३२ जिल्लामा करिव ६५ प्रतिशत मतदान – निर्वाचन अायाेग

Shikharkhabar Shikharkhabar
|
आइतबार, मंसिर १०, २०७४
|
|
४६ पटक हेरिएको
Shares
३२ जिल्लामा करिव ६५ प्रतिशत मतदान – निर्वाचन अायाेग

सारांश

  • प्रदेश तथा  प्रतिनिधिसभाको पहिलो चरण निर्वाचनमा ६५ प्रतिशत मतदान भएकाे निर्वाचन आयोगले जनाएको छ ।
  • मतदान सकिएलगत्तै अायाेग केन्द्रीय कार्यालयमा अायाेजना गरिएकाे पत्रकार सम्मेलनमा प्रमुख निर्वाचन अायुक्त डा.
  • अयाेधिप्रसाद यादवले ६५ प्रतिशत मतदान भएकाे प्रारम्भिक जानकारी प्राप्त भएको बताए ।

प्रदेश तथा  प्रतिनिधिसभाको पहिलो चरण निर्वाचनमा ६५ प्रतिशत मतदान भएकाे निर्वाचन आयोगले जनाएको छ ।

मतदान सकिएलगत्तै अायाेग केन्द्रीय कार्यालयमा अायाेजना गरिएकाे पत्रकार सम्मेलनमा प्रमुख निर्वाचन अायुक्त डा. अयाेधिप्रसाद यादवले ६५ प्रतिशत मतदान भएकाे प्रारम्भिक जानकारी प्राप्त भएको बताए ।

उनले अाइतबार ३२ वटा जिल्लामा निर्वाचन शान्तिपूर्ण र उत्साहपूर्ण रूपमा मतदान सम्पन्न भएको जानकारी दिँदै मतपेटिका जिलला सदरमुकाममा ल्याउने काम भइरहेको बताए ।

अर्को चरणको निर्वाचन नभएसम्म शिलबन्दी गरी मतपेटिका सुरक्षित रूपमा राखिने अायोगले जनाएको छ । मतपत्रले भरिएका अधिकांश स्थानका मतपेटिका अाजै जिल्ला सदरमुकाम ल्याइने डा. यादवले बताए ।

उच्च हिमाली र विकटक्षेत्रका मतपेटिका भने सोमबार हेलिकोप्टरबाट सदरमुकाम ल्याइनेछ । उच्च पहाडी र हिमाली ३२ जिल्लामा आज पहिलो चरणको निर्वाचन भएको हो भने बाँकी ४५ जिल्लामा मंसिर २१ गते निर्वाचन हुँदैछ ।

सबैभन्दा बढी मतदान बाजुरामा

निर्वाचन अायाेगले अाइतबार मतदान भएका ३२ जिल्लामध्ये सबैभन्दा बढी बाजुरामा मत खसेकाे जनाएकाे छ । बाजुरामा ८० प्रतिशत मतदान भएकाे अायाेगकाे भनाइ छ ।

रुकुमका दुईवटा मतदान केन्द्रमा भने पुनः मतदान गरिने भएको छ । मतदानको क्रममा एसिड हालेर केही मतपत्र जलाइएकाले पुनः मतदान गरिने निर्वाचन आयोगले जानकारी दिएको छ ।

रुकुम पश्चिमको बाँचीकोट गाउँपालिका–५ स्थित रत्ना निमावि मतदान केन्द्र र आठबीसकोट नगरपालिका–१२ गत्तासैना मतदान केन्द्रमा पुनःमतदान गरिने रुकुम पश्चिमका मुख्य निर्वाचन अधिकृत काजीबहादुर राईले जानकारी दिए ।

दुवै मतदान केन्द्रको मतपेटिकामा एसिड राख्ने मान्छेको पहिचान हुन नसकेको र उनीहरूको खोजीकार्य जारी रहेको रुकुम पश्चिमका प्रहरी नायव उपरीक्षक राजेन्द्र धमलाले जानकारी बताए । रत्ना निमाविमा २५० र गत्तासैनामा ३६५ मत खसेपछि मतपत्र जलाइएकाले मतदान स्थगित भएको थियो ।

यी दुई मतदान केन्द्रमा आगामी मंसिर २१ गते मतदान गरिने उनले बताए । रत्ना निमाविको मतदान केन्द्रमा प्रतिनिधिसभाको र गत्तासैना मतदान केन्द्रमा समानुपातिकतर्फको मात्र मतदान हुने उनले बताए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

काठमाडौंमा एकैदिन १०१७ जनामा कोरोना संक्रमण पुष्टि
काठमाडौंमा एकैदिन १०१७ जनामा कोरोना संक्रमण पुष्टि
दूरसञ्चार प्राधिकरणका नवनियुक्त अध्यक्ष झाले खाए शपथ
दूरसञ्चार प्राधिकरणका नवनियुक्त अध्यक्ष झाले खाए शपथ
जब क्यामरा अगाडि नेहा कक्कडले आफ्नो स्कर्ट उतारिन्…
जब क्यामरा अगाडि नेहा कक्कडले आफ्नो स्कर्ट उतारिन्…
सुकुम्वासीका घर बनाउँदै रत्ननगर
सुकुम्वासीका घर बनाउँदै रत्ननगर
इम्बोस्ड नम्बर प्लेटबारे विवाद : जाग नेपालीको आन्दोलन घोषण
इम्बोस्ड नम्बर प्लेटबारे विवाद : जाग नेपालीको आन्दोलन घोषण
OMG चाइनामा भेटियो विश्वकै ठूलो लामखुट्टे
OMG चाइनामा भेटियो विश्वकै ठूलो लामखुट्टे
पदभार ग्रहण गर्न नपाउँदै निर्वाचित वडा सदस्यको श्रीमानले गरे खुकुरी प्रहार गरी हत्या
पदभार ग्रहण गर्न नपाउँदै निर्वाचित वडा सदस्यको श्रीमानले गरे खुकुरी प्रहार गरी हत्या
केदार कार्की कोशी प्रदेशको मुख्यमन्त्री नियुक्त
केदार कार्की कोशी प्रदेशको मुख्यमन्त्री नियुक्त
दसऔंलाको छापसहित विवरण हुने पहिलो राष्ट्रिय परिचयपत्र १०१ वर्षे भण्डारीलाई
दसऔंलाको छापसहित विवरण हुने पहिलो राष्ट्रिय परिचयपत्र १०१ वर्षे भण्डारीलाई
प्रधानमन्त्री ओलीको स्वास्थ्यमा समस्या देखिएपछि अस्पताल भर्ना
प्रधानमन्त्री ओलीको स्वास्थ्यमा समस्या देखिएपछि अस्पताल भर्ना