शौचालयमा किशोरीसँग आपत्तिजनक अवस्थामा सेनाका मेजर पक्राउ

Shikharkhabar Shikharkhabar
|
बुधबार, पौष २६, २०७४
|
|
१७ पटक हेरिएको
Shares
शौचालयमा किशोरीसँग आपत्तिजनक अवस्थामा सेनाका मेजर पक्राउ

सारांश

  • एक बालिकालाई यौन दुराचार गरेको अभियोगमा नेपाली सेनाका एक मेजर (सेनानी) प्रहरीको फन्दामा परेका छन् ।
  • महानगरीय प्रहरी वृत्त बानेश्वरले मेजर प्रभवविक्रम शाहलाई आफन्तको घरमा एक बालिकालाई अप्राकृतिक यौन गतिविधि गराएको भन्दै पक्राउ गरेको हो ।
  • पीडितको उजुरीको आधारमा उनलाई पक्राउ गरिएको हो ।

एक बालिकालाई यौन दुराचार गरेको अभियोगमा नेपाली सेनाका एक मेजर (सेनानी) प्रहरीको फन्दामा परेका छन् । महानगरीय प्रहरी वृत्त बानेश्वरले मेजर प्रभवविक्रम शाहलाई आफन्तको घरमा एक बालिकालाई अप्राकृतिक यौन गतिविधि गराएको भन्दै पक्राउ गरेको हो । पीडितको उजुरीको आधारमा उनलाई पक्राउ गरिएको हो ।

सेनामा प्रमोसनका लागि फलामे गेट जत्तिकै मानिने स्टाफ कलेज प्रवेश परीक्षा दिन मेजर शाह काठमाडौँ आएका थिए । बागलुङस्थित २३ बाहिनीमा पोष्टिङ भएका उनी प्रवेश परीपरीक्षा दिनुको साटो अनैतिक गतिविधिमा बरालिदाँ आफ्नै कुकर्मको फन्दामा परेका हुन् ।

काठमाडौँको बुद्धनगरस्थित आफन्तको घरमा उनी पहिला पनि जाने आउने गर्थे । सेनाको मेजर त्यो पनि माथिल्लो पदमा जाने सम्भावना भएका कारण उनले नराम्रो गर्लान भन्ने कसैले पनि सोचेका थिएनन् । तर त्यहाँ आफन्तको घरमा आउँदा उनले आफन्तलाई भन्दा बरु गाउँबाट आएर परिवारसँगै बसेर पढिरहेकी ती किशोरी प्रति बढि चासो देखाउथिन् । मेजर शाहको यस्तो कृयाकलाप धेरै दोहोरिए पछि आफन्तले निगरानी गर्न थालेका थिए । अन्य दिनजस्तै त्यो दिन पनि मेजर आए पछिको कृयाकलाप निगरानी गरिहेका आफन्तले उनले थाहा नपाउने गरी शौचालयको गतिविधि नियाले । प्रभव बालिकाबाट यौन कृयाकलाप गराइरहेका थिए । त्यो देख्ने बित्तिकै आफन्तले प्रहरीलाई खबर गरे । खबर लगत्तै पुगेको प्रहरीले उनलाई बन्द कोठाबाटै नियन्त्रणमा लियो ।

प्रहरी देख्ने बित्तिकै उनले आफु सैनिक अफिसर भएको बताए र सैनिक मुख्यालय अनुमति बिना लैजान नमिल्ने अड्डी कसे । तर प्रहरीले मानेन । मेजर शाह नमान्दा नमान्दै उनलाई प्रहरीले भ्यानमा राखेर प्रहरी कार्यालय लग्यो । त्यसो त त्यहाँ पुगेका सैनिक प्रहरी अफिसरले सेनाकै हिरासतमा राखिनै र सैनिक ऐन अनुसार कारवाही गरिने भन्दै जिम्मा लिन खोजेका थिए । तर प्रहरीले प्राविधिक समस्या पर्ने भन्दै आफैसँग राख्यो । यो समाचारलाई बुधबारको जनआस्था साप्ताहिकले महत्व दिदै छापेको छ ।

पक्राउ परेका शाहलाई जर्बजस्ती करणी मुद्दामा म्याद थप गरी अनुसन्धान अघि बढाइएको छ । पक्राउ परेका मेजर २३ नम्बर बाहिनी बाग्लुङमा कार्यरत छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?