संविधान दिवसलाई जनताको दिवस बनाउनु पर्दछ : प्रम ओली

Shikharkhabar Shikharkhabar
|
आइतबार, भाद्र १७, २०७५
|
|
५४ पटक हेरिएको
Shares
संविधान दिवसलाई जनताको दिवस बनाउनु पर्दछ : प्रम ओली

सारांश

  • काठमाडौं, १७ भदौ ।
  • प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान दिवसलाई जनताको दिवस बनाउनु पर्ने बताएका छन् ।
  • गृह मन्त्रालयले आयोजना गरेको संविधान दिवस मूल समारोह समितिको बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सो कुरा बताएका हुन् ।

काठमाडौं, १७ भदौ । प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान दिवसलाई जनताको दिवस बनाउनु पर्ने बताएका छन् । गृह मन्त्रालयले आयोजना गरेको संविधान दिवस मूल समारोह समितिको बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सो कुरा बताएका हुन् ।

प्रधानमन्त्री ओलीले संविधानसभाबाट संविधान निर्माणका लागि जनताले ठूलो संघर्ष गरेकोले त्यसको खुशीयालीको रुपमा आएको संविधान पनि जनताले खुशीयालीपूर्ण ढंगले मनाउन पाउनु पर्ने प्रधानमन्त्री ओलीको भनाइ थियो । “२०७२ साल असोज ३ गते संविधानसभाबाट नेपालको संविधान जारी भएको हो । संविधान दिवस सबभन्दा ठूलो राष्ट्रिय दिवस हो । यसलाई जनताले अपनत्व गर्ने गरी मनाउनु पर्दछ ।”

प्रधानमन्त्री ओलीले संविधान दिवसलाई सरकारी कार्यक्रम जस्तो मात्र बनाउनु नहुने बताए । प्रधानमन्त्री ओलीले संविधान दिवसको अवसर पारेर शैक्षिक संस्था, स्थानीय तह र अन्य निकायहरुलाई विविध कार्यक्रम आयोजना गर्न आग्रह पनि गरे । “संविधान दिवसलाई सबैको दिवस बनाउनु पर्दछ । यो जनजाति, महिला, दलित, मधेस, पहाड, हिमाल सबैकोे उत्सवको दिन हो” प्रधानमन्त्री ओलीले भने, “यस अवसरमा सबै जातजातिले आफ्नो भेषभुषा र झाँकी प्रदर्शन गर्नु उपयुक्त हुन्छ ।”

प्रधानमन्त्री ओलीले संविधान दिवसको व्यापकतालाई थप वृद्धि गर्न प्रज्ञा प्रतिष्ठानलाई संविधान र समृद्धि विषयमा कविता गोष्ठी आयोजना गर्न आग्रह पनि गरे । प्रधानमन्त्री ओलीले संविधान दिवसका अवसरमा नेपाल टेलिकमलाई कम्तीमा एक हप्ताका लागि मोवाइल सेवामा सहुलियत प्रदान गर्न पनि आग्रह गरे ।

प्रतिक्रिया

1 कमेन्ट

    Comment Author

    Kyacee SB

    Yo. Sami. Netalai. Diyo. Janata lai. Maryo. Kina. 7. Din. Hider. Nagarikta. Banauna. Ajhai. Badhe.

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 1
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?