अमेरिकामा गोली लागेर एकजना नेपालीको मृत्यु एक घाइते
सारांश
- एजेन्सी ।
- अमेरिकामा एकजना नेपालीको गोली हानेर हत्या गरिएको छ भने एकजना गम्भीर घाइते भएका छन् ।
- अमेरिकाको केन्टकी राज्यको एलिजावेद टाउनमा टी मार्ट सञ्चालक लमजुङ घर भएका सुवास घलेको हत्या भएको हो भने बन्दुकधारीको गोली लागेर अर्का नेपाली गम्भीर घाइते भएका छन्।
एजेन्सी । अमेरिकामा एकजना नेपालीको गोली हानेर हत्या गरिएको छ भने एकजना गम्भीर घाइते भएका छन् । अमेरिकाको केन्टकी राज्यको एलिजावेद टाउनमा टी मार्ट सञ्चालक लमजुङ घर भएका सुवास घलेको हत्या भएको हो भने बन्दुकधारीको गोली लागेर अर्का नेपाली गम्भीर घाइते भएका छन्।
अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार गोली लागेर घाइते हुने अर्का नेपाली प्रयास बानियाँ गम्भीर घाइते भएका छन्।
घटना गत बिहीबार रातिको हो । घलेले चलाएको मार्टको स्टोरमै प्रवेश गरी बन्दुकधारीले गोली हानेका थिए। घाइतेको स्थानीय लुवेल अस्पतालमा भइरहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्। घोइतेको ठेगाना खुलाइएको छैन ।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया