संविधानलाई उत्कृष्टतापूर्वक जनताको जनजीविकासँग जोड्नुपर्छ : युवाहरु

Shikharkhabar Shikharkhabar
|
बुधबार, आश्विन ३, २०७५
|
|
३२ पटक हेरिएको
Shares
संविधानलाई उत्कृष्टतापूर्वक जनताको जनजीविकासँग जोड्नुपर्छ : युवाहरु

सारांश

  • काठमाडौं, ३ असोज ।
  • युवा सङ्घ नेपालका अध्यक्ष रमेश पोडेल र योङ कम्युनिष्ट लिगका अध्यक्ष रामप्र्रसाद सापकोटा “दीपशिखा”ले अबको बाटो संविधानलाई उत्कृष्टतापूर्वक जनताको जनजीविकासँग जोडेर लैजानुपर्ने बताएका छन् ।
  • अध्यक्षद्वयले संविधान दिवसको अवसरमा संयुक्त विज्ञप्ति जारी गरी यस्तो बताएका हुन् ।

काठमाडौं, ३ असोज । युवा सङ्घ नेपालका अध्यक्ष रमेश पोडेल र योङ कम्युनिष्ट लिगका अध्यक्ष रामप्र्रसाद सापकोटा “दीपशिखा”ले अबको बाटो संविधानलाई उत्कृष्टतापूर्वक जनताको जनजीविकासँग जोडेर लैजानुपर्ने बताएका छन् । अध्यक्षद्वयले संविधान दिवसको अवसरमा संयुक्त विज्ञप्ति जारी गरी यस्तो बताएका हुन् ।

विज्ञप्तिमा देशको स्रोत, साधन, सम्पदा र संस्कृतिको दृष्टिले विश्वका अन्य सम्पन्नशाली मुलुकहरुभन्दा कम नभए तापनि युवा श्रमशक्ति विदेशी भूमिमा खर्च भइरहेको औंल्याइएको छ । मुलुकलाई समृद्ध र बनाउँदै आम जनतालाई सुखी र खुशी बनाउने कम्युनिष्ट सरकारको महाअभियानलाई रोक्न र अस्थिरतातर्फ धकेल्न विभिन्नखाले प्रतिक्रियावादी शक्तिहरु अहिले सबैखाले हथकण्डाहरु अपनाउँदै कम्मर कसेर लागेको पनि विज्ञप्तिमा उल्लेख छ ।

सात दशक लामो अथक प्रयास र बलिदानीपूर्ण संघर्षबाट प्राप्त संविधानसभाले संविधान घोषणा गरेको तेस्रो वर्ष पूरा गरी चौथो वर्षमा प्रवेश गरेको उल्लेख गर्दै संयुक्त विज्ञप्तिमा ऐतिहासिक जनआन्दोलन, जनयुद्ध तथा विभिन्न आन्दोलनहरुको उपलव्धिको रुपमा लोकतान्त्रिक गणतन्त्र, संविधान, संघीयता, समानुपातिक तथा समावेशितासहित आम नेपाली जनताको खुशी र समृद्धिका लागि यो संविधानको सफल कार्यान्वयन हुनुपर्ने औंल्याइएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सरकारलाई निरंकुश बन्न उक्साइँदै, आलोचना गर्ने कर्मचारीलाई यस्तो हुँदैछ कारवाही
सरकारलाई निरंकुश बन्न उक्साइँदै, आलोचना गर्ने कर्मचारीलाई यस्तो हुँदैछ कारवाही
जी–२० अर्थमन्त्रीस्तरीय सम्मेलनमा अल्पविकसित मुलुकले भोगिरहेका समस्या उठान भए : अर्थमन्त्री महत
जी–२० अर्थमन्त्रीस्तरीय सम्मेलनमा अल्पविकसित मुलुकले भोगिरहेका समस्या उठान भए : अर्थमन्त्री महत
कोठाभित्र मतगणना चल्दै , महरा र पोख्रेल बाहिर बसेर गफ गर्दै
कोठाभित्र मतगणना चल्दै , महरा र पोख्रेल बाहिर बसेर गफ गर्दै
साउनभित्र निर्वाचन क्षेत्र तोक्न माग
साउनभित्र निर्वाचन क्षेत्र तोक्न माग
झुलाघाट नाका साँझदेखि खुल्ने
झुलाघाट नाका साँझदेखि खुल्ने
राम र उर्मिलाको स्वरमा रहेको गीत “काठमान्डौँमा डेरा ” बजारमा (भिडियो सहीत )
राम र उर्मिलाको स्वरमा रहेको गीत “काठमान्डौँमा डेरा ” बजारमा (भिडियो सहीत )
नारायणगढ-मुग्लिन सडकमा दुर्घटना रोक्न राडार गन प्रयोग
नारायणगढ-मुग्लिन सडकमा दुर्घटना रोक्न राडार गन प्रयोग
तारा एयरका दुई क्याप्टेनबीच मन्थली विमानस्थलमा झगडा, प्रहरीमा उजुरी
तारा एयरका दुई क्याप्टेनबीच मन्थली विमानस्थलमा झगडा, प्रहरीमा उजुरी
मेयर विरुद्ध उपमेयर अनसनमा, नगरपालिका कहाँ राख्ने भन्ने विवाद
मेयर विरुद्ध उपमेयर अनसनमा, नगरपालिका कहाँ राख्ने भन्ने विवाद
नेकपाको एकता प्रक्रिया किन अड्कियो ?
नेकपाको एकता प्रक्रिया किन अड्कियो ?

तपाईंले छुटाउनुभयो कि?