उपराष्ट्रपति नन्दकिशोर पुनका छोरा दिपेशको स्वास्थ्य अवस्था गम्भीर

Shikharkhabar Shikharkhabar
|
मंगलबार, मंसिर २६, २०७४
|
|
२३ पटक हेरिएको
Shares
उपराष्ट्रपति नन्दकिशोर पुनका छोरा दिपेशको स्वास्थ्य अवस्था गम्भीर

सारांश

  • काठमाण्डौ ।
  • सवारी दुर्घनामा परि गंभिर घाईते भएका उपराष्ट्रपति नन्दकिशोर पुन पासाङका छोरा दिपेश पुनको स्वास्थ्य अवस्थामा सुधार आएको छैन् ।
  • टाउकोमा गहिरो चोट लागेका कारण दिपेशको आईसियूमा उपचार भईरहेको छ ।

काठमाण्डौ । सवारी दुर्घनामा परि गंभिर घाईते भएका उपराष्ट्रपति नन्दकिशोर पुन पासाङका छोरा दिपेश पुनको स्वास्थ्य अवस्थामा सुधार आएको छैन् ।
टाउकोमा गहिरो चोट लागेका कारण दिपेशको आईसियूमा उपचार भईरहेको छ । उपचारमा संलग्न डा. अमिर थापाले भने टाउकोका गंभिर चोट लागेका कारण आईसियूमा राखेर उपचार भैरहेको जानकारी दिए ।

पुनको ग्राण्डि इन्टरनेशनल अस्पतालमा उपचार भैरहेको छ । रोल्पाको मिझिङ र सुलीचौर भन्ने स्थानमा उनी चढेको गाडी दुर्घटना भएको हो । दुर्घटना भए लगत्तै उनलाई हेलिकप्टरमार्फत काठमाण्डौ ल्याईएको थियो । निर्वाचनको सिलसिलामा पुन गृहजिल्ला रोल्पा गएका थिए ।

पुन सवार गाडी रोल्पाबाट काठमाडौ आउदै गर्दा रोल्पाको सातदोबाटोमा ब्रेक फेल भएर दुर्घटना भएको हो ।

पुन भने गाडिको पछाडि को सिटमा सुतिरहेको अवस्थामा गाडी दुर्घटना हुदा घाइते भएका थिए ।

दुर्घटनाबाट टाउकोको बाँया भागमा चोट लाग्दा रगत जमेको उपचारमा संलग्न डाक्टरले बताएका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?