शौचालय पठाउन प्रहरी परिचालन

Shikharkhabar Shikharkhabar
|
शनिबार, माघ १३, २०७४
|
|
२२ पटक हेरिएको
Shares
शौचालय पठाउन प्रहरी परिचालन

सारांश

  • झापा, माघ १३ ।
  •   शौचालयमा शौच गर्न नमानेपछि झापाको शिवसताक्षी नगरपालिकामा शौचालय प्रयोग गराउन प्रहरी परिचालन गरिएको छ।
  • खुला दिसामुक्त गर्ने उद्देश्यले निर्माण गरिएको शौचालय छाडेर सर्वसाधरणले खुलारूपमै दिसापिसाब गर्न थालेपछि गाउँमा प्रहरी परिचालन गर्नुपरेको नगर प्रमुख चन्द्र सेर्मा बताउँछन् ।

झापा, माघ १३ ।  शौचालयमा शौच गर्न नमानेपछि झापाको शिवसताक्षी नगरपालिकामा शौचालय प्रयोग गराउन प्रहरी परिचालन गरिएको छ। खुला दिसामुक्त गर्ने उद्देश्यले निर्माण गरिएको शौचालय छाडेर सर्वसाधरणले खुलारूपमै दिसापिसाब गर्न थालेपछि गाउँमा प्रहरी परिचालन गर्नुपरेको नगर प्रमुख चन्द्र सेर्मा बताउँछन् ।

वर्षौदेखि खुला चउर, खोलाखोल्सीको किनार र नजिकैको जंगलमा दिसापिसाब गर्दै आएका शिवसताक्षी नगरपालिका–६, ७, ९, १० र ११ मा प्रहरी परिचालन गरिएको खुला दिसामुक्त कार्यक्रमकी सहजकर्ता लीला नेपालले बताइन्। शौचालय त निर्माण भयो तर ढोका बन्द गरेर शौच गर्न बस्दा शौच नै नआएको र आडोरमा थुनिएजस्तो लागेका भन्दै उनीहरूले शौच गर्न नमानेका हुन् ।

स्थानीय सुकमाया देवान भन्छिन्, ‘वर्षौंदेखि बाहिरै दिसापिसाब गर्ने बानी पर्‍यो, भर्खरै बनाएको पाइखानामा धेरैबेर बस्दा पनि दिसा आएन। बन्द कोठमा थुनिएजस्तै लाग्यो। हतारहतार नजिकैको खोल्सीमा गएर आनन्दले शौच गरें ।’ आजको राजधानी दैनिकमा खबर छ ।

स्थानीयहरूमध्ये केहीले वर्षौंदेखि माइखोलाको किनार, सताक्षी खोला, झरना खोलामा बनाइएको नहरको डिल तथा रतुवामाई वृक्षरोपण आयोजनाको जंगल क्षेत्रमा शौच गर्दै आएका छन्। उनीहरू भन्छन्, ‘पहिलादेखि लागेको बानी छाड्न नसकिने रहेछ।’

‘शौचालय निर्माण भइसक्यो तर शौच गर्न गएनन्, खुलारूपमै गरे। हामीले धेरै सम्झायौं, बुझायौं भएन,’ नगर प्रमुख सेर्मा भन्छन्, ‘बाध्य भएर प्रहरी परिचालयन गर्नुपर्‍यो।’ स्थानीयवासीले शौचालय प्रयोग गर्न नमानेपछि प्रहरी र प्रतिनिधि सँगसँगै गाउँ डुल्दै कारवाही गर्ने चेतावनी दिइरहका छन्।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

विद्युत् आदानप्रदान समिति बैठक : विहारको ग्रिडमार्फत विद्युत् निर्यात हुने
विद्युत् आदानप्रदान समिति बैठक : विहारको ग्रिडमार्फत विद्युत् निर्यात हुने
उदयपुरमा एकै परिवारका तीनजनाको हत्या
उदयपुरमा एकै परिवारका तीनजनाको हत्या
पोखराको अर्चलबोटमा कक्षा ११ को परिक्षा दिएर फर्किदै गरेका दुई विद्यार्थी दुर्घटनामा,एकको अवस्था गम्भिर
पोखराको अर्चलबोटमा कक्षा ११ को परिक्षा दिएर फर्किदै गरेका दुई विद्यार्थी दुर्घटनामा,एकको अवस्था गम्भिर
रुद्रमती नदी किनार दायाँबायाँका सार्वजनिक जग्गाको खोजी गरिँदै
रुद्रमती नदी किनार दायाँबायाँका सार्वजनिक जग्गाको खोजी गरिँदै
मन्त्रिपरिषद् विस्तार र राजनीतिक नियुक्ति प्याकेजमै
मन्त्रिपरिषद् विस्तार र राजनीतिक नियुक्ति प्याकेजमै
दाङ पुगेर कांग्रेस प्रवक्ता शर्माले यस्तो दिए ओली सरकारलाई सुझाव
दाङ पुगेर कांग्रेस प्रवक्ता शर्माले यस्तो दिए ओली सरकारलाई सुझाव
पुरानो नेपालको जीवन्त चित्र भेटिन्छ पोखरा सङ्ग्रहालयमा
पुरानो नेपालको जीवन्त चित्र भेटिन्छ पोखरा सङ्ग्रहालयमा
सत्तारुढ नेकपाभित्र असन्तुष्टि चुलिँदै, बैठकको मिति अझै तोकिएन
सत्तारुढ नेकपाभित्र असन्तुष्टि चुलिँदै, बैठकको मिति अझै तोकिएन
मान्छेसँग अनुहार मिल्ने कुकुरले इन्टरनेटमा मच्चायो तहल्का
मान्छेसँग अनुहार मिल्ने कुकुरले इन्टरनेटमा मच्चायो तहल्का
जलेर पोखरामा दुई जना घाइते

तपाईंले छुटाउनुभयो कि?