संविधान जारी गरेको एतिहासिक संसद्को कार्यकाल आजदेखि समाप्त हुने’

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, आश्विन २७, २०७४
|
|
२४ पटक हेरिएको
Shares
संविधान जारी गरेको एतिहासिक संसद्को कार्यकाल आजदेखि समाप्त हुने’

सारांश

  • काठमाडौं ।
  • व्यवस्थापिका–संसद्को अन्तिम बैठक आज बस्ने भएको छ ।
  • आजदेखि यस संसद्को कार्यकाल समाप्त हुनेछ ।

काठमाडौं । व्यवस्थापिका–संसद्को अन्तिम बैठक आज बस्ने भएको छ । आजदेखि यस संसद्को कार्यकाल समाप्त हुनेछ । समानुपातिकतर्फको मनोनयनपत्र दर्ता आइतबार हुने भएकाले आज नै संसद्को बैठक अन्त्य गर्न लागिएको हो ।

संविधान जारी गरेको एतिहासिक संसद्को यसपटकको पहिलो बैठक २०७० माघ ७ गते सुरु भएको थियो ।

यही संसद्ले नै २०७२ असोज ३ गते नेपालको संविधान जारी गरेको थियो ।

आज ३ बजे बोलाइएको बैठक अन्त्य गर्ने तयारी भएको सभामुखका प्रेस सल्लाहकार वविन शर्माले जानकारी दिए ।

नेपालको संविधानको भाग ३३ अन्तर्गत रहेको संक्रमणकालिन व्यवस्थामा मनोनयनपत्र दाखिला गर्ने अघिल्लो दिनसम्म व्यवस्थापिका–संसद् कायम रहने उल्लेख छ ।

त्यसैले सरकारले मनोनयन दर्ताको समय सारेमा संसद्को म्याद पनि त्यसको अघिल्लोदिनसम्म कायम रहने भएकाले आजको बैठक अन्तिम नभनी अर्को सूचना टाँस नभएसम्मका लागि भनेर स्थगित गर्ने संसद् सचिवालयको तयारी छ ।

“यो संविधान प्रारम्भ हुँदाका बखत कायम रहेको संविधान सभा यो संविधान प्रारम्भ भएपछि व्यवस्थापिका–संसदमा स्वतः रुपान्तरण हुनेछ र त्यस्तो व्यवस्थापिका–संसदको कार्यकाल संवत् २०७४ साल माघ ७ गतेसम्म कायम रहनेछ,” संविधानको धारा २९६(१) मा भनिएको छ,“तर त्यस्तो कार्यकाल पूरा हुनु अगावै यस संविधान बमोजिमको प्रतिनिधिसभाको निर्वाचन हुने भएमा त्यस्तो निर्वाचनका लागि उमेदवारको मनोनयनपत्र दाखिला गर्ने अघिल्लो दिनसम्म व्यवस्थापिका–संसद कायम रहनेछ ।”
संसदको ४ वर्षे कार्यकालमा राष्ट्रपति, उपराष्ट्रपति, ४ जना प्रधानमन्त्री,  सभामुख चयन भएका थिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?