आज साउने सङ्क्रान्ति पर्व मनाइँदै

Shikharkhabar Shikharkhabar
|
आइतबार, श्रावण १, २०७९
|
|
२२ पटक हेरिएको
Shares
आज साउने सङ्क्रान्ति पर्व मनाइँदै

सारांश

  • काठमाडौं।
  • सौरमास अनुसार प्रत्येक वर्ष साउन १ गते मनाइने साउने (कर्कट) सङ्क्रान्ति पर्व आज देशभर स्‍नान, दान एवं आफन्त जम्मा भई रमाइलो गरेर मनाइँदैछ।
  • सूर्यले मिथुन राशिको भोग पूरा गरी कर्कट राशिमा प्रवेश गर्ने पहिलो दिन आज देशभर साउने सङ्क्रान्तिका रुपमा मनाउने प्राचीन परम्परा छ।

काठमाडौं। सौरमास अनुसार प्रत्येक वर्ष साउन १ गते मनाइने साउने (कर्कट) सङ्क्रान्ति पर्व आज देशभर स्‍नान, दान एवं आफन्त जम्मा भई रमाइलो गरेर मनाइँदैछ। सूर्यले मिथुन राशिको भोग पूरा गरी कर्कट राशिमा प्रवेश गर्ने पहिलो दिन आज देशभर साउने सङ्क्रान्तिका रुपमा मनाउने प्राचीन परम्परा छ।

साउनदेखि नै सूर्य दक्षिण हुँदै हिँड्ने भएकाले आजैदेखि दक्षिणायन सुरु हुन्छ। माघ १ गते सुुरु हुने उत्तरायण र साउन १ गते सुरु हुने दक्षिणायनका दिनलाई विशेष रुपमा मनाइन्छ। अधिकांश नेपाली खेतीमा लाग्ने भएकाले असार महिनाभर कृषि कर्ममा व्यस्त हुन्छन् । त्यसक्रममा हिलो मैलोले लाग्ने छालासम्बन्धी रोग ठीक गर्न लुतो फाल्ने गरिएको धर्मशास्त्रविद् प्रा डा रामचन्द्र गौतम बताउँछन्।

एक महिना काम गर्ने किसान साउन १ गते आफन्तका साथ जम्मा भई रमाइलो गरेर मनाउँछन्। परम्पराअनुसार कागभलायो, कुकरडाइनो, लुतेझार, पानीअमला, कागती, अम्बा, नासपाती आदि औषधीका रुपमा समेत प्रयोग हुने वनस्पति राखेर कण्डारक नाम गरेका राक्षसको पूजा गरी अगुल्टो फालिन्छ।

लुतो फाल्दा आआफ्नो कूल परम्पराअनुसार नाङ्लो ठटाउने, शङ्ख फुक्ने, घण्ट बजाउने, ढोका बन्द गर्ने चलन नेपाली समाजमा छ। साउन महिनालाई विशेष रुपमा भगवान् शिवको पूजा गरेर मनाइन्छ। महिलाले हरियो चुरालगायत कपडा लगाएर प्रकृतिसँग नजिक भएको देखाउने गरिएको पनि धर्मशास्त्रविद् गौतमले बताए।

पशुपतिनाथ मन्दिरमा साउनको तयारी

साउन महिनाभर देशभरका शिवालय विशेष गरी पशुपतिनाथ मन्दिरमा भक्तजनको विशेष भीड लाग्छ। साउन महिना शिवजीको र सोमबारलाई शिवको बार भनिन्छ। यसैले साउन महिना एवं सोमबार शिवालयमा भक्तजनको विशेष भीड लाग्छ ।

पशुपति क्षेत्र विकास कोषले पशुपतिनाथमा आउने भक्तजनको व्यवस्थापनका कामको नीतिगत व्यवस्थापनका लागि सञ्चालक परिषद् सदस्य पूर्णबहादुर जेठाराको संयोजकत्वमा समिति गठन गरेको प्रवक्ता रेवतीरमण अधिकारीले जानकारी दिए। नीति कार्यान्वयनका लागि विभागीय प्रमुखहरू रहेको कार्यान्वयन समितिसमेत गठन भएको छ।

पशुपतिनाथ मन्दिरमा असार ३२ गते शनिबारदेखि नै भक्तजनको भीड लागेको छ। आइतबार साउन १ गतेदेखिका लागि स्वयंसेवक, महिला प्रहरीलगायतको व्यवस्था मिलाइएको उनले सुनाए।

(https://boxmining.com)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

कांग्रेसबाट ५ जनाको समानुपातिक सांसद पद ‘खोसियो’ ?
कांग्रेसबाट ५ जनाको समानुपातिक सांसद पद ‘खोसियो’ ?
लहानमा कांग्रेससँग संघीय समाजवादी फोरमले ८ मतले हारेपछि तनाव
लहानमा कांग्रेससँग संघीय समाजवादी फोरमले ८ मतले हारेपछि तनाव
भरतपुर मतगणना मुद्दाको सुनुवाइ असार ६ लाई सर्‍यो..
भरतपुर मतगणना मुद्दाको सुनुवाइ असार ६ लाई सर्‍यो..
भूकम्पले जीर्ण भएको जयवागेश्वरी मन्दिर पुनःनिर्माण, भत्काएपछि भेटियो नयाँ तीन गजुर
भूकम्पले जीर्ण भएको जयवागेश्वरी मन्दिर पुनःनिर्माण, भत्काएपछि भेटियो नयाँ तीन गजुर
इतिहासकै सङ्गीन मोडमा पुगेको निगम सुधार्ने पर्यटनमन्त्रीको कदम
इतिहासकै सङ्गीन मोडमा पुगेको निगम सुधार्ने पर्यटनमन्त्रीको कदम
नेपाली कांग्रेसको समानुपातिकतर्फ प्रतिनिधिसभा र प्रदेशसभामा को को ? (पूर्ण सूची)
नेपाली कांग्रेसको समानुपातिकतर्फ प्रतिनिधिसभा र प्रदेशसभामा को को ? (पूर्ण सूची)
दाहालको जनसम्पर्क कार्यालयमा अर्बौंका योजना माग गर्दै निवेदन
दाहालको जनसम्पर्क कार्यालयमा अर्बौंका योजना माग गर्दै निवेदन
राेचक : बिरामीसँग बिरामीको बेडमै अस्पतालकी महिला डाक्टरले यौन सम्पर्क!
राेचक : बिरामीसँग बिरामीको बेडमै अस्पतालकी महिला डाक्टरले यौन सम्पर्क!
प्रदेश २ को निर्वाचन तयारी अन्तिम चरणमा, कर्मचारी र सुरक्षाकर्मी बुथबुथमा ,
प्रदेश २ को निर्वाचन तयारी अन्तिम चरणमा, कर्मचारी र सुरक्षाकर्मी बुथबुथमा ,
जुम्ल्याहा बच्चा, तर बाबु फरक फरक रहेको पुष्टि
जुम्ल्याहा बच्चा, तर बाबु फरक फरक रहेको पुष्टि

तपाईंले छुटाउनुभयो कि?