ह्वाइट हाउसका कर्मचारीलाई ट्रम्पकाे निर्देशन

Shikharkhabar Shikharkhabar
|
आइतबार, भाद्र ३, २०७५
|
|
२० पटक हेरिएको
Shares
ह्वाइट हाउसका कर्मचारीलाई  ट्रम्पकाे निर्देशन

सारांश

  • वासिङ्टन, ३ भदौ ।
  • अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ह्वाइट हाउसका कर्मचारी डन म्याकगान र अरु कर्मचारीलाई गत राष्ट्रपतीय चुनावमा मस्कोसँगको सम्भावित साँठगाँठका विषयमा भइरहेको अनुसन्धानमा सहयोग गर्न आदेश दिइसकेको बताएका छन्  ।
  • अमेरिकी अखबार न्यूयोर्क टाइम्सले म्याकगानले विशेष अनुसन्धाता रोबर्ट मुलरले गरिरहेको अनुसन्धानमा मद्दत गरेको छापेपछि ट्रम्पले यस्तो प्रतिक्रिया दिएका हुन्  ।

वासिङ्टन, ३ भदौ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ह्वाइट हाउसका कर्मचारी डन म्याकगान र अरु कर्मचारीलाई गत राष्ट्रपतीय चुनावमा मस्कोसँगको सम्भावित साँठगाँठका विषयमा भइरहेको अनुसन्धानमा सहयोग गर्न आदेश दिइसकेको बताएका छन्  ।अमेरिकी अखबार न्यूयोर्क टाइम्सले म्याकगानले विशेष अनुसन्धाता रोबर्ट मुलरले गरिरहेको अनुसन्धानमा मद्दत गरेको छापेपछि ट्रम्पले यस्तो प्रतिक्रिया दिएका हुन्  । मुलरको टोलीले म्याकगानसँग तीन पटकमा ३० घण्टा भन्दा बढी अन्तर्वार्ता लिएको थियो ।

“मैले ह्वाइट हाउसका सहयोगी डन म्याकगान समेतका सबै कर्मचारीलाई मुलरको अनुसन्धान टोलीलाई सहयोग गर्न अनुमति दिएकै हो,” ट्रम्पले ट्वीटमा भन्नुभएको छ । “यस बाहेक हामीले १० लाख पृष्ठ दस्तावेज पनि दिएका छौं । इतिहासमा यो नै सबैभन्दा पारदर्शी हो । कुनै साँठगाँठ छैन, कुनै अबरोध पनि छैन । अनावश्यक खेदो मात्र ।”ट्रम्पको विचारमा विशेष अनुसन्धाता रोबर्ट मुलरको अनुसन्धान आफ्नो राष्ट्रपतीय कार्यभारलाई बदनामी गर्ने मात्र हो, र उहाँले यो अनुसन्धान तत्काल टुङ्ग्याउनु पर्दछ भनी बारम्बार दबाब दिइरहनुभएको छ ।

टाइम्सका अनुसार म्याकगानमाथि संघीय जाँच ब्यूरोका निर्देशक जेम्स कोमेको बर्खास्ती, विशेष अनुसन्धान टोलीका प्रमुख मुलरमाथि राष्ट्रपतिले गर्न लागेको कारबाही लगायतका पेचिला प्रश्नहरु सोधेको बताइएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

गुर्जा जोड्ने सडक निर्माण सुरु
गुर्जा जोड्ने सडक निर्माण सुरु
प्रधानमन्त्री ओलीको नेतृत्वमा ११९ जनाको जम्बो टोली चीन भ्रमणमा, को को छन्, नाम सहित
प्रधानमन्त्री ओलीको नेतृत्वमा ११९ जनाको जम्बो टोली चीन भ्रमणमा, को को छन्, नाम सहित
लथालिंग सत्ता-विपक्षीः नेकपामा नेतैपिच्छे गुट, भागबन्डाले कांग्रेस अलपत्र
लथालिंग सत्ता-विपक्षीः नेकपामा नेतैपिच्छे गुट, भागबन्डाले कांग्रेस अलपत्र
कोमाबाटै सेवानिवृत्त हुँदै डिआइजी श्रेष्ठ
कोमाबाटै सेवानिवृत्त हुँदै डिआइजी श्रेष्ठ
३३ किलो सुन पकरण: २८ करोड रुपैयाँ बराबरको धनमाल राष्ट्र बैंकको जिम्मा
मन्त्रालयको कार्यप्रगतिको अनुगमन गर्दै प्रधानमन्त्री ओली
मन्त्रालयको कार्यप्रगतिको अनुगमन गर्दै प्रधानमन्त्री ओली
श्रीमतीले ‘नाटक नगर जे गर्नु छ गर भनेपछि श्रिमानले यस्ताे कदम उठाए
श्रीमतीले ‘नाटक नगर जे गर्नु छ गर भनेपछि श्रिमानले यस्ताे कदम उठाए
‘नेपालको कानून उल्लङ्घन गर्नेलाई चीनले जोगाउँदैन, सुमधुर द्विपक्षीय सम्बन्ध नरुचाउनेसँग सचेत हुनैपर्छ’
‘नेपालको कानून उल्लङ्घन गर्नेलाई चीनले जोगाउँदैन, सुमधुर द्विपक्षीय सम्बन्ध नरुचाउनेसँग सचेत हुनैपर्छ’
काँग्रेसका नेता बिमलेन्द्र निधिलाई निमोनिया , भारतीय राजदूतले स्वास्थ्यलाभको कामना !
काँग्रेसका नेता बिमलेन्द्र निधिलाई निमोनिया , भारतीय राजदूतले स्वास्थ्यलाभको कामना !
साउथ इण्डियन फिल्ममा भिलेन बन्दै शाहरुख, हिरो को होला ?
साउथ इण्डियन फिल्ममा भिलेन बन्दै शाहरुख, हिरो को होला ?

तपाईंले छुटाउनुभयो कि?