संविधान संशोधन विधेयकमाथिको छलफल जारी

Shikharkhabar Shikharkhabar
|
सोमबार, भाद्र ५, २०७४
|
|
१७ पटक हेरिएको
Shares
संविधान संशोधन विधेयकमाथिको छलफल जारी

सारांश

  • काठमाडौँ ।
  • नेपाली काँग्रेका नेता विमलेन्द्र निधिले वैवाहिक अंगीकृत नागरिकता, भाषा, राष्ट्रिय सभामा प्रतिनिधित्व र प्रदेशको सीमा निर्धारण आयोग गठनसम्बन्धी विषय समेटिएको नेपालको संविधान संशोधन प्रस्तावमा समर्थन गर्न आग्रह गरे ।
  • व्यवस्थापिका संसदको आजको बैठकमा भाग लिदै उनले संशोधनको प्रस्तावमा सबै दलबाट समर्थन जनाउन आग्रह गरेका हुन् ।

काठमाडौँ । नेपाली काँग्रेका नेता विमलेन्द्र निधिले वैवाहिक अंगीकृत नागरिकता, भाषा, राष्ट्रिय सभामा प्रतिनिधित्व र प्रदेशको सीमा निर्धारण आयोग गठनसम्बन्धी विषय समेटिएको नेपालको संविधान संशोधन प्रस्तावमा समर्थन गर्न आग्रह गरे । व्यवस्थापिका संसदको आजको बैठकमा भाग लिदै उनले संशोधनको प्रस्तावमा सबै दलबाट समर्थन जनाउन आग्रह गरेका हुन् ।

नेकपा एमालेका सांसद यज्ञ सुनुवारले मुलुक बाढी पहिरोबाट छटपटाइरहेका बेलामा सरकारबाट ल्याइएको संविधान शंशोधन विधेयकलाई कुनै हालतमा समर्थन नगर्ने अठोट व्यक्त गरे । उनले भने, “त्यो प्रस्तावको विपक्षमा एकढिक्का भएर नेकपा एमाले उभिने छ ।

नेकपा माओवादी केन्द्रका सांसद अमनलाल मोदीले राज्यसत्ताबाट अन्यायमा परेका उत्पीडित जनताको हितको पक्षमा ल्याइएको संशोधन प्रस्तावको पक्षमा सबै राजनीतिक दल उभिन आवश्यक रहेको बताइ ।

राष्ट्रिय जनता पार्टीका नेता सर्वेन्द्रनाथ शुक्लले तत्काल शान्ति स्थापना गर्न र देशलाई अघि बढाउने सन्दर्भमा संविधान संशोधन विधेयक समाधानको विन्दुमा पुग्ने विश्वासले आफूहरुले समर्थन र सहमति जनाएको बताए ।

सोही पार्टीका नेता अशोक राईले आन्दोलनरत दलले उठाएका सामान्य विषयवस्तुलाई मात्र सम्बोधन गर्ने बताए ।

राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले संविधानले परिकल्पना गरेको तीन तहको निर्वाचन सकेर प्रदेश तहमा व्यापक छलफल गरेरमात्रै संविधान संशोधन गर्नु उपयुक्त हुने धारणा व्यक्त गरे ।

नेकपा एमालेका प्रेम गिरीले मुलुकमा रहेका भाषाको विषयमा चिन्ता होइन, विदेशी भाषालाई राष्ट्रिय भाषा बनाउने उद्देश्यले संविधान सशोधनको प्रस्ताव कुनै हालमा मान्य नहुने धारणा व्यक्त गरे ।

नेपाली काँग्रेका प्रदीप गिरीले संसद् सरकार बनाउने मात्र थलो नभएर मुलुकमा उठेका जल्दाबल्दा विषयमा जनतालाई सुसूचित गराउन आवश्यक रहेको बताए ।

उनले भने, “सरकार र सहयात्रीबीचको सहकार्यबाट अघि बढ्नका लागि यो एउटा सन्देश हो । राष्ट्रवादको नाममा आतंक र डर देखाउँदा देशलाई हित गर्दैन । सदनमा अहिले नेपालको संविधानको दोस्रो संशोधन विधेयक, २०७३ माथिको दफावार छलफल जारी छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

विधान विपरीतको निर्णय खारेज गर्न माग
विधान विपरीतको निर्णय खारेज गर्न माग
स्वच्छ निर्वाचन – लोकतन्त्रको आधार , सुशासन र समृद्धिका लागि वामपन्थी सरकार ! भन्ने नराका साथ हेर्नुहोस घोषणा पत्र को पूर्ण पाठ !
स्वच्छ निर्वाचन – लोकतन्त्रको आधार , सुशासन र समृद्धिका लागि वामपन्थी सरकार ! भन्ने नराका साथ हेर्नुहोस घोषणा पत्र को पूर्ण पाठ !
विदेशी मुद्राको विनिमय दर कति छ ?
विदेशी मुद्राको विनिमय दर कति छ ?
कांग्रेस प्रवक्ता शर्माको खुलासाः सत्ता हस्तान्तरण प्रक्रिया अघि बढ्यो
कांग्रेस प्रवक्ता शर्माको खुलासाः सत्ता हस्तान्तरण प्रक्रिया अघि बढ्यो
रातो मत्स्येन्द्रनाथको दशकर्म सम्पन्न
रातो मत्स्येन्द्रनाथको दशकर्म सम्पन्न
अध्यक्ष प्रचण्ड र चिनियाँ कम्युनिष्ट पार्टीका विदेश विभाग प्रमुखबीच भेटवार्ता
अध्यक्ष प्रचण्ड र चिनियाँ कम्युनिष्ट पार्टीका विदेश विभाग प्रमुखबीच भेटवार्ता
नक्कली कागजात बनाएको आरोपमा क्यारेभियन नागरिक पक्राउ
नक्कली कागजात बनाएको आरोपमा क्यारेभियन नागरिक पक्राउ
नक्कली डाक्टर रोक्न औंठा छाप
नक्कली डाक्टर रोक्न औंठा छाप
त्रिविविमा बेथितिको चाङ
त्रिविविमा बेथितिको चाङ
एमालेलाई सरकारमा आउन हतारो, छाड्न ढिलाइ भएको छैन : प्रधानमन्त्री देउवा
एमालेलाई सरकारमा आउन हतारो, छाड्न ढिलाइ भएको छैन : प्रधानमन्त्री देउवा

तपाईंले छुटाउनुभयो कि?