फराज खान बिरामी हुँदा कसरी सलमान खानको भाग्य चम्कियो ?

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, पौष ७, २०७४
|
|
१६ पटक हेरिएको
Shares
फराज खान बिरामी हुँदा कसरी सलमान खानको भाग्य चम्कियो ?

सारांश

  • शुक्रबारदेखि सलमान खानको पछिल्लो फिल्म ‘टाइगर जिन्दा है’ प्रदर्शनमा आएको छ ।
  • सलमान भारतमा मात्रै होइन, बलिउड फिल्मका विश्वभरका पारखी बीच लोकप्रिय छन् ।
  • नेपालमा पनि उनका प्रशसंकको संख्या ठूलै रहेको छ ।

शुक्रबारदेखि सलमान खानको पछिल्लो फिल्म ‘टाइगर जिन्दा है’ प्रदर्शनमा आएको छ । सलमान भारतमा मात्रै होइन, बलिउड फिल्मका विश्वभरका पारखी बीच लोकप्रिय छन् । नेपालमा पनि उनका प्रशसंकको संख्या ठूलै रहेको छ । चर्चित भारतीय फिल्म लेखक सलिम खानका छोरा सलमानलाई फिल्ममा पाइला राख्न त्यति गारो त थिएन तर पनि उनले पहिलो फिल्म ‘बिवी हो तो ऐसी’मा सानो भूमिका निभाएर अभिनय यात्रा सुरु गरेका थिए । यो फिल्म पछि उनले ‘मैने प्यार किया’मा लिड भूमिकामाा अभिनय गरे । मैने प्यार किया प्रदर्शन पछि सलमान रातारात स्टार बने । यो फिल्म पछि सलमानले कहिल्यै पछाडि फर्केर हेर्नु परेन ।

सलमान पहिलो रोजाई थिएनन् ‘मैने प्यार किया’मा
‘मैने प्यार किया’मा सलमान खानले निभाएको भूमिकाका लागि सुरुमा फराज खानलाई अफर गरिएको थियो । तर कलाकार युसुफ खानका छोरा फराज फिल्म सुटिङ हुनु अघि नै बिरामी भए पछि उनको स्थानमा सलमानले मौका पाए । यतिबेला सलमान सुपरस्टारको रुपमा विश्वविख्यात छन् भने उता फराज गुमनाम जिन्दगी बिताइरहेका छन् । फराज पनि त्यो समय सामान्य हिसावले यो मैने प्यार कियाका लागि छानिएका कलाकार होइनन् । फिल्मका निर्देशक सुरज बडजात्याले लिएको कडा अडिसनबाट फराज उत्कृष्ट बन्दै मैने प्यार कियाको प्रेम पात्रको रोलका लागि छनौट भएका थिए । त्यतिबेला अडिसनमा फराजसँगै बिन्दु दारा सिंह, दीपक तिजोरी, पियुष मिश्रले प्रतिष्पर्धा गरेका थिए । फराजले फिल्ममा अभिनय गर्न साइन समेत गरिसकेका थिए । तर उनको भाग्यमा यो फिल्ममा अभिनय गरेर बलिउडमा स्थापित गर्न लेखिएकै थिएन त्यसैले उनी सुटिङ हुन अघि नै बिरामी भए । र, त्यो भूमिकाका लागि सलमान खानले छानिए ।

सलमानले पनि अडिसन दिनु परेको थियो
त्यसो त सलमान खानलाई पनि निर्देशक सुरज बडजात्याले त्यसै फिल्ममा लिएनन् । नयाँ हिरोको खोजीमा रहेका उनलाई कसैले लेखक सलिम खानका छोरा पनि फिल्मका लागि फिट छन् भनेर सुनाए पछि उनले सलमानको अडिसन लिएका थिए । सलमानसँगै मोहनिश बहलले पनि मैने प्यार कियाका लागि अडिसन थिए । तर फिल्मको पात्रका लागि सलमान फिट भए पछि निर्देशकले उनैलाई छनौट गरेका हुन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?