यी हुन् रातो पासपोर्ट फिर्ता नगर्ने पूर्वसांसद

Shikharkhabar Shikharkhabar
|
बुधबार, माघ १०, २०७४
|
|
४४ पटक हेरिएको
Shares
यी हुन् रातो पासपोर्ट फिर्ता नगर्ने पूर्वसांसद

सारांश

  • काठमाडौं, १० माघ- अघिल्लो संसद् सकिएको १०१ दिन पुग्दा पनि तत्कालीन १५५ सांसदले कूटनीतिक पासपोर्ट अझै फिर्ता गरेका छैनन् ।
  • संसद्को कार्यकाल सकिएको एक साताभित्रै त्यस्तो पासपोर्ट फिर्ता गर्नुपर्ने कानुन छ ।
  • पूर्वसांसदले प्रयोग गरेका ४९८ मध्ये ३१२ मात्र रातो पासपोर्ट फिर्ता भएको आजको नयाँ पत्रिका दैनिकमा कृष्ण कट्टेलले खबर लेखेका छन्।

काठमाडौं, १० माघ- अघिल्लो संसद् सकिएको १०१ दिन पुग्दा पनि तत्कालीन १५५ सांसदले कूटनीतिक पासपोर्ट अझै फिर्ता गरेका छैनन् । संसद्को कार्यकाल सकिएको एक साताभित्रै त्यस्तो पासपोर्ट फिर्ता गर्नुपर्ने कानुन छ । पूर्वसांसदले प्रयोग गरेका ४९८ मध्ये ३१२ मात्र रातो पासपोर्ट फिर्ता भएको आजको नयाँ पत्रिका दैनिकमा कृष्ण कट्टेलले खबर लेखेका छन्।

तर, मन्त्री पनि नरहेका १५५ सांसदले पासपोर्ट फिर्ता गरेका छैनन् । मन्त्रीमा बहाल रहेका पूर्वसांसदले भने तत्काल पासपोर्ट फिर्ता गर्नुपर्दैन । संघीय संसद्का पदाधिकारी तथा सदस्यहरूको पारिश्रमिक तथा सुविधासम्बन्धी ऐनको दफा ७ को ३ मा रहेको यो व्यवस्थाले संसद्का पदाधिकारी सभामुख, विपक्षी दलको नेता, सत्ता पक्षको नेता, सत्ता पक्षको मुख्य सचेतक र संसदीय समिति सभापतिले प्रयोग गर्दै आएको सवारीसाधन तथा सोही ऐनमा सदस्यसमेतले प्रयोग गर्दै आएको कूटनीतिक राहदानी फिर्ता गर्नुपर्ने उल्लेख छ ।

संसद् सचिवालयबाट प्रयोग हुँदै आएको २५ मध्ये ६ वटा गाडी संसद सकिएको सात दिनभित्रै फिर्ता भएको थियो । १९ वटा गाडी निकै पछि पूर्वसांसदले बुझाएका थिए । संघीय संसद् सचिवालय उच्च स्रोतका अनुसार सांसदहरूले सचिवालय पुगेर २८६ वटा रातो पासपोर्ट फिर्ता गरेका छन् । २४ सांसदले भने ३ माघसम्म राहदानी विभाग पुगेर रद्द गराई सचिवालयलाई जानकारी गराएका छन् ।

