मुख्यमन्त्री शंकर पोखरेलको १ वर्षे कार्यकाल कस्तो रह्यो ?

Shikharkhabar Shikharkhabar
|
शनिबार, फाल्गुन ४, २०७५
|
|
२० पटक हेरिएको
Shares

सारांश

  • प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलले प्रदेशको बिकास अब दोब्बर गतिमा बृद्वि हुने बताएका छन् ।
  • उनले प्रदेश शुन्य संरचनामा स्थापना भएको बताउँदै १ वर्ष सम्म धेरै कामहरु भएकोले अब सरकारको कामको गति दोब्बर हुने बताएका हुन् ।
  • प्रदेश सरकार स्थापना भएको एक वर्ष पुरा भएको अवस्थामा प्रदेश ५ सरकार र बुटवल उपमहानगरपालिकाको संयुक्त कार्यक्रममा बोल्दै मुख्यमन्त्री पोखरेलले संघीयताले खर्च बढ्यो भन्नु गलत भएको बताए ।

प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलले प्रदेशको बिकास अब दोब्बर गतिमा बृद्वि हुने बताएका छन् । उनले प्रदेश शुन्य संरचनामा स्थापना भएको बताउँदै १ वर्ष सम्म धेरै कामहरु भएकोले अब सरकारको कामको गति दोब्बर हुने बताएका हुन् ।

प्रदेश सरकार स्थापना भएको एक वर्ष पुरा भएको अवस्थामा प्रदेश ५ सरकार र बुटवल उपमहानगरपालिकाको संयुक्त कार्यक्रममा बोल्दै मुख्यमन्त्री पोखरेलले संघीयताले खर्च बढ्यो भन्नु गलत भएको बताए ।

संघीय व्यवस्थामा तीन तहका सरकारका लागि १५ प्रतिशत कर्मचारी र १५ प्रतिशत खर्च बढी लागे पनि जनताले सेवा लिन गर्नुपर्ने खर्च भने घटेको दावी गरे । संघीयता कार्यान्वयनका सन्दर्भमा प्रदेश ५ सरकार र संघीय सरकारबीच कुनै दुरी नरहेको बरु सहकार्य र सुमधुर सम्बन्ध रहेको उनले बताए । केन्द्र सरकारबाट साझा सूचीका कानुन निर्माण र संविधानसंग बाझिएका पुराना कानुन संशोधनमा विलम्ब भएकाले प्रदेश सरकारले जनताले अपेक्षा गरेअनुसार काम गर्न नपाएको उनले स्वीकार गरे ।

प्रदेशको विकास र समृद्धिको आधार कृषि भएकाले भूमिहीनलाई करार खेती, ५२ निर्वाचन क्षेत्रमा स्मार्ट कृषि गाउँ, मुख्यमन्त्री ग्रामीण विकास कार्यक्रमलगायतका नौला कार्यक्रम कार्यान्वयनमा आएको मुख्यमन्त्री पाखरेलको दावी छ । प्रदेशको दीर्घकालीन समृद्धिको आधार पर्यटन भएको उल्लेख गर्दै उनले अब लुम्बिनीको पर्यटन प्रवर्द्धनको जिम्मेवारी संघले प्रदेश सरकारलाई दिनुपर्ने बताए । लुम्बिनी गुरुयोजना र अन्य विकास निर्माण लुम्बिनी विकास कोषले गरे पनि पर्यटन प्रवर्द्धनको जिम्मा प्रदेश सरकारलाई दिन संघीय सरकारलाई आग्रह गरिसकिएको उनले बताए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?