संचारमन्त्रीको देउवालाई जवाफ : भारतीय नेतृत्वसँग बसेर के भन्नु भयो?

Shikharkhabar Shikharkhabar
|
आइतबार, मंसिर ८, २०७६
|
|
२६ पटक हेरिएको
Shares
संचारमन्त्रीको देउवालाई जवाफ : भारतीय नेतृत्वसँग बसेर के भन्नु भयो?

सारांश

  • काठमाडौं।
  • संचारमन्त्री एवं सरकारका प्रवक्ता गोकुल बास्कोटाले प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री केपी ओलीमाथि लगाएको आराप गम्भीर भएको बताएका छन्।
  • आइतबार पोखरमा संचारकर्मीसँग कुरा गर्दै मन्त्री बास्कोटाले प्रमुख प्रतिपक्ष जस्तो जिम्मेवार दलका प्रमुखले त्यस्तो आरोप लगाएको जस्तो आफूलाई नलागेको उल्लेख गर्दै उनले यदि आरोप लगाएको सत्य भए देउवाका बारेमा पनि आफूहरुले केही गम्भीर प्रश्न उठाउनुपर्ने हुन सक्ने बताए।

काठमाडौं। संचारमन्त्री एवं सरकारका प्रवक्ता गोकुल बास्कोटाले प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री केपी ओलीमाथि लगाएको आराप गम्भीर भएको बताएका छन्। आइतबार पोखरमा संचारकर्मीसँग कुरा गर्दै मन्त्री बास्कोटाले प्रमुख प्रतिपक्ष जस्तो जिम्मेवार दलका प्रमुखले त्यस्तो आरोप लगाएको जस्तो आफूलाई नलागेको उल्लेख गर्दै उनले यदि आरोप लगाएको सत्य भए देउवाका बारेमा पनि आफूहरुले केही गम्भीर प्रश्न उठाउनुपर्ने हुन सक्ने बताए। देउवाले शनिबार पोखरामा आयोजित एक कार्यक्रममा प्रधानमन्त्री ओलीसँग सल्लाह गरेरै लिपुलेकलाई आफ्नो नक्शामा समेटेको आरोप लगाएका थिए।
मन्त्री बास्कोटाले भने–यसअघि नेपाल र भारत सीमा सम्बन्धका विषयमा वा विवादास्पद सन्धि–सम्झौताका बेलामा देउवाले आत्मसर्पण गरेर त्यो कुरा गर्नुभयो वा अरुको एकलौटी पेलाइमा पर्नुभयो भन्ने प्रश्नको जवाफ उहाँले दिनुपर्ने हुन्छ।’
उनले टनकपुर सन्धि आफरुहरुले नबिर्सिएको उल्लेख गर्दै भने–आरोप लगाउँदा त्यति मात्र लगाउनुपर्छ, जुन सत्यमा आधारित हुन्छ।’ उनले नेपालको इतिहासमा पहिलो पटक नेपालको बहालबाला प्रधानमन्त्रीले म यो मान्दिनँ, नेपालका लागि यो स्वीकार्य छैन भनेर बोलेको उल्लेख गर्दै भने–तर शेरबहादुर देउवाले देशमा संविधान जारी भएपछि भ्रमणमा जाँदा भारतीय नेतृत्वसित बसेर, सार्वजनिक समारोहमा ‘बाबा म त्यो संविधान पनि तिमीले भनेबमोजिम नै गर्छु’ भनेर बक्बकाएर आएको त अहिले पनि देखिन्छ। त्यो ओपन कुरा हो, मैले लगाएको आरोप होइन। तथ्य हो त्यो, भिडियोहरु हेर्नुस् पहिलाको। उहाँले प्रधानमन्त्रीको रुपमा समकक्षीहरुसँगै उभिएर बोलेका कुराहरु।’

(Zolpidem)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?