संवेदनशील र अतिसंवेदनशील मतदानकेन्द्रमा कुकुर सहित तालिम प्राप्त प्रहरी खटिए
सारांश
- आसन्न प्रतिनिधि र प्रदेशसभा निर्वाचनको मूखमा देशभर भैरहेको विष्फोटनका घटनाले सुरक्षामा चुनौती थपेको छ।
- निर्वाचनको प्रमूख चुनौतीको रुपमा रहेको विस्फोटनका घटना रोक्न लहान प्रहरीले विस्फोटक पदार्थ पता लगाउने तालिम प्राप्त कुकुर मार्फत चेक जाँच तिब्र पारेको छ।
- काठमाडौंबाट ल्याएर ईलाका प्रहरी कार्यालय लहानमा राखिएको उक्त तालिम प्राप्त कुकुर जिल्लाभरका सम्बेदनशील र अतिसम्वेदनशील मतदानकेन्द्रमा विस्फोटक पदार्थ पता लगाउने काम गरिरहेको छ।
आसन्न प्रतिनिधि र प्रदेशसभा निर्वाचनको मूखमा देशभर भैरहेको विष्फोटनका घटनाले सुरक्षामा चुनौती थपेको छ। निर्वाचनको प्रमूख चुनौतीको रुपमा रहेको विस्फोटनका घटना रोक्न लहान प्रहरीले विस्फोटक पदार्थ पता लगाउने तालिम प्राप्त कुकुर मार्फत चेक जाँच तिब्र पारेको छ।
काठमाडौंबाट ल्याएर ईलाका प्रहरी कार्यालय लहानमा राखिएको उक्त तालिम प्राप्त कुकुर जिल्लाभरका सम्बेदनशील र अतिसम्वेदनशील मतदानकेन्द्रमा विस्फोटक पदार्थ पता लगाउने काम गरिरहेको छ। सँगै जिल्लाको सम्वेदनशील र अतिसम्वेदनशील क्षेत्रमा समेत प्रयोग गरिएको छ।
लहान प्रहरी प्रमूख(डिएसपी) नरेशराज सुवेदीका अनुसार जिल्लाको सम्वेदनशील क्षेत्रमा चेकजाँच गरी विष्फोटक पदार्थ रहे नरहेको पत्ता लगाउन काठमाडौंबाट तालिमप्राप्त कुकुर झिकाइएको हो । जिल्लामा ४३६ मतदान केन्द्र छन्।
नागरिकबाट
प्रतिक्रिया