श्रीमती मीनासँगको सम्बन्ध विच्छेदपछि मनोज गजुरेलले लेखे यस्तो भावुक स्टाटस

Shikharkhabar Shikharkhabar
|
सोमबार, माघ ८, २०७४
|
५२
|
२१ पटक हेरिएको
Shares
श्रीमती मीनासँगको सम्बन्ध विच्छेदपछि मनोज गजुरेलले लेखे यस्तो भावुक स्टाटस

सारांश

  • मनोज गजुरेलको स्वीकारोक्ति : हामी दुबै गलत होइनौं तर फरक रहेछौं काठमाडौं, ८ माघ ।
  • सधैंभरि सबैलाई हँसाउने र व्यंग्य कस्ने चर्चित हाँस्यकलाकार मनोज गजुरेलको जीवनमा एउटा सम्वेदनशील घडी आएको छ ।
  • पछिल्ला केही दिनयता उनका बारेमा सामाजिक सञ्जाल तथा अनलाइनहरुमा अनेकथरि समाचारहरु आए र अनेकौं अडकलबाजी गरिए ।

मनोज गजुरेलको स्वीकारोक्ति : हामी दुबै गलत होइनौं तर फरक रहेछौं
काठमाडौं, ८ माघ । सधैंभरि सबैलाई हँसाउने र व्यंग्य कस्ने चर्चित हाँस्यकलाकार मनोज गजुरेलको जीवनमा एउटा सम्वेदनशील घडी आएको छ । पछिल्ला केही दिनयता उनका बारेमा सामाजिक सञ्जाल तथा अनलाइनहरुमा अनेकथरि समाचारहरु आए र अनेकौं अडकलबाजी गरिए । तिनै समाचार र अडकलबाजीहरुलाई पुष्टि गर्दै मनोज गजुरेल स्वयंले आफ्नो पारिवारिक अवस्थाबारे स्पष्ट पारेका छन् ।

कलाकार गजुरेलले लामो स्टाटस लेखेर भनेका छन्, “हामी दुबै गलत होइनौं तर फरक रहेछौं । त्यसै कारणले होला, दुई दशकभन्दा लामो सम्वन्ध जोगिएन ।” उनले एउटा सामाजिक ब्यक्तिबाट यस्तो दुःखद घटना जानकारी गराउनु आफैंमा सकारात्मक बिषय होइन भन्दै लेखेका छन्, “जीवनका धेरै पाटाहरुमध्ये पारिवारिक व्यवस्थापनको महत्वपूर्ण पाटो सफल पार्न नसकेकोमा तपाईंहरुसमक्ष क्षमाप्रार्थी छु ।”

 

मनोज गजुरेलले लेखेको मार्मिक स्टाटसको पूरा पाठ
श्रद्धेय शुभेच्छुक महानुभावहरू,
सबैमा हृदयदेखि नमन !
मेरो पारिवारिक सम्वन्धका बारेमा सामाजिक सञ्जालहरूमा आएका समाचार, टिका टिप्पणी, जिज्ञासा र समाचारप्रति मेरो ध्यान आकृष्ट भएको छ । हामी (मीना ढकाल र मनोज गजुरेल) बिगत दुई दशकभन्दा बढी समयदेखि बैवाहिक बन्धनमा बाँधिएका हौं ।
हामीबाट एक छोरा र एक छोरी (मिरोज र मेमोरी) को जायजन्म भएको छ । हामी अलग परिवेश र फरक जीवनशैलीबाट आएको हुनाले होला, हाम्रो वैवाहिक जीवनको करिब प्रारम्भिक चरणदेखि नै सामान्य मतभेद हुँदै आएको थियो । हामीले हाम्रा सन्ततिको भविष्यका लागि पनि सकेसम्म मिलेर अगाडि बढ्न प्रयत्न गरेका थियौं तर यसलाई जीवन्त बनाउन सकेनौं । त्यसैले पारिवारिक सहमतिका आधारमा हामीले कानुनीरुपमै छुट्टिने निर्णय गर्यौं । यस क्रममा छोरी आमाको र छोरो बाबुको अविभावकत्वमा रहनेगरी सम्पत्तिलाई दुवै पक्षका परिवारको रोहबरमा चार भाग लगाई बाँडफाँड गरेका छौं ।

