श्रद्धा कपूरको फिल्म छिछोरे आज रिलिज, दर्शकले भने – ‘हेर्नैपर्ने फिल्म’

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, भाद्र २०, २०७६
|
|
१७ पटक हेरिएको
Shares
श्रद्धा कपूरको फिल्म छिछोरे आज रिलिज, दर्शकले भने – ‘हेर्नैपर्ने फिल्म’

सारांश

  • एजेन्सी।
  • सुशान्त सिंह राजपुत र श्रद्धा कपूरको फिल्म छिछोरे आज रिलिज भएको छ ।
  • यो फिल्म विश्वविद्यालयमा पढ्ने ७ साथीहरुको कहानी हो ।

एजेन्सी। सुशान्त सिंह राजपुत र श्रद्धा कपूरको फिल्म छिछोरे आज रिलिज भएको छ । यो फिल्म विश्वविद्यालयमा पढ्ने ७ साथीहरुको कहानी हो । फिल्मको ट्रेलरले मिश्रित प्रतिक्रिया पाएको थियो तर फिल्म भने दर्शकले निकै मन पराएका छन् । सामाजिक संजालमा फिल्मबारे प्रतिक्रिया आउन सुरु भएको छ । दर्शकहरुले यो फिल्मलाई हेर्नैपर्ने फिल्म भनेका छन् ।एक दर्शकले ट्वीटरमा लेखे ‘यस वर्ष हेरेका श्रेष्ठ फिल्ममध्ये एक । टिचर्स डेमा अभिभावक र विद्यार्थीहरुले यो फिल्म हेर्नैपर्छ । धेरै ड्रामा मस्ती र सबक । मलाई मन पर्यो । नितेश तिवारी एक अद्भूत स्टोरीटेलर हुन् । अर्का दर्शकले लेखे ‘म व्यक्तिगत रुपमा आज सबैलाई यो फिल्म हेर्ने सल्लाह दिन्छु । यो फिल्म हेर्नैपर्छ । यो निकै जरुरी फिल्म हो । फिल्ममा जीवनको महत्व र संघर्ष जारी राख्ने कहानी छ ।’

फिल्मलाई निकै मन पराइएको छ । फिल्मको स्क्रिप्ट निर्देशनको निकै प्रशंशा भइरहेको छ । फिल्मलाई नकारात्मक रिभ्यू दिइएको छैन । फिल्मले बक्स अफिसमा धमाकेदार कमाइ गर्ने अनुमान गरिएको छ । छिछोरेको टक्कर प्रभासको फिल्म साहोसँग छ । जुन हिसाबले फिल्मको प्रतिक्रिया आएका छन् त्यसले यो फिल्म साहोको लागि धक्का हुने अनुमान गरिएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

के गण्डकीमा पनि सत्ता फेरबदल हुन्छ त ? यस्ताे छ सङ्केत
के गण्डकीमा पनि सत्ता फेरबदल हुन्छ त ? यस्ताे छ सङ्केत
प्रधानन्यायाधीशमा हरिकृष्ण कार्की सिफारिस
प्रधानन्यायाधीशमा हरिकृष्ण कार्की सिफारिस
स्कुल विभाग प्रम ओलीले आफै राख्ने, नेकपामा स्कुल विभाग के हो ?
स्कुल विभाग प्रम ओलीले आफै राख्ने, नेकपामा स्कुल विभाग के हो ?
विमानस्थलका कर्मचारीको व्यवहारमा सुधार ल्याउनुपर्छ: प्रम ओली
विमानस्थलका कर्मचारीको व्यवहारमा सुधार ल्याउनुपर्छ: प्रम ओली
यसरी सकियो प्रचण्डको ‘जादू’
यसरी सकियो प्रचण्डको ‘जादू’
दिदीको बिलौना सुनेर तीजमा लिन गएका भाई रुदै फर्किएपछि.. (भिडियो सहित)
दिदीको बिलौना सुनेर तीजमा लिन गएका भाई रुदै फर्किएपछि.. (भिडियो सहित)
सास फेर्न गाह्रो भयपछी नेपाली कांग्रेसका नेता विमलेन्द्र निधि ओम अस्पतालमा भर्ना  !
सास फेर्न गाह्रो भयपछी नेपाली कांग्रेसका नेता विमलेन्द्र निधि ओम अस्पतालमा भर्ना !
मुकेश अम्बानीले प्रयोग गर्ने महङगा १० चीज
मुकेश अम्बानीले प्रयोग गर्ने महङगा १० चीज
नारायणगढ-बुटवल सडकखण्ड : म्याद सकिन छ महिना बाँकी रहँदा आधामात्रै काम
नारायणगढ-बुटवल सडकखण्ड : म्याद सकिन छ महिना बाँकी रहँदा आधामात्रै काम
​‘झुक्याएर आफ्नै दिदी बेच्ने मेरो सालोलाई भलो नहोस्’
​‘झुक्याएर आफ्नै दिदी बेच्ने मेरो सालोलाई भलो नहोस्’

तपाईंले छुटाउनुभयो कि?