पासपोर्ट रद्द गर्न सांसदले बुझाएको दुईवटा पासपोर्ट भने अहिले संघीय संसद् सचिवालयमा प्रक्रियामा रहेको छ । पूर्वसांसदले आफूले प्रयोग गरेको रातो पासपोर्ट रद्द गर्न संसद् सचिवालयमा बुझाउनुपर्नेछ । पूर्वसांसद आफैँले राहदानी विभागमा गएर रद्द गर्नसमेत सक्नेछन् । सचिवालयका अनुसार हाल सरकारमा रहेका मन्त्रीहरूले भने मन्त्री पदमा बहाल रहुन्जेल रातो पासपोर्ट प्रयोग गर्न पाउनेछन् । बहालवाला मन्त्रीले रातो पासपोर्ट प्रयोग गरे–नगरेकोबारे सचिवालयलाई जानकारी नहुने एक कर्मचारीले बताए ।
यी हुन् रातो पासपोर्टलाई माया गर्ने नेता :
रोमी गौचन थकाली
पार्वत गुरुङ
राजीवविक्रम शाह
शारदा पौडेल
हरिप्रसाद नेपाल
महेन्द्रबहादुर पाण्डे
भीष्मनाथ अधिकारी
लालबाबु सिंह
कल्पना सोब
सुरेन्द्रप्रसाद चौधरी
धनबहादुर बुढा
तारामान गुरुङ
शत्रुधन महतो
मदनकुमारी साह
श्यामसुन्दुर तिव्रेवाल
रंजीत कर्ण
निलम केसी खड्का
पवन कुमार सारडा
अशोक कोइराला
गोपाल दहीत
शिवलाल थापा
कुमार खड्का
नारायणप्रसाद शाउद
प्रदीप गिरि
जयन्तीदेवी राई
ब्रिजेसकुमार गुप्ता
जगदीश्वर नरसिंह केसी
बैजनाथ चौधरी
रत्न शेरचन
रविन कोइराला
अदवालअहमद शाह
ज्ञानकुमारी छनतेल
सूर्यदेव दास उराव
सुजिता परियार
पार्वता डिसी चौधरी
मन्जुकुमारी चौधरी
चण्डीप्रसाद राई
गिरिभद्र केसी
महेन्द्रकुमारी लिम्बू
सूर्यमान गुरुङ
भरतकुमार शाह
पेम्बा गुरुङ
बलबहादुर केसी
सिद्धिलाल सिंह
कमलेश्वर पुरी गोश्वामी
चन्द्रदेवि जोशी
दिनेश श्रेष्ठ
उषा यादव
डीकबहादुर लिम्बू
प्रभादेवि बज्राचार्य
सकुन्तला राजभण्डारी कार्की
अमनलाल मोदी
राजाराम स्याङ्तान
सीतारा भण्डारी
आशा यादव
अब्दुल वामिद सिद्दिकी
विनोद श्रेष्ठ
धनबहादुर घले
योगेन्द्र चौधरी
विष्णुप्रसाद शर्मा
ममताकुमारी यादव
ल्यारक्याल लामा
तममान गुरुङ
पन्तमान धिमाल
गणेशकुमार मण्डल
श्रीप्रसाद जवेगु
जमैद अन्सारी
रमेशकुमार लामा
सीता ज्ञवाली लुइँटेल
कल्पना चौधरी
अञ्जना ताम्ली
प्रतीक्षा तिवारी मुखिया
बहादुरसिंह लामा तामाङ
धनबहादुर तामाङ
अजयशंकर नायक
पुष्पलता लामा
राधिका तामाङ
रावनीदेवी चौधरी
बबिना मोक्तान लावती
शिवबहादुर खड्का
ललितजंग शाही
मोहन बानियाँ
सुवर्ण जुवार्चन
तेजकुमारी पौडेल
रामकुमार राई
हरिचरण साह सुदी
डिम्पलकुमारी झा
मोहन थारु
कृष्णप्रसाद धिताल
राधादेवी तिमल्सिना
फुलौरी देवी
सुत्यनारायण भगत विन
हर्क बोल राई
अशोककुमार मण्डल
धनमाया विक खनाल
राम दुलारी चौधरी
सुरेन्द्रप्रसाद जैसवाल
योगेन्द्र तामाङ घिसिङ
मोहनसिंह राठौर
धर्मेन्द्रकुमार साह तेली
सञ्जय यादव
लक्ष्मणलाल कर्ण
रामवीर मानन्धर
विचारीप्रसाद यादव
दीपकप्रसाद कुइँकेल
आनन्दप्रसाद पौडेल
एमडी मुस्ताक अलाम
शैलकुमारी देवी
मीना पुन
हरिबहादुर राजवंशी
राजेश्वरीदेवी
गौरीशंकर चौधरी
लालबहादुर घले
बहादुरसिंह लामा
आङतावा शेर्पा
उर्मिलादेवी शाह
नगेन्द्रप्रसाद थारु
अभिषेकप्रताप शाह
गीता वाग्ले
देवानसिंह विष्ट
रश्मी टाकुर
दिनेशप्रसाद साह
जीवनकुमारी घिमिरे
रेशमबहादुर बानियाँ
विशाल भट्टराई
ध्यानगोविन्द रञ्जित
चन्द्रबहादुर गुरुङ
भुपेन्द्र थेवे
बलबहादुर सुनार
नरेन्द्र साह कल्वार
मनमोहन भट्टराई
लक्ष्मीदेवी भण्डारी
मीना चौधरी
कुमारीलक्ष्मी राई
मोहनकुमारी राई
मिथिला चौधरी
हिमलाल सुवेदी
ललितजंग शाही
सुशीला नेपाल
अनीलकुमार रंगाटा
बादशाह कुर्मी

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?