एउटा सामाजिक ब्यक्तिबाट यस्तो दुखद घटना जानकारी गराउनु आफैंमा सकारात्मक बिषय होइन । जीवनका धेरै पाटाहरुमध्ये पारिवारिक व्यवस्थापनको महत्वपूर्ण पाटो सफल पार्न नसकेकोमा तपाईंहरुसमक्ष क्षमाप्रार्थी छु । हामी दुबै गलत होइनौं तर फरक रहेछौं । त्यसै कारणले होला, दुई दशकभन्दा लामो सम्वन्ध जोगिएन ।
यो संवदनशील घडीमा हाम्रा दर्शक, श्रोता, पाठक, आफन्त, परिवारजन एवं सम्पूर्ण शुभ चिन्तकहरुमा आग्रह गर्न चाहान्छु कि म, मीनाजी, हामी दुबैका परिवारजन र हाम्रा सन्ततिको जीवनमा तपाईंहरुबाट सकारात्मक सहयोगको अपेक्षा गरेको छु ।

अन्त्यमा, विवाहपूर्वको प्रेम, वैवाहिक जीवनको अनुभव र सन्तान सुखको मिठो अनुभूतिका लागि मीनाजीलाइ म अन्तर हृदयबाट धन्यवादसहित सफलताको कामना ब्यक्त गर्दछु । सबैको मंगल होस् ।

श्रध्देय शुभेच्छुक महानुभावहरू, सबैमा हृदयदेखि नमन !मेरो पारिवारिक सम्वन्धका बारेमा सामाजिक सञ्जालहरूमा आएका समाचार, ट…

Posted by Manoj Gajurel on Monday, 22 January 2018

(theseedpharm.com)

प्रतिक्रिया

52 कमेन्ट

    Comment Author

    Arjun Kumar Shrestha

    So sad shabai.lai hashaune manoj sir aaja bipati ko gadima parnu vayeko sunnda dukha lageko cha.jban vaneko nai.yestai ho sir dukha kasta nai hasoo khusi ani rodan nai horahey cah jiban.

    Comment Author

    Prakash Basnet

    Fark rahex ta ony bibek??ko mattra ?mina ko vanai kati sammako
    Had vanda jada ra manoj ji ko kati sammamitt ??fark yahi nai raix aakhir mahila ra purus hunu ma????

    Comment Author

    Shrestha Prem

    समाजमा रहेको जीउदो जाग्दो समस्या हो ।सम्बन्द , पैसा , विचार फरक फरक कुरहरु हुन । कुरा बुझाउनु जरुरी छ र बुझ्न पनि जरुरी छ ।आवेगमा मनलाई शान्ति दिए पनि आजिवन अशान्ति दिने पक्षलाई विचार गर्नु जरुरी छ ।

    सुखमय मिलन होस ।

      Comment Author

      Laxmi Baral

      यो भन्दा राम्रो सबै परीवार हजुर बा हजुरआमा बुवा आमा हरू सङ्गै बस्नु पर्छ अनि थोरै अभाभ हरू पनि झेल्नु पर्छ अनि मात्र सम्बन्ध सधैं मजबुत हुन्छ।

    Comment Author

    Rajeeb Kafle

    So sad news

    Comment Author

    Gopal Thapa

    It’s an expected

    Comment Author

    Gopal Thapa

    Not

    Comment Author

    Nar Bista Bista Bista

    यो दुखद खबर हो, सबैलाइ हसाउने ब्यक्तीले श्रीमती हसाउन सक्नु भएन , या श्रीमती हास्न चाहीनन ? यो दुखद खबर हो।।।।।

    Comment Author

    Rajendra Phombo

    Mina ko interview sundai paro tater aayo gharmai kukur le jasto ruger basnu parne rahex monoj sir le pahila nai euta kukur ghar ma paler rakhdeko vae sayad yasto nahune thiyo hola so sad

    Comment Author

    Sunil Pangeni

    Manoj je asto jo kadai lai ni parna sakxa manxe ka esxa dherai hunxan niti r bebar milenan bhane tikdai na hajur lai pani same hola hajur afu lai samali santati lai ramro sanga herchaha garnu

    Comment Author

    Bimal Gurung

    दुख को खबर सो सरि मनोज सर भाग्गेको खेल भावि ले लेखेको मेटिनन भन्छन साएद यहि होला जे भएनी सुख ले जिउनु होस यहि छ कामना???????

