संविधान संशोधनको मुद्दा उठाएर नथाक्ने राजपा !

Shikharkhabar Shikharkhabar
|
मंगलबार, जेठ २१, २०७६
|
|
२५ पटक हेरिएको
Shares
संविधान संशोधनको मुद्दा उठाएर नथाक्ने राजपा !

सारांश

  • काठमाडौं।
  • संविधान संशोधनको मुख्य मुद्दा बनाए सरकारलाई बाहिरै बसेर समर्थन गरेको राजपाले आफ्नो माग पूरा नभएपछि सरकालाई दिएको समर्थन फिर्ता लियो।
  • सरकारलाई दिएको समर्थन फिर्ता लिएर राजपाले संसद बैठकमा सधैं संविधान संशोधनको कुरा उठाइरहेको छ।

काठमाडौं। संविधान संशोधनको मुख्य मुद्दा बनाए सरकारलाई बाहिरै बसेर समर्थन गरेको राजपाले आफ्नो माग पूरा नभएपछि सरकालाई दिएको समर्थन फिर्ता लियो।सरकारलाई दिएको समर्थन फिर्ता लिएर राजपाले संसद बैठकमा सधैं संविधान संशोधनको कुरा उठाइरहेको छ। तर सरकारले उसको माग सुनेको छैन। प्रधानमन्त्री केपी ओलीले आवश्यकता र औचित्यका आधारमा संविधान संशोधन गर्ने बताएपनि संविधान संशोधन गर्ने छाँट भने देखाएका छैनन्। यसैबीच राजपाले संविधान कार्यान्वयन र संविधान संशोधनको प्रतिवद्धता पूरा गर्न सरकारको ध्यानाकर्षण गराएको छ।
प्रतिनिधिसभाको मंगलबारको बैठकमा राजपाका सांसद प्रमोद साहले सरकार गठनको समयदेखि नै संसदमा संविधान संशोधनको विषय उठिरहेको हुँदा पनि अहिलेसम्म सम्बोधन नभएको भन्दै त्यस तर्फ सरकारको ध्यानाकर्षण गराए।

प्रधानमन्त्री केपी ओली स्वयम्ले आवश्यकता र औचित्यका आधारमा संविधान संशोधन गर्छु भनिरहँदा पनि अझैसम्म संविधान संशोधन प्रक्रिया अघि नबढाएको भन्दै उनले सरकारको गम्भीर ध्यानाकर्षण गराए। उनले सरकार नश्लवादी चिन्तन र सोचबाट ग्रसित भएर बसेको आरोप लगाए। उनले राज्यको विभेदकारी नीति विरुद्ध सरकारलाई संविधान संशोधनका लागि रुलिङ गर्न सभामुखसँग आग्रह गरे। उनले संविधान बनाउने नै संविधान उलंघन गरेको दाबी गरे। संविधान भन्दा माथि गएर लोकसेवा आयोगले विज्ञापन गरेको तथा राष्ट्रपति र उपराष्ट्रपति भिन्न दलको हुनुपर्नेमा एउटै दलको भएको भन्दै उनले संविधान कार्यान्वयन तर्फ सरकारलाई सचेत गराए। सरकारले संघियताको मर्म र भावना विपरित आफ्ना कार्यक्रम अघि बढाएको भन्दै उनले संविधान नाजायज औलाद जस्तो भएको टिप्पणी गरे। सभामुख कृष्ण बहादुर महराले बैठक प्रारम्भ भएको जानकारी गराउने वित्तिकै राजपाका सांसदहरु उभिएर विरोध जनाएपछि सभामुखले सांसद प्रमोद शाहलाई बोल्नका लागि समय दिएका थिए।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?