भारतीय पाइलट अभिनन्नदलाई वाघा सीमाबाट भारतलाई बुझाउने

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, फाल्गुन १७, २०७५
|
|
३७ पटक हेरिएको
Shares
भारतीय पाइलट अभिनन्नदलाई वाघा सीमाबाट भारतलाई बुझाउने

सारांश

  • बीबीसी।
  • पाकिस्तानी सेनाको कब्जमा रहेका भारतीय पाइलट विङ कमाण्डर अभिनन्दन वर्तमानलाई शुक्रबार पाकिस्तानले भारतलाई सुपुर्दगी गर्दैछ।
  • पाकिस्तानका प्रधानमन्त्री इमरान खानले बिहीबार संसