बाढीले घरमा क्षति तथा जनजीवन प्रभावित

Shikharkhabar Shikharkhabar
|
आइतबार, भाद्र १५, २०७६
|
|
२३ पटक हेरिएको
Shares
बाढीले घरमा क्षति तथा जनजीवन प्रभावित

सारांश

  • शनिबार राति परेको अविरल वर्षाका कारण नुवाकोटको विभिन्न स्थानमा आएको भलबाढीले  बनाएको छ ।
  • इलाका प्रहरी कार्यालय खरानीटारका अनुसार अविरल वर्षाले तादी गाउँपालिका–२ को कोषगाढेखोला र वडा नं ४ को घट्टेखोलामा आएको बाढीले स्थानीय दुई परिवारको घर लडाएको छ भने कुटानीपिसानी गर्ने मिल बगाएको छ ।
  • केही स्थानमा पशुचौपायासमेत बगाएको छ ।

शनिबार राति परेको अविरल वर्षाका कारण नुवाकोटको विभिन्न स्थानमा आएको भलबाढीले  बनाएको छ । इलाका प्रहरी कार्यालय खरानीटारका अनुसार अविरल वर्षाले तादी गाउँपालिका–२ को कोषगाढेखोला र वडा नं ४ को घट्टेखोलामा आएको बाढीले स्थानीय दुई परिवारको घर लडाएको छ भने कुटानीपिसानी गर्ने मिल बगाएको छ ।

केही स्थानमा पशुचौपायासमेत बगाएको छ । पहिरोले वडा नं २ को रालुकामा छ घर जोखिममा परेका छन् । इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक नरेश महतोका अनुसार वडा नं २ का श्यामबहादुर थापाको घर पहिरोले पुरिएको छ भने उहाँको गोठ कोषगाढे खोलामा आएको बाढीले बगाएको छ ।

सोही स्थानका सोमनाथ सापकोटाको घर र उहाँले सञ्चालन गर्दै आएको कुटानीपिसानी गर्ने मिल बगाएको छ भने एउटा गाईसहित गोठ नै बगाएको छ । बाढीको कटानका कारण स्थानीय हरि थापा, कृष्ण थापा, वासु थापा, शिशिर उप्रेती, शिव दाहाल, कुमार शिवभक्ति, गोविन्दलाल पण्डित, कृष्णप्रसाद लामिछाने, सुराम तामाङ, मछिन्द्र तामाङ, सुमन थापालगायत किसानले धान लगाएको सयौँ रोपनी जग्गाको धानबालीमा क्षति पुगेको छ । धानखेत हुँदै अहिले खोला बगिरहेको छ ।

बाढीले वडा नं २ र ४ जोड्ने झोलुङ्गे पुल पनि बगाएको छ भने तादी गापाबाट दुप्चेश्वर गापा जाने खरानीटार–समुन्द्रटार सडक खण्डको पक्की पुलमा समेत क्षति पु¥याएको छ । पुलको पर्खाल बगाउँदा यातायात सञ्चालन प्रभावित भएको सोही स्थानका बासिन्दासमेत रहनुभएका जिल्ला समन्वय समितिका प्रमुख सन्तमान तामाङले बताउनुभयो ।

पासाङल्हामु सडक अवरुद्ध

यसैबीच शनिबार राति परेको वर्षाका कारण त्रिशूली–ककनी–बालाजु पासाङल्हामु सडक खण्ड अवरुद्ध भएको छ । प्रहरी चौकी ककनीका अनुसार ककनी गाउँपालिका–२ को बाह्रमाइल र खानीखोला भन्ने स्थानमा लेदोसहित आएको बाढीले सडक अवरुद्ध भएको हो । अवरुद्ध सडक सञ्चालनका लागि पहल भइरहेको प्रहरीले जनाएको छ । उक्त सडक खण्डमा सानाठूला गरेर चार स्थानमा पहिरो गएको जिल्ला प्रहरी प्रमुख अविनारायण काफ्लेले जानकारी दिनुभयो ।

(Alprazolam)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

शौचालयमै शौच गर्न कान्छि उपमेयर शिवकुमारी थारुको आग्रह !
शौचालयमै शौच गर्न कान्छि उपमेयर शिवकुमारी थारुको आग्रह !
कात्तिक २५ गते मंगलवारको राशिफल यस्तो छ
कात्तिक २५ गते मंगलवारको राशिफल यस्तो छ
तीनकुनेको ए वान क्याफेबाट हतियारसहित ७ जना पक्राउ
तीनकुनेको ए वान क्याफेबाट हतियारसहित ७ जना पक्राउ
उपभोक्ताको ढाड सेक्दै मूल्यवृद्धि, खानेतेलको मूल्य २८ प्रतिशतसम्म बढ्यो
उपभोक्ताको ढाड सेक्दै मूल्यवृद्धि, खानेतेलको मूल्य २८ प्रतिशतसम्म बढ्यो
समयमा काम सम्पन्न नगर्नेको ठेक्का तोडिन्छ : मन्त्री ज्वाला
समयमा काम सम्पन्न नगर्नेको ठेक्का तोडिन्छ : मन्त्री ज्वाला
बोर्डिङ स्कूलका प्रधानाध्यापककाे मृत्यु
बोर्डिङ स्कूलका प्रधानाध्यापककाे मृत्यु
प्रधानमन्त्री ओलीको सरकारमा दुई तिहाई पुर्याउने कसरत, उपेन्द्र यादवलाई जोड
प्रधानमन्त्री ओलीको सरकारमा दुई तिहाई पुर्याउने कसरत, उपेन्द्र यादवलाई जोड
भारतीय प्रधानमन्त्री मोदीको नेपाल भ्रमणबारे परराष्ट्र अनविज्ञ
नेकपाका शीर्ष नेताहरु गुटगत छलफलमा जुटिरहेको बेला प्रचण्ड पक्षका केहि नेताहरुले भने ओलीको बचाउ गर्न थाले
नेकपाका शीर्ष नेताहरु गुटगत छलफलमा जुटिरहेको बेला प्रचण्ड पक्षका केहि नेताहरुले भने ओलीको बचाउ गर्न थाले
पोखराको विरौटामा दोहोरी साझँ सहित होटल रिदम एण्ड लज संचालनमा
पोखराको विरौटामा दोहोरी साझँ सहित होटल रिदम एण्ड लज संचालनमा

तपाईंले छुटाउनुभयो कि?