जयबहादुर चन्दको मुद्दामा आज पनि सुनुवाइ हुन सकेन्
सारांश
- काठमाडौं ।
- एआईजी जयबहादुर चन्दको मुद्दामाथि सर्वोच्च अदालतमा आज पनि सुनुवाइ हुन सकेन् ।
- न्यायाधीश पुरुषोत्तम भण्डारी र डम्बरबहादुर शाहीको संयुक्त इजलाश तोकिएको मुद्दा हेर्न नभ्याइनेमा राखिएको हो ।
काठमाडौं । एआईजी जयबहादुर चन्दको मुद्दामाथि सर्वोच्च अदालतमा आज पनि सुनुवाइ हुन सकेन् । न्यायाधीश पुरुषोत्तम भण्डारी र डम्बरबहादुर शाहीको संयुक्त इजलाश तोकिएको मुद्दा हेर्न नभ्याइनेमा राखिएको हो ।
आइजिपीमा सिफारिस भएर पनि फुली लगाउनै नपाइ सर्वोच्चले उनको सिफारिसमा कार्यान्वयनमा रोक लगाएको थियो ।
प्रतिस्पर्धी नवराज सिलवाललाई कार्यसम्पादन मूल्यांकन कीर्ते गरेको आरोपमा अनुसन्धान फैसला सुनाएको भोलिपल्ट पेशी परे पनि हेर्न नमिल्ने हुँदै सरेको उक्त रिट आज पनि हेर्न नमिल्ने सूचीमा गएको हो ।
मुद्दामा नवराज सिलवाल, प्रधानमन्त्री तथा मन्त्रिरिषदको कार्यालय, आइजिपी प्रकाश अर्याल लगायतलाई विपक्षी बनाइएको छ ।
रिट यसअघि मंसिर २७ गते हेर्न नमिल्ने न्यायाधीशको इजलाशमा पेशी परेपछि सुनुवाइ हुन पाएको थिएन । प्रतिस्पर्धीहरु सिलवाल र अर्यालले हालेको रिटमा एकैपटक फैसला गरे पनि चन्दको रिट सर्वोच्चले बाँकी राखेको थियो । घटना र विचार
प्रतिक्रिया