कोरोना अपडेटः २०१ जना संक्रमित थपिए

Shikharkhabar Shikharkhabar
|
बुधबार, जेठ २१, २०७७
|
|
५३ पटक हेरिएको
Shares
कोरोना अपडेटः २०१ जना संक्रमित थपिए

सारांश

  • नेपालमा कोरोना भाइरसका २०१ जना संक्रमित थपिएका छन् ।
  • आज स्वास्थ्य मन्त्रालयले संक्रमित थपिएको जानकारी दिएको हो ।
  • स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा.

नेपालमा कोरोना भाइरसका २०१ जना संक्रमित थपिएका छन् । आज स्वास्थ्य मन्त्रालयले संक्रमित थपिएको जानकारी दिएको हो ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले आज थपिएकामा १७९ पुरुष र २२ जना महिला रहेको जानकारी दिएका छन् । योसँगै कुल २३०० संक्रमित संख्या पुगेको छ ।

यसअघि हिजो २८८ संक्रमित थपिएर कुल संख्या २ हजार ९९ पुगेको थियो । हिजो थपिएका संक्रमितमा २२५ पुरुष र १४ महिला थिए । वैशाख महिनासम्म कोरोना भाइरसका संक्रमित संख्या सुस्त गतिमा बढेपनि जेठमा आइपुग्दा ह्वात्तै बढेको छ । जेठभर ८ जनाको संक्रमणबाट मृत्यु भएको पुष्टि भइसकेको छ ।

जेठको पहिलो साता कोरोना संक्रमितको गति बढ्दै जाँदा तेस्रो सातामा आइपुग्दा वृद्धिदर निकै बढेको हो । यसले त्रास बढाएको छ । लकडाउनका बाबजुद संक्रमित संख्या बढिरहेपछि सरकारको कार्यशैलीमाथि पनि प्रश्न उठेको छ ।

आज १२ जना कोरोनामुक्त भएर अस्पतालबाट डिस्चार्ज भएको प्रवक्ता डा. देवकोटाले जानकारी दिएका छन् । अहिलेसम्म कुल २७८ जना संक्रमणमुक्त भएर डिस्चार्ज भएका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?