दमकमा मोटरसाइकलको ठक्करबाट मृत्यु

Shikharkhabar Shikharkhabar
|
आइतबार, आश्विन २९, २०७४
|
|
२० पटक हेरिएको
Shares
दमकमा मोटरसाइकलको ठक्करबाट मृत्यु

सारांश

  • दमक, २९ असोज मोटरसाइकलको ठक्करबाट झापाको दमकमा आज बिहान एकजना पैदलयात्रीको मृत्यु भएको छ ।
  • मृत्यु हुनेमा दमक–९ का ५० वर्षीय विष्णु सुवेदी रहेको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ ।
  • दमक–९ स्थित शान्तिमार्ग सडकखण्डमा बाटो काट्ने क्रममा तीव्र गतिमा आएको को७प नंको मोटरसाइकलले सुवेदीलाई ठक्कर दिएको थियो ।

दमक, २९ असोज मोटरसाइकलको ठक्करबाट झापाको दमकमा आज बिहान एकजना पैदलयात्रीको मृत्यु भएको छ ।
मृत्यु हुनेमा दमक–९ का ५० वर्षीय विष्णु सुवेदी रहेको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ ।

दमक–९ स्थित शान्तिमार्ग सडकखण्डमा बाटो काट्ने क्रममा तीव्र गतिमा आएको को७प नंको मोटरसाइकलले सुवेदीलाई ठक्कर दिएको थियो ।

ठक्करबाट गम्भीर घाइते सुवेदीको विराटनगरस्थित न्यूरो अस्पताल लैजाँदै गर्दा बाटोमा नै मृत्यु भएको इप्रका दमकका प्रहरी नायब उपरीक्षक दीपक गिरीले जानकारी दिनुभयो । प्रहरीले दुर्घटनामा संलग्न मोटरसाइकल र चालकलाई अनुसन्धानका लागि नियन्त्रणमा लिएको छ ।
–––

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

तपाईंले छुटाउनुभयो कि?