको प्रतिबद्धताप्रति ध्यानाकर्षण गराउँदै सोहीअनुरुप शिक्षामा कूल राष्ट्रिय बजेटको २० प्रतिशत रकम आगामी आर्थिक वर्षमा विनियोजन गर्न माग गरेको हो ।

काठमाडौ । शिक्षाका लागि राष्ट्रिय अभियान (एनसिइ) नेपालले आगामी आर्थिक वर्ष शिक्षा क्षेत्रमा कूल बजेटको २० प्रतिशत बजेट विनियोजन गर्न नेपाल सरकारका सम्बन्धित मन्त्री र निकायलाई ध्यानाकर्षण गराएको छ ।

एनसिइ नेपालले राजनीतिक दलद्वारा निर्वाचनका बेला घोषणापत्रमा गरेको प्रतिबद्धताप्रति ध्यानाकर्षण गराउँदै सोहीअनुरुप शिक्षामा कूल राष्ट्रिय बजेटको २० प्रतिशत रकम आगामी आर्थिक वर्षमा विनियोजन गर्न माग गरेको हो । हाल शिक्षामा करिब १० प्रतिशतको हाराहारीमा बजेट रहेको छ ।

एनसिइ नेपालका अध्यक्ष राजेन्द्र पहाडीले शिक्षाको मौलिक हकको कार्यान्वयन र अन्तर्राष्ट्रिय प्रतिबद्धता पूरा गर्न अपुग रहेकाले सरकारले शिक्षा बजेट बढाउनुपर्ने बारेमा अवगत गराइएको जनाए ।

अनिवार्य तथा निःशुल्क शिक्षासम्बन्धी ऐन २०७५ जारी भइसकेको अवस्थामा सोको कार्यान्वयनका लागि कुनै पनि शुल्क नलाग्ने व्यवस्थाका साथै दिवा खाजा, छात्रवृत्ति, प्राथमिक उपचार तथा शैक्षिक सामग्रीको व्यवस्था गर्नुपर्ने र त्यसका निम्ति हालको विनियोजन अपर्याप्त भएकाले बजेट वृद्धि गरिनुपर्ने एनसिइ नेपालको माग रहेको छ ।

सो सञ्जालले अर्थमन्त्री डा प्रकाशशरण महत, शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोककुमार राई र राष्ट्रिय योजना आयोगका सदस्य डा रामकुमार फुयाँललाई हालै सुझाव पत्र बुझाइएको हो । एनसिइ नेपालका महासचिव सुदर्शन सुग्देलका अनुसार अर्थमन्त्री डा महतले उपलब्ध स्रोतसाधनकै ‘फ्रेमभित्र रही’ बजेट विनियोजन गरिने र मुलुक अहिले आर्थिकरूपमा संवेदनशील अवस्थामा पनि शिक्षा क्षेत्रलाई प्राथमिकतामै राखिएको बताएका थिए ।

शिक्षामन्त्री राईले शिक्षामा गरिएको लगानी भने सयौँ वर्ष टिक्छ भन्ने यथार्थ बोध भए पनि सोचेजति लगानी गर्न नसकिएको स्विकारेका थिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

पश्चिम सेती आयोजना: थ्री गर्जेजसँग कात्तिक अन्तिम साता लगानी सम्झौताको तयारी
पश्चिम सेती आयोजना: थ्री गर्जेजसँग कात्तिक अन्तिम साता लगानी सम्झौताको तयारी
प्रहरी,सेना र भिआइपीको घरमा काम गर्न राखिएका सुरक्षाकर्मी फिर्ता गर्न प्रम ओलीको निर्देशन
प्रहरी,सेना र भिआइपीको घरमा काम गर्न राखिएका सुरक्षाकर्मी फिर्ता गर्न प्रम ओलीको निर्देशन
नेपाल लाइफको बीमा शुल्क कनेन्ट आइपिएसबाट भुक्तानी गर्न सकिने
नेपाल लाइफको बीमा शुल्क कनेन्ट आइपिएसबाट भुक्तानी गर्न सकिने
भक्तपुरमा पर्खालबाट आमाछोरा सँगै हामफाले, आमाको मृत्यु
भक्तपुरमा पर्खालबाट आमाछोरा सँगै हामफाले, आमाको मृत्यु
पोल्यान्डको पोष्टमा वेल्जियमको आधा दर्जन गोल
पोल्यान्डको पोष्टमा वेल्जियमको आधा दर्जन गोल
इतिहासमा आज उत्तर र दक्षिण कोरियाबीच पहिलोपटक शान्तिवार्ता भएको दिन
यौन दुर्व्यवहारको आरोपमा ललितपुरबाट समातिए पूर्वसभासद् घिसिङ
यौन दुर्व्यवहारको आरोपमा ललितपुरबाट समातिए पूर्वसभासद् घिसिङ
नवौंपटक सरकार विस्तार, थपिए तीन मन्त्री, आज शपथ
नवौंपटक सरकार विस्तार, थपिए तीन मन्त्री, आज शपथ
काङ्ग्रेस जिल्ला सभापतिले हस्ताक्षर अभियान चलाउने
काङ्ग्रेस जिल्ला सभापतिले हस्ताक्षर अभियान चलाउने
बाबुरामले भने- मतदान गोप्य हुनुपर्छ भन्ने कुनै सिद्धान्त हुँदैन
बाबुरामले भने- मतदान गोप्य हुनुपर्छ भन्ने कुनै सिद्धान्त हुँदैन

तपाईंले छुटाउनुभयो कि?