    Comment Author

    Katuwal Tara

    gajurel ..you are stupid …

    Comment Author

    Sita Rai

    अप्रत्यक्ष रुपमा मीना जी को तर्क सहि साबित भएपनि ,मनोज गजुरेल जी, ले धेरै संयमता अपनाउनु भएको छ ।
    अझै पनि माया दर्शाउँनु भएको अाभाष हुन्छ ।
    हुने हार ,दैब नटार भन्छन् ।
    धेरै चोटि सोँचेर -संझेर निर्णय लिनु भएको रहेछ,बाँकी जीवन दुबैको सुखमय रहोस !!

    Comment Author

    Shrestha Rajesh

    Ystai ho जीन्दगी कोशै को मरेर जान्छन् त कसै को छोडेर …. भने कशै को येस्तो गरि तोडेर जान्छ …. यो ठुलो कुरा हैन है ।

    Comment Author

    Phuri Sherpa

    अरु लाई हसाउने श्रीमती लाई किन रुवाउनु बो नि??? यो अलि बयेन गजुरेल जि???

    Comment Author

    Kb Khadka

    दुबै जनाकाे बाकि जीवन संयाेगान्तमय ,शुखमय रहाेस याे पनि जिबनकाे एउटा महत्वपुर्ण सिकाईकाे पाटाे नै हाे।

    Comment Author

    Keshav Agyani

    Asal manchhe rachheni haat bat mukta hunuvayo
    Shuvkamana

    Comment Author

    Keshav Agyani

    She is not a real woman
    Try to be fake gajuReal!

    Comment Author

    Deepak Paudel

    Punarmillan hosh!

    Comment Author

    Laxmi Bhandari

    gajurel ji tapai jasto sixxit kala car le pani kina mahila mathi annyya attyachar garnu bhayo ?

    Comment Author

    Krishna Gopal Bhuju

    नहुनु पर्ने कुरा सुन्दा दु:ख लाग्यो। त्यहि भएर सुखमा नमातिनु दुःखमा नआत्तिनु भन्छन। तर समयले मानिसलाई कुनमोडमा का पुर्याउछ थाहानै हुदैन ।

    Comment Author

    Bhola Neupane

    Namardaka suwsni chada mardaka bhaisi chada

    Comment Author

    Rishiraj Pokhrel

    Sadhai ra sabai logne manxe matra galat hudaina …. relation maintain garna dubai ko barabar hat ra sath hunu parxa ….

    Comment Author

    Magar Ganga

    एकदमै दुख लाग्यो ?यस्तो नहुनु पर्थ्यो तर

    Comment Author

    Biru Karki

    Ati lamo samay samma sangai bibahit jiban ma basera xuttinu pardako pida kaslai po ramro lagxara… sorry. God bless you manoj & mina g.

    Comment Author

    Rajesh Khanal

    एस्तै हो सोचे जस्तो हैन रहेछ जीवन

    Comment Author

    Kyacee SB

    kala kar le afna subhaexek haru lai sandesh ehi ho kala kar haru bata samaj pariwar ma yp bikriti haonara aba yo bisangati kaha pugxa yad xa ? parinari ghatna hune bekti kalakar nabanus Drasak ko agra ha

    Comment Author

    Niraj Shrestha

    Tara manoj le nikai dukha diyeko bujiyo

    Comment Author

    Buddhikala Adhikari Sumi

    अहम्ताले बाँस गरेछ दुबैमा ।फाल्न सक्नुभएन छ ।महिलालाई सन्मान र अवसर दुबै दिनुपर्छ तर पुरुषहरु डराउछन् ।त्यसैले परिणाम विपरीत आउँछ ।

    Comment Author

    Ganesh Thapa

    Pagal yasto garne mahilalae bitara parne

    Comment Author

    Bhaskar Sitaula

    जे नहुनु पर्थ्यो त्यै हुन्छ जिबनमा र जे हुनु पर्थ्यो हुन्न जिबनमा त्यसैले भन्ने गर्छ्न सोछे जस्तो हुन्न जीवन सम्झे जस्तो हुन्न जीवन।।।।।।।

    Comment Author

    Sagar Adhikari

    बुद्दीजीबी हरु को पारा य्स्तो छ नाता त दरो पो हुनुपर्छ त है

    Comment Author

    Om Sramik

    मिना ढकाल र तपाईंको प्रेम हिजो जस्तै भोलिपनी उस्तै जिवन्त रहोस ! र दुबैलाई भावी जिवनको सफलता को शुभकामना !!

    Comment Author

    Rabi Lamsal

    साेचे जस्ताे कहिल्यै हुदाेरहेनछ जीवन जे गर्दिन भन्याे त्यहि हुन जान्छ खै किन हाे।

    Comment Author

    साधना शाह चौतरिया

    aaphusanga bhyko kuralai samalna naskda ysari bhautarinu par…..
    Xa परिवारलाई समय दिननसक्दा यी सम्स्या सबैमा आउँछ।

    Comment Author

    Bhagawati Paudel Khanal

    k garnu dai gindagiko batole kaha kaha purauxa thaha xaina

    Comment Author

    Mongol Santa

    बिचार जने बेला भको ले नि किन यस्तो काम गरेका होल।हैट

    Comment Author

    Nabin Pun

    किन डोभोर्स गरेकोत भावुक हुनेले ???

    Comment Author

    Dirgha Joshi

    दु:खद खबर

    Comment Author

    Nabin Pandit

    एकदमै दुख लाग्यो ?यस्तो नहुनु पर्थ्यो तर…………..

    Comment Author

    Chitraraj Pandit

    पूनर्मिलन हुन सकोस् ।

    Comment Author

    Ganesh Shah

    पुर्ण मिलन हुन सकोस कामना छ

    Comment Author

    Anita Acharya

    Bbaha bandan ma badheya pache kasaiko sambandha na totos

    Comment Author

    Keshab Khadka

    कठै।

    Comment Author

    Jamak Lal

    मैलेत सुनेको थिये श्रीरि मति ले
    येह। सम्म। पुरउनु भयोको भन्द।
    सुन्दै थिये अ।ज। तिनैई श्रीरि मति
    ल।ई धोक दिने केको ह।सयौं कल। क।र यो त सिध। धोक हो

    Comment Author

    Yagendra Budhathoki

    Dukhat news

    Comment Author

    Kamalhari Khatiwada

    yesto saherdayee man6elai pani daiba lagyo.paribarik bemail voyo.Dukkhako kuraho..

    Comment Author

    Ramesh Kunwar

    दु ख त घटना
    कसै काे पनि नहाेस।

    Comment Author

    Gyan Bahadur Oli

    feri milan hune batawaran banos, shuvakamana, yekle arkolai bujhne koshis garau.

    Comment Author

    Dilliraj Aryal

    मनोजजी, तपाईंको सकारात्मक सोच प्रशंसनीय छ। त्यसका लागि धन्यवाद र यस्तै सोच रहिरहोस् भन्ने कामना पनि गर्दछु।
    आज हरेक घरमा,समाजमा घट्न थालेका यस्ता घटनाले नकारात्मक प्रभाव पार्दै गएको छ यो अत्यन्त दुखद पक्ष हो । त्यसैले यस्ता घटनाका पछाडिका कारणबारे सोच्ने,छलफल चलाउने र कम गर्ने उपाय खोज्ने जिम्मेवारी पनि हामी लेखक, कलाकार ….लगायत सबैको हो भन्ने लाग्छ।

    Comment Author

    Hari Kharel Nirdosh

    हिर्द्यय बिदरक् लेखाइ मन् छोयो

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 52
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?