श्री र फिष्टेलका तीन हेलिकोप्टरको उडानमा प्रतिबन्ध

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, आश्विन १२, २०८०
|
|
३० पटक हेरिएको
Shares
श्री र फिष्टेलका तीन हेलिकोप्टरको उडानमा प्रतिबन्ध

सारांश

  • काठमाडौं।
  • नेपाल नागरिक उड्डयन प्राधिकरणले उडान नियम उल्लंघन गर्ने दुई हेलिकोप्टर कम्पनीका ‘एएस–३५० बी३ई’ हेलिकोप्टरको उडानमा रोक लगाएको छ।
  • लुक्ला क्षेत्रमा खराब मौसममा उडान गर्न नहुने नियम उल्लंघन गरेको भन्दै प्राधिकरणले श्री एयरलाइन्स र फिष्टेल एयरको हेलिकोप्टरलाई ग्राउण्डेड गरेको हो।

काठमाडौं। नेपाल नागरिक उड्डयन प्राधिकरणले उडान नियम उल्लंघन गर्ने दुई हेलिकोप्टर कम्पनीका ‘एएस–३५० बी३ई’ हेलिकोप्टरको उडानमा रोक लगाएको छ। लुक्ला क्षेत्रमा खराब मौसममा उडान गर्न नहुने नियम उल्लंघन गरेको भन्दै प्राधिकरणले श्री एयरलाइन्स र फिष्टेल एयरको हेलिकोप्टरलाई ग्राउण्डेड गरेको हो।

प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलका अनुसार मौसम सफा भएर उडान भर्नुपर्ने मापदण्ड उल्लंघन गरेकाले दुई कम्पनीका तीन हेलिकोप्टरलाई अर्को निर्णय नभएसम्मका लागि ग्राउण्डेड गरिएको बताए।

“दुई कम्पनीका हेलिकोप्टरले भिजिबिलिटी एक सय मिटर नभएको अवस्थामा समेत ‘भिएफआर’ नियम मिच्दै हेलिकोप्टर उडाएपछि प्राधिकरणले ती दुई हेलिकोप्टरलाई ग्राउण्डेड गरिएको हो”, प्रवक्ता भुलले भने।

हेलिकोप्टर उडानका लागि ‘कन्ट्रोल एयरस्पेस’मा कम्तीमा पाँच हजार र ‘अनकन्ट्रोल एयरस्पेस’मा एक हजार पाँच सय भिजिबिलिटी चाहिन्छ।

तीन हेलिकोप्टरको उडानको ‘भिजुअल’का आधारमा ‘क्रिटिकल’ उडान अर्थात् झण्डै दुर्घटनाबाट जोगिएको पाइएका आधारमा ग्राउण्डेड गरिएको प्राधिकरणले स्पष्ट पारेको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

मनसुन अझै दश दिन कायम रहने
मनसुन अझै दश दिन कायम रहने
पहिलो चरण चुनाव : आज अन्तिम प्रचार
पहिलो चरण चुनाव : आज अन्तिम प्रचार
सांसदले भित्राए ५८ श्रीमती ,कृष्ण भगवानको प्रेरणा भन्दै भित्राए ।
सांसदले भित्राए ५८ श्रीमती ,कृष्ण भगवानको प्रेरणा भन्दै भित्राए ।
नेपाल यु१९ भारतसँग ३९ रनले पराजित !
नेपाल यु१९ भारतसँग ३९ रनले पराजित !
गोरुगाडाबाट लडेर एक जनाको मृत्यु , सुनकोशीमा डुबेर ३ जना बेपत्ता !
गोरुगाडाबाट लडेर एक जनाको मृत्यु , सुनकोशीमा डुबेर ३ जना बेपत्ता !
गौचन हत्याका मुख्य योजनाकार बस्नेत यसरी पक्राउ : को हुन् बस्नेत?हेर्नुहोस् यसकारण भयो हत्या
गौचन हत्याका मुख्य योजनाकार बस्नेत यसरी पक्राउ : को हुन् बस्नेत?हेर्नुहोस् यसकारण भयो हत्या
भिडियो कन्फ्रेन्समार्फत बसेको मन्त्रिपरिषद् बैठकप्रति प्रतिपक्षको आपत्ति
भिडियो कन्फ्रेन्समार्फत बसेको मन्त्रिपरिषद् बैठकप्रति प्रतिपक्षको आपत्ति
पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल आगामी जनवरी १ देखि सञ्चालनमा आउने
पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल आगामी जनवरी १ देखि सञ्चालनमा आउने
सुन आयात गर्न पाउनुपर्ने व्यवसायीको माग
सुन आयात गर्न पाउनुपर्ने व्यवसायीको माग
सर्लाहीमा मिटरब्याजीविरुद्ध एक हजार नौ सय २० उजुरी दर्ता
सर्लाहीमा मिटरब्याजीविरुद्ध एक हजार नौ सय २० उजुरी दर्ता

तपाईंले छुटाउनुभयो कि?