‘केही व्यापारिक घरानालाई सहयोग पुग्ने गरी करको व्यवस्था किन ?’

Shikharkhabar Shikharkhabar
|
आइतबार, आषाढ १७, २०८०
|
|
५३ पटक हेरिएको
Shares
‘केही व्यापारिक घरानालाई सहयोग पुग्ने गरी करको व्यवस्था किन ?’

सारांश

  • काठमाडौँ ।
  • राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मनिष झाले सरकारले निश्चित व्यापारी घरानालाई सहयोग पुग्ने गरी करको व्यवस्था गरिएको आरोप लगाउका छन् ।
  • प्रतिनिधिसभाको आज बसेको बैठकमा आर्थिक विधेयक, २०८० माथि सांसद सुमना श्रेष्ठ र शिशिर खनालले प्रस्तुत गर्नुभएको संशोधनलाई समर्थन गर्दै झाले कर व्यवस्था आम जनतालाई मारमा पार्ने किसिमको भएको भन्दै आपत्ति जनाएका हुन् ।

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मनिष झाले सरकारले निश्चित व्यापारी घरानालाई सहयोग पुग्ने गरी करको व्यवस्था गरिएको आरोप लगाउका छन् ।

प्रतिनिधिसभाको आज बसेको बैठकमा आर्थिक विधेयक, २०८० माथि सांसद सुमना श्रेष्ठ र शिशिर खनालले प्रस्तुत गर्नुभएको संशोधनलाई समर्थन गर्दै झाले कर व्यवस्था आम जनतालाई मारमा पार्ने किसिमको भएको भन्दै आपत्ति जनाएका हुन् ।

“समाजवादको अभ्यास गर्ने दाबी गर्दै गर्दा किन हामी केही व्यापारी घरानालाई सहयोग पुग्ने बजेट बनाउँछौ ?”, उनले भने, “पेन्सिलको सार्पनर, बच्चाहरुले प्रयोग गर्ने सामानमा कर बढाउने तर एउटा पुस्तालाई बिगारिरहेको इलेक्ट्रोनिक चुरोट र सुुर्तिजन्य पदार्थमा कर नबढाउने ?”

उनले दैनिक उपभोग्य तरकारी आलु र प्याजमा कर बढाएको भन्दै असन्तुष्टि व्यक्त गरे । तर देश आत्मनिर्भर भइरहेको उत्पादनलाई लक्षित गरेरै माछा मासुमा कर हटाएको उनको आरोप छ ।

सांसद सोविता गौतमले निम्न वर्गीय नागरिककाले उपभोग गर्ने वस्तुमा कर बढाएको भन्दै असन्तुष्टि व्यक्त गरिन् । उनले भनिन्, “करमा प्रोग्रेसिभ देखिएन । दैनिक उपभोग्य वस्तुमा राहतको अपेक्षा गरेका आमजनातामाथि कुठाराघात भएको छ ।” उनले किसानको उत्पादनलाई बिचौलियामुक्त बनाउन सरकारको ध्यानार्कषण गराइन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

यी हुन् ११ भाग्यमानी जोडीः पति पत्नी नै सांसद्
यी हुन् ११ भाग्यमानी जोडीः पति पत्नी नै सांसद्
बल्खु प्रदर्शनमा प्रहरीसहित २८ जना घाइते
बल्खु प्रदर्शनमा प्रहरीसहित २८ जना घाइते
रक्सी खान नपाउने भए श्रीलंकन !
रक्सी खान नपाउने भए श्रीलंकन !
प्रधानमन्त्री शेरबहादुर देउवाले कहिले देलान् राजीनामा ? आजै कि फागुन ५ मा ?
प्रधानमन्त्री शेरबहादुर देउवाले कहिले देलान् राजीनामा ? आजै कि फागुन ५ मा ?
इतिहास सम्झिदै प्रधानन्याायधीशले भने–न्याय पद्धतिको स्थापना गरौँ
इतिहास सम्झिदै प्रधानन्याायधीशले भने–न्याय पद्धतिको स्थापना गरौँ
इडीभीको नतिजा आज आउने,यसरी हेर्नुहोस् नतिजा !
इडीभीको नतिजा आज आउने,यसरी हेर्नुहोस् नतिजा !
साउन मसान्तसम्म विद्यार्थी भर्ना लिन देशभरका विद्यालयलाई बोर्डको निर्देशन
साउन मसान्तसम्म विद्यार्थी भर्ना लिन देशभरका विद्यालयलाई बोर्डको निर्देशन
रास्वपाले प्रधानमन्त्री दाहाललाई विश्वासको मत दिने
रास्वपाले प्रधानमन्त्री दाहाललाई विश्वासको मत दिने
एसिसी यू–१९ एसिया कप : नेपालले भारतलाई दियो १८६ रनको लक्ष्य, कप्तान एेरीले बनाए ८८ रन
एसिसी यू–१९ एसिया कप : नेपालले भारतलाई दियो १८६ रनको लक्ष्य, कप्तान एेरीले बनाए ८८ रन
उद्वारको लागि खटिएका हबलदार चन्द गम्भिर घाइते
उद्वारको लागि खटिएका हबलदार चन्द गम्भिर घाइते