श्यामकृष्ण उपाध्याय स्मृति पत्रकारिता पुरस्कार लक्ष्मण ढकाललाई
सारांश
- भद्रपुर, २७ साउन ।
- यस वर्षको श्यामकृष्ण उपाध्याय स्मृति पत्रकारिता पुरस्कार झापाका पत्रकार लक्ष्मण ढकाललाई प्रदान गरिने भएको छ ।
- श्यामकृष्ण उपाध्याय स्मृति पुरस्कार गुठीले प्रदान गर्ने रु १५ हजार ५५० राशीको सो पुरस्कार आउँदो भदौ १६ गते वितरण गरिने छ ।
भद्रपुर, २७ साउन । यस वर्षको श्यामकृष्ण उपाध्याय स्मृति पत्रकारिता पुरस्कार झापाका पत्रकार लक्ष्मण ढकाललाई प्रदान गरिने भएको छ । श्यामकृष्ण उपाध्याय स्मृति पुरस्कार गुठीले प्रदान गर्ने रु १५ हजार ५५० राशीको सो पुरस्कार आउँदो भदौ १६ गते वितरण गरिने छ ।
विसं २०३४ देखि पत्रकारिता गर्दै आएका ढकालले विश्वदीप साहित्यिक मासिकबाट पत्रकारिता शुरु गरेका हुन् । गुठीले प्रदेश नं मा १ मा रहेर पत्रकारिता गरेका १२ भन्दा बढीलाई पुरस्कृत गरिसकेको गुटीका अध्यक्ष तोयनाथ भट्टराईले बताउनुभयो । पत्रकार उपाध्यायको निधनपछि छोरी आभाकुमारी उपाध्यायले पुरस्कार गुठीको स्थापना गरेका थिए ।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया