श्रीमतीको हत्या गर्ने फरार अभियुक्त पक्राउ

Shikharkhabar Shikharkhabar
|
बिहिबार, जेठ ४, २०८०
|
|
२४ पटक हेरिएको
Shares
श्रीमतीको हत्या गर्ने फरार अभियुक्त पक्राउ

सारांश

  • काठमाडौ ।
  • काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको प्रहरी टोलीले श्रीमतीको हत्या गरी फरार रहेका एक अभियुक्तलाई चार महिनापछि पक्राउ गरेको छ ।
  • पक्राउ पर्नेमा रोल्पाको सुनछहरी गाउँपालिका–६ फगाम घर भएका ३९ वर्षीय गर्भे विक रहेका छन् ।

काठमाडौ । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको प्रहरी टोलीले श्रीमतीको हत्या गरी फरार रहेका एक अभियुक्तलाई चार महिनापछि पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा रोल्पाको सुनछहरी गाउँपालिका–६ फगाम घर भएका ३९ वर्षीय गर्भे विक रहेका छन् ।

निजले आफ्नी श्रीमती २६ वर्षीया केशु विकलाई गत फागुन २० गते हत्या गरी कपिलवस्तुको शिवराज नगरपालिका–५, चन्द्रौटास्थित प्रयोगमा नआएको गाडीको रिफ्रेस सेन्टर भवनको सेफ्टी ट्याङ्कीमा फ्याँकी गर्भे फरार रहेका थिए ।

श्रीमतीको हत्या गरी फरार रहेका विकलाई उपत्यका अपराध अनुसन्धान कार्यालयको प्रहरी टोलीले काठमाडौँको चन्द्रागिरी नगरपालिका–१०, सतुङ्गलबाट पक्राउ गरेको हो । पक्राउ परेका उनलाई आवश्यक कानुनी कारबाहीका लागि आज वडा प्रहरी कार्यालय चन्द्रौटा, कपिलवस्तु पठाइएको उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता तथा प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीले जानकारी दिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सीसी टीभीको निगरानीमा निवर्तमान सभामुख कृष्णबहादर महरा
सीसी टीभीको निगरानीमा निवर्तमान सभामुख कृष्णबहादर महरा
नमुना नेपालको साटो किन क्रिकेट मैदान बनाउदैछन् धुर्मुस सुन्तली ?
नमुना नेपालको साटो किन क्रिकेट मैदान बनाउदैछन् धुर्मुस सुन्तली ?
प्रतिपक्षको नाराबाजीले संसद् बैठक स्थगन
प्रतिपक्षको नाराबाजीले संसद् बैठक स्थगन
भोजपुरमा प्रहरी र विप्लव समूहबीच भीडन्त, दुई जनाको मृत्यु
भोजपुरमा प्रहरी र विप्लव समूहबीच भीडन्त, दुई जनाको मृत्यु
इजलासमा रविको गुनासो: श्रीमान् माथिको आदेश भन्दै राति साढे १० बजे झाक्कलझुक्कल गरेर मध्यरात पोखरा ल्याइयो
इजलासमा रविको गुनासो: श्रीमान् माथिको आदेश भन्दै राति साढे १० बजे झाक्कलझुक्कल गरेर मध्यरात पोखरा ल्याइयो
“हिम्मतवाली”का नायक सुदर्शन गौतम मानव तस्करीमा ?
“हिम्मतवाली”का नायक सुदर्शन गौतम मानव तस्करीमा ?
टोखामा ब्लडपल र स्वनिगः हाइकर्सको रक्तदान कार्यक्रम सम्पन्न
टोखामा ब्लडपल र स्वनिगः हाइकर्सको रक्तदान कार्यक्रम सम्पन्न
सडक दुर्घटनामा बाबुछोरीको मृत्यु
सडक दुर्घटनामा बाबुछोरीको मृत्यु
साना तथा घरेलु उद्योगमा लगानी बढाउन सरकारले विशेष पहल गर्छ : प्रधानमन्त्री दाहाल  
साना तथा घरेलु उद्योगमा लगानी बढाउन सरकारले विशेष पहल गर्छ : प्रधानमन्त्री दाहाल  
सिद्धबाबालाई ४ दिन थुनामा राख्न आदेश
सिद्धबाबालाई ४ दिन थुनामा राख्न आदेश

तपाईंले छुटाउनुभयो कि?