शौचालयमा लुकाउन लागेको अवस्थामा दुई किलो सुनसहित दुई अभियुक्त पक्राउ …

Shikharkhabar Shikharkhabar
|
मंगलबार, श्रावण १७, २०७४
|
|
१९ पटक हेरिएको
Shares
शौचालयमा लुकाउन लागेको अवस्थामा दुई किलो सुनसहित दुई अभियुक्त पक्राउ …

सारांश

  • काठमाडौं : त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित शौचालयमा लुकाउन लागेको अवस्थामा दुई किलो सुनसहित दुई अभियुक्त पक्राउ परेका छन् ।
  • मलेसियन एयरलाइन्सबाट अवैध ढंगले सुन लिएर आएका नवलपरासी घर भई पोखरा बस्ने लेखबहादुर रिजाली र कास्कीकी पार्वती गुरुङलाई प्रहरीले सोमबार सुनसहित पक्राउ गरेको हो ।
  • विमानस्थल प्रहरी प्रमुख डीआईजी पंकज श्रेष्ठले अवैध ढंगले सुन ल्याउँदै गरेको सूचनाका आधारमा उनीहरूलाई पक्राउ गरिएको जानकारी गराए ।

काठमाडौं : त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित शौचालयमा लुकाउन लागेको अवस्थामा दुई किलो सुनसहित दुई अभियुक्त पक्राउ परेका छन् । मलेसियन एयरलाइन्सबाट अवैध ढंगले सुन लिएर आएका नवलपरासी घर भई पोखरा बस्ने लेखबहादुर रिजाली र कास्कीकी पार्वती गुरुङलाई प्रहरीले सोमबार सुनसहित पक्राउ गरेको हो ।

विमानस्थल प्रहरी प्रमुख डीआईजी पंकज श्रेष्ठले अवैध ढंगले सुन ल्याउँदै गरेको सूचनाका आधारमा उनीहरूलाई पक्राउ गरिएको जानकारी गराए । ‘मलेसियन एयरलाइन्स अवतरण हुनेबित्तिकै हामीले ट्र्याकिङ गरी उनीहरूको पहिचान ग¥यौं’, डीआईजी श्रेष्ठले अन्नपूर्णसँग भने, ‘रिजालीले शौचालयभित्र शंकास्पद गतिविधि गर्न थाले र सुन लुकाउने क्रममा हामीले दुवै जनालाई पक्राउ गरेर अनुसन्धान थालेका छौं ।’ रिजालीले डराएको अवस्थामा शौचालयभित्र पस्दै÷निस्कँदै गर्दै अस्वाभाविक व्यवहार देखाउन थालेपछि प्रहरीले उनीमाथि निगरानी बढाएको थियो ।

रिजाली र गुरुङ दर्जनभन्दा बढी पटक सिंगापुर, मलेसिया, थाइल्यान्ड घुमेको पाइएको छ । उनीहरू सुन तस्करको संगठित अपराधमा संलग्न भएको हुन सक्ने प्रहरीको अनुमान छ । विमानस्थलमै कार्यरत कुनै कर्मचारीमार्फत सुन बाहिर ल्याउने उनीहरूको योजना विफल भएको खुलेको छ । सुन बाहिर ल्याउन केही कर्मचारी लागिपरेको हुन सक्ने स्रोतले जनाएको छ । उनीहरूले उक्त सुन सिंगापुरमा खरिद गरेर मलेसिया हुँदै काठमाडौं ल्याएका हुन् ।

विमानस्थलमा सुन लिन केही एजेन्ट गएकोमा ल्याउने व्यक्ति नै पक्राउ परेपछि उनीहरू बाहिरबाटै फर्किएको हुन सक्ने प्रहरीको आंशका छ । ‘सुन ल्याउने व्यक्तिले विमानस्थलमै कसैलाई हस्तान्तरण गर्ने योजना रहेको सूचना पाएका थियौं’, श्रेष्ठले भने, ‘तर, पक्राउ परेपछि उनीहरूको त्यो योजना असफल भयो ।’

अभियुक्तले भने सुन आफ्नै भएको दाबी गरेका छन् । विमानबाट ओर्लिएर अध्यामगन पार नगरी नै उनीहरूले सुन सुरक्षित रूपमा बाहिर ल्याउने प्रयत्न गरेका थिए । तर, प्रहरीले ट्र्याकिङ गरेको आशंकामा रिजाली सुन लुकाउन शौचालय पस्ने क्रममा पक्राउ परेका हुन् ।

सोमबार बिहान साढे ५ बजेतिर श्रेष्ठले उक्त एयरलायन्सबाट कसैले अवैध ढंगले सुन ल्याउँदै छ भन्ने सूचना पाएका थिए । उनले त्यही सूचनालाई आधार बनाएर विमान अवतरणपछि सुन लिएर आउने व्यक्तिको खोजी गर्न थालेका थिए । भने, ‘उनीहरूको प्रारम्भिक बयानका क्रममा हामीले केही व्यक्तिमाथि शंका गरेका छौं । अनुसन्धान जारी छ ।’रिजालीले प्रारम्भिक बयानमा सशस्त्र प्रहरीका नायव निरीक्षक (सइ)ले सुन बाहिर लैजाने योजना रहेको बताएका छन् । सशस्त्र प्रहरी स्रोतले पनि सुन तस्करी प्रकरणमा आफ्नो कनिष्ठ अधिकृत संलग्न भएको खबर आएको प्रतिक्रिया दिएको छ । ‘पत्र पाएका छैनौं । प्रमाण पुगे त्यहीअनुसार कदम चाल्छौं’, स्रोतले भन्यो ।अन्नपूर्णपोस्ट बाट साभार ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?