भजनीका चार हजार बाढी पीडित घर फर्के पनि तीन हजार बढी अझैँ विस्थापित

Shikharkhabar Shikharkhabar
|
शनिबार, आश्विन ८, २०७९
|
|
२७ पटक हेरिएको
Shares
भजनीका चार हजार बाढी पीडित घर फर्के पनि तीन हजार बढी अझैँ विस्थापित

सारांश

  • टीकापुर।
  • कैलालीको भजनीका बाढी पीडित एक सातापछि घर फर्कन थालेका छन्।
  • डुबानमा परेका घरमा पानी सुक्दै गएपछि बाढीपीडित घर फर्कन थालेका हुन्।

टीकापुर। कैलालीको भजनीका बाढी पीडित एक सातापछि घर फर्कन थालेका छन्। डुबानमा परेका घरमा पानी सुक्दै गएपछि बाढीपीडित घर फर्कन थालेका हुन्। घर फर्केका नागरिक भत्केका घर मर्मत, घरभित्र जम्मा भएको हिलो सरसफाइ र बचेका अन्नपात र लत्ताकपडा सुकाउन थालेका छन्।

भजनीमा सात हजार ९६ परिवार बाढीका कारण विस्थापित भएका थिए। चार हजार परिवार एक सातापछि घर फर्किएका छन् भने अझै तीन हजार बढी परिवार फर्कने वातावरण बनेको छैन। बाढीपछि पानी सुक्दै जाँदा नागरिक घर फर्कन थालेका हुन्। घर फर्कदा अधिकांश पीडितको रुवाबासी चल्ने गरेको छ। भजनीका ध्वजबहादुर विश्वकर्माको परिवार एक साता हुलाकी सडकमा आश्रय लिएपछि शुक्रबार घर फर्किएको छ। शुक्रबार घर फर्केर घर सफाइमा जुटेका विश्वकर्माका परिवारलाई अब कसरी जीवन चलाउने भन्ने पिरले सताएको छ। उनको अन्नपात, लुत्ताकपडा सबै नष्ट भएका छन्। विश्वकर्माको परिवार राहत पाए खाउँला भन्ने आशामा छ। “बाढीले सामान सडेर गन्हाउन थालेको छ। हामी सरसफाइमा जुटेका छौँ”, उनले भने, “सडकमा कति दिन बस्नु, चिउरा र चाउचाउले मात्र ज्यान कसरी धान्नु, स्थानीय सरकारले राहत दिन थालेको छ। त्यही खानुपर्ला।” भजनीकै धनबहादुर चौधरीको परिवार पनि घर फकिएको छ। उनको परिवार घर फर्कदा घरका भित्ता भत्किएका, अन्न राख्ने (माटोका डेहरी) भाडा समेत फुटेका छन्। “अलिअलि बोकेर लगेको अन्न थियो, त्यही अन्न पकाएर खान थालेका छौँ”, धनबहादुरले जोड दिए, “सरकारले घरको उच्च जग बनाइदिएको भए हुन्थ्यो, नगद दिएको भए हामी आफैँ आवश्यक सामान किन्ने थियौँ।”

वडा नं ८ का वडासदस्य लल्तु डगौरा थारुको परिवारको पनि बाढीले विचल्ली बनाएको छ। उनी पनि एक साता हुलाकी सडकमा बसेर घर फर्किए ।सरकारले बर्सेनि पीडा सहने यहाँका नागरिकका समस्या समाधान गर्नुपर्ने र तत्काल पीडितलाई अन्न र त्रिपालको व्यवस्था गरिदिनुपर्ने आवश्यकता रहेको उनकाे भनाइ थियो। “घर सफाइ गर्नसमेत समस्या छ। अधिकांशका घरमा काम गर्नसक्ने मानिस छैनन्”, वडासदस्य डगौरा थारुले भने, “भत्केका घर मर्मत गर्नुछ, लितपोत गर्नुछ । जसका लागि लाग्ने खर्चको समेत अभाब छ । सरकारले यहाँका नागरिकलाई उच्च स्थानमा घरबास दिनुपर्छ।”

नेपालीहरु चाडपर्व मनाउने तयारीमा छन्। चाडपर्वको तयारी गरिरहेका बेला आएको बाढीले भजनीका नागरिकलाई ठूलो पीडा दिएको छ। भजनीकै सन्दीप रावलले चाडपर्वका समयमा यहाँका नागरिकलाई राहत उपलब्ध गराउनुपर्ने, शिर लुकाउन त्रिपाल दिनुपर्नेमा जोड दिए। “राहत क्षणिक समयका लागि हो, हामीलाई उच्च स्थानमा बास, नभए उच्च भवन बनाइदिएको भए हुन्थ्यो”, उनले भने, “बर्सेनि नदी बस्तीमा पस्ने समस्या छ। नदीमा ड्याम तथा तटबन्ध बनाइदिएको भए हुन्थ्यो।”

भजनी नगरपालिकाले बाढीपछिको क्षतिको विवरण लिन थालेको छ। नगरपालिकाले पीडितहरुको स्थानमै गएर लागत सङ्कलन गर्न थालेको हो। “मानिसको घरमा हेर्दा केही बचेको छैन। वडा नं ८ मा अनुगमन गर्दा यहाँ नागरिकको विचल्ली छ। नागरिकको केही सम्पत्ति बचेको छैन”, नगर प्रमुख केवल चौधरीले भने, “मानिसका घर बगे, घरमा भएका सबै सामान बगेर नष्ट भए । धान खेती पनि नष्ट भएको छ। हेर्दा बेहाल छ, नागरिकको अवस्था हेर्दा साह्रै मन दुख्छ।”

“अझै तीन हजार बढी परिवार घर फर्कने वातावरण बनेको छैन। हामीले राहत वितरणका कार्य गरिरहेका छौँ, हजारौँ पीडित परिवारलाई पालिका मात्रले सहयोग गर्नसक्ने अवस्था छैन”, उनले बताए, “आपत्मा छौँ, सहयोगीलाई अपिल गरेका छौँ, सङ्घसंस्थाले सघाउन थालेका छन्।”

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

चौरी चराउन गएका दुइजना नफर्किए पछि
चौरी चराउन गएका दुइजना नफर्किए पछि
‘हाम्रो चाहिँ वामपन्थी लोकतान्त्रिक गठबन्धन हो ,कांग्रेसको दक्षिणपन्थी लोकतान्त्रिक गठबन्धन सही हो’ –  पुष्पकमल दाहाल ‘प्रचण्ड’ ।
‘हाम्रो चाहिँ वामपन्थी लोकतान्त्रिक गठबन्धन हो ,कांग्रेसको दक्षिणपन्थी लोकतान्त्रिक गठबन्धन सही हो’ – पुष्पकमल दाहाल ‘प्रचण्ड’ ।
प्रमाणीकरण गरेको नागरिकता विधेयक रद्द गर्न एमालेको माग
प्रमाणीकरण गरेको नागरिकता विधेयक रद्द गर्न एमालेको माग
एम्बुलेन्स प्रयोग गरेर गाँजा तस्करी गर्ने पक्राउ
एम्बुलेन्स प्रयोग गरेर गाँजा तस्करी गर्ने पक्राउ
नेपाली नक्कली नोटसहित दुई भारतीय नागरिक पक्राउ
नेपाली नक्कली नोटसहित दुई भारतीय नागरिक पक्राउ
एकता प्रतिवेदन तयार नहुनुमा विष्णु पौडेल भिलेन बनेको खुलासा !
एकता प्रतिवेदन तयार नहुनुमा विष्णु पौडेल भिलेन बनेको खुलासा !
छापामा छापी दिनु
छापामा छापी दिनु
व्यावहारिक शिक्षाको आधारस्तम्भ तयार भएको छः मन्त्री पोखरेल
व्यावहारिक शिक्षाको आधारस्तम्भ तयार भएको छः मन्त्री पोखरेल
प्रतिपक्षको आवाजलाई सत्तापक्षले औषधिको रुपमा ग्रहण गर्नुपर्छ : डा. भण्डारी
प्रतिपक्षको आवाजलाई सत्तापक्षले औषधिको रुपमा ग्रहण गर्नुपर्छ : डा. भण्डारी
प्रचण्डको भूमिकाप्रति ओली संशकित
प्रचण्डको भूमिकाप्रति ओली संशकित

तपाईंले छुटाउनुभयो कि?