अम्रिसोको मूल्य बढ्दा किसान उत्साही

Shikharkhabar Shikharkhabar
|
मंगलबार, फाल्गुन २, २०७९
|
|
३७ पटक हेरिएको
Shares
अम्रिसोको मूल्य बढ्दा किसान उत्साही

सारांश

  • काठमाडौं ।
  • अम्रिसोको मूल्य वृद्धि हुँदै गएपछि पूर्वी पहाडी क्षेत्रका किसान उत्साही भएका छन् ।
  • तीन वर्षअघि प्रतिकिलो रू ३५ का दरले मुस्किलले बिक्री गरेका ताप्लेजुङको खेवाङका नेत्र आचार्यले गत वर्ष प्रतिकेजी रू एक सय २० मा बिक्री गरे ।

काठमाडौं । अम्रिसोको मूल्य वृद्धि हुँदै गएपछि पूर्वी पहाडी क्षेत्रका किसान उत्साही भएका छन् । तीन वर्षअघि प्रतिकिलो रू ३५ का दरले मुस्किलले बिक्री गरेका ताप्लेजुङको खेवाङका नेत्र आचार्यले गत वर्ष प्रतिकेजी रू एक सय २० मा बिक्री गरे । यो वर्ष पनि त्यही मूल्यमा खरिद भइरहेकाले थप मूल्य बढ्नसक्ने किसानले अनुमान गरेका छन् ।

मूल्यमा उतारचढाब आइरहे पनि यो वर्ष प्रतिकिलो रू एक सयदेखि रू एक सय २० सम्म किसानबाट व्यवसायीले खरिद गरिरहेका छन् । अम्रिसोको व्यापार गर्दै आएका स्थानीय रुपनारायण पाण्डेले प्रतिकिलो रू एक सय २० सम्म लगाएर १० क्विन्टल अम्रिसो जम्मा गरेएका छन् । झापाको धुलाबारीमा लगेर बिक्री गर्दै आउनुभएका पाण्डेले यो वर्ष केही बढ्नसक्ने अनुमान गरेको बताए । अम्रिसो झापाको धुलाबारीमा पुर्‍याउँदा गत वर्ष रू एक सय ४१ सम्म बिक्री भएको उनको भनाइ छ ।

पछिल्लो समय भारतबाट अम्रिसोको माग बढेर आएपछि मूल्य बढेको व्यवसायीहरुको भनाइ छ । कुनै समय बिक्रीका लागि नभइ घाँस र कुचोका अम्रिसो रोप्ने पहाडी क्षेत्रका किसानले बजार र मूल्य पाउन थालेपछि व्यावसायिक रुपमा नै यसको खेती गर्न थालेका छन् । अम्रिसोको डाँठलाई दाउराका रुपमा र पातलाई घाँसका रुपमा प्रयोग गर्ने किसानले फुलेको भागलाई निकालेर कुचोका रुपमा बिक्री गर्दै आएका छन् ।

बहुउपयोगी अम्रिसोले राम्रो मूल्य पाउन थालेकाले पहाडी भेगका किसानमा उत्साह छ । अन्नबालीका लागि उपयोग हुन नसक्ने भिरालो पाखा जमिनमा समेत अम्रिसो खेती गर्न सकिन्छ । हिउँदका समयमा अन्य घाँसपात नहुँदा अम्रिसोको पात गाईबस्तुका लागि निक्कै उपायोगी हुन्छ । ग्रामीण भेगसम्म यातायातको पहुँच पुगेपछि यसको व्यावसायिक खेती बढेको हो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

दोलखामा अवैध बिटक्वाइन बन्ने गरेको खुलासा ,सम्पत्ति विदेश लैजान बिटक्वाइनको प्रयोग !
दोलखामा अवैध बिटक्वाइन बन्ने गरेको खुलासा ,सम्पत्ति विदेश लैजान बिटक्वाइनको प्रयोग !
सुर्यको प्रकाश नभए के होला
सुर्यको प्रकाश नभए के होला
Mostbet Mobil Dasturi Ilovasi Android Ios Apk Yuklash Yuklab Olish Skachat Мобильный Софт Tarjima Kinolar 2023 Media Olam, Tarjima Kinolar 2023, Uzbek Tilida Kinolar, Premyeralar 2019-2021-2022-2023, Фильмы, Сериалы, Ozbekcha Tarjima 2023, Ozbek Tilida, Uzbek Tilida, Tas-ix Фильмы, Сериалы, Игры, Клипы, Софт, 2021-yil, Музыка, Onlayn Tv, On The Internet Tv Tas-ix, Tas-ix Filmlar, Программы, O`zbekcha Tarjima, Tas-ix, Besplatno, O`zbek Tilida, Uzbek Tilida, Tas-ix 2020, 2021, 202 大田区蒲田 牧田総合病院 社会医療法人財団 仁医
परम्परामात्र बन्दै घुम्ती गोठ
परम्परामात्र बन्दै घुम्ती गोठ
कुन प्रदेशमा कति सांसद ?
कुन प्रदेशमा कति सांसद ?
बामदेवको सांसद बन्ने रहरले नेकपाभित्रै बढायो विवाद
दाङमा अचेत अवस्थामै ज्यान गुमाएकी महिलामा कोरोना पुष्टि
लोकतन्त्र संस्थागत गर्न निर्वाचन अपरिहार्य भएकाले असहज परिस्थितिमा पनि मतदान
लोकतन्त्र संस्थागत गर्न निर्वाचन अपरिहार्य भएकाले असहज परिस्थितिमा पनि मतदान
आगामी चैतदेखि २० बर्षे पुरना निजी तथा सार्वजानिक सवारी हटाइदै…
आगामी चैतदेखि २० बर्षे पुरना निजी तथा सार्वजानिक सवारी हटाइदै…
शान्ति सुरक्षाको व्यवस्था चुस्त बनाउन एमालेको माग
शान्ति सुरक्षाको व्यवस्था चुस्त बनाउन एमालेको माग

तपाईंले छुटाउनुभयो कि?