श्रीमती खुसि बनाउन नेपालमा ‘आइफा अवार्ड’

Shikharkhabar Shikharkhabar
|
बिहिबार, श्रावण २, २०७६
|
|
२५ पटक हेरिएको
Shares
श्रीमती खुसि बनाउन नेपालमा ‘आइफा अवार्ड’

सारांश

  • काठमाडौं ।
  • नेपाल उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष तथा टोयटा कम्पनीको नेपालका लागि आधिकारिक विक्रेता सुरज बैद्य दुईतिहाइको कम्युनिस्ट सरकारका प्रधानमन्त्री खड्गप्रसाद ओलीका अघोषित सल्लाहकार जस्तै छन् ।
  • विवादास्पद आईफा अवार्ड नेपालमा गर्ने भनेर एक अर्ब बजेट छुट्याउन लगाउने रणनीति बैद्यकै हो ।

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष तथा टोयटा कम्पनीको नेपालका लागि आधिकारिक विक्रेता सुरज बैद्य दुईतिहाइको कम्युनिस्ट सरकारका प्रधानमन्त्री खड्गप्रसाद ओलीका अघोषित सल्लाहकार जस्तै छन् ।विवादास्पद आईफा अवार्ड नेपालमा गर्ने भनेर एक अर्ब बजेट छुट्याउन लगाउने रणनीति बैद्यकै हो । भारतीय मोडल रितु सिंह बैद्यकी श्रीमती हुन् । तिनै रितु सिंहको सल्लाहमा आईफा अवार्ड आयोजना गर्न प्रधानमन्त्रीलाई कन्भिन्स गर्ने काम बैद्यले नै गरेका थिए ।बैद्यले आफ्नी पत्नीलाई खुसी बनाउन आईफा अवार्डको प्रस्ताव ओली समक्ष राखेर कन्भिन्स गरेको स्रोतले जनाएको छ । ओलीले अझैपनि आईफा अवार्ड नेपालमा गराउने बताउँदै आएका छन् ।

भारतीय कलाकार ल्याएर अनाहकमा एक अर्ब नेपालको बजेट खर्च गर्दा नेपाललाई के फाइदा हुन्छ भन्ने कुरा समेत ख्याल नगरी प्रधानमन्त्री ओलीलाई विवादमा ल्याउने काम बैद्यले गरेका थिए ।आईफा अवार्डलाई एक अर्ब दिने कुराको चर्को विरोध भएपछि प्रधानमन्त्री ओली पछि हटेका छन् । आईफा अवार्ड तत्काललाई नहुने भएपनि व्यपारी बैद्य भने अझै त्यो अवार्ड गर्नुपर्छ भनेर प्रधानमन्त्रीलाई पुनः विवादमा ल्याउन खोजिरहेका छन् ।

एक अर्ब रुपैयाँले ८ मेगावाटको सम्मको जलविद्युत आयोजना बन्न सक्छ । त्यसबाट राष्ट्रलाई दिर्घकालिन फाइदा हुन्छ । त्यसैगरी व्यापारी बैद्यले प्रधानमन्त्री ओलीलाई प्रभावमा पारी देशहितविरुद्धका निर्णय गराउन थालेका छन् ।प्रधानमन्त्री ओलीले पर्यटनको क्षेत्रमा कुनै योगदान र अनुभव नभएका बैद्यलाई नेपाल भ्रमण वर्ष २०२० को राष्ट्रिय कार्यक्रम संयोजक बनाएका छन् ।

२० लाख पर्यटक भित्र्याउने महत्वकांक्षी योजना अगाडि सारेका प्रधानमन्त्री ओलीले पर्यटनको ‘प’ पनि थाहा नभएका बैद्यलाई संयोजक बनाएका छन् । यसले प्रधानमन्त्रीको २० लाख पर्यटक भित्र्याउने योजना पूरा हुनेमा आशंका प्रकट गरिएको छ ।प्रतिष्ठित पर्यटन व्यवसायीहरु हुँदाहुँदै बैद्य जस्ता पर्यटनको क्षेत्रमा योगदान नै नभएका व्यक्तिलाई संयोजक बनाएकोमा असन्तुष्टि व्याप्त छ । भ्रमण वर्ष २०२० सुरु हुन ५ महिना मात्र बाँकी छ ।

तर, तयारी सुन्य छ । पर्यटक आकर्षित गर्ने व्यवसायीहरुसँग बैद्यको कुनै खालको समन्वय छैन । उनी कसैलाई चिन्दैनन् । प्रधानमन्त्रीले बैद्य जस्तालाई संयोजक बनाएपछि भ्रमण वर्ष पनि असफल हुने चिन्ता पर्यटन क्षेत्रमा व्याप्त छ ।बैद्यको सल्लाह मान्दा प्रधानमन्त्री ओली एकपछि अर्को विवादमा पर्दै गएका छन् । बैद्यकै सल्लाहमा नेपाल वायु सेवा निगमका लागि चिनियाँ जहाज ल्याइयो । तर, ती जहाज उडाउनै नसक्ने अवस्थामा छन् ।

ती जहाज यति खर्चिला रहेछन् कि निगमलाई सेतो हात्ती सावित भएका छन् । बैद्य प्रधानमन्त्री ओलीका सल्लाहकारकै हैसियतमा बालुवाटारमा हैकम जमाएर बसेका छन् ।आङछिरिङ शेर्पाको मृत्युपछि व्यापारी बैद्य प्रधानमन्त्री ओलीमाथि हावी भएका छन् । बैद्यकै कारण आईफा जस्तो अलोकप्रिय निर्णय गर्दा प्रधानमन्त्री ओली अप्ठेरोमा परेका हुन् । यूनाइटेड पोस्ट साप्ताहिकले खवर छापेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?