हरितालिका तीजमा उपसभामुख र उपाध्यक्षद्वारा तीजको शुभकामना
सारांश
- काठमाडौं, २७ भदौ ।
- प्रतिनिधिसभाका उपसभामुख डा.
- शिवमाया तुम्बाहाङ्फे र राष्ट्रिय सभाका उपाध्यक्ष शशिकला दाहालले हरितालिका तीजको शुभकामना व्यक्त गरेका छन् ।
काठमाडौं, २७ भदौ । प्रतिनिधिसभाका उपसभामुख डा. शिवमाया तुम्बाहाङ्फे र राष्ट्रिय सभाका उपाध्यक्ष शशिकला दाहालले हरितालिका तीजको शुभकामना व्यक्त गरेका छन् ।
हिन्दू महिलाहरुको महान पर्व तीजको अवसरमा छुट्टाछुट्टै शुभकामना सन्देश जारी गर्दै डा. तुम्बाहाङ्फे र दाहालले स्वदेश तथा विदेशमा रहेका नेपाली महिलाहरुमा सुख, समृद्धि र सुस्वास्थ्यको कामना गरेका हुन् ।
उपसभामुखले पौराणिक कालदेखि नै मनाइँदै आएको तीज पर्वले नेपालीहरुबीचको साँस्कृतिक र सामाजिक एकतालाई अझै बलियो बनाउने अपेक्षा लिएको बताएकी छन् । “विविधताबीचको एकता, सामाजिक सद्भाव र धार्मिक सहिष्णुता नेपालीहरुको परिचय हो”, शुभकामना सन्देशमा भनिएको छ, “यति हुँदाहुँदै पनि नेपाली मौलिक चाडपर्वहरु विस्तारै समयानुकूल संशोधित र परिमार्जित हुँदै आएका छन् ।”
तीजको सामाजिक र साँस्कृतिक पक्षबारे पछिल्ला दिनहरुमा छलफल र बहसहरु भइरहेको स्मरण गर्दै उपसभामुखले आफ्ना संस्कार र संस्कृति जोगाउँदै नयाँ पुस्तालाई हस्तान्तरण गर्दै जानुपर्नेमा जोड दिएकी छन् । “तर, त्यसो गर्दा कतिपय विभेदकारी संस्कारहरु छन् भने त्यसलाई परिमार्जित र परिस्कृत गर्दै नयाँ पुस्तालाई सिकाउने दायित्व पनि हाम्रै हो”, शुभकामनामा लेखिएको छ ।
उपाध्यक्ष दाहालले तीजसहित तराई–मधेसमा मनाइने जितिया पर्वको अवसरमा सुस्वास्थ्य, दीर्घायु र उत्तरोत्तर प्रगतिको शुभकामना व्यक्त गरेकी छन् ।
प्रतिक्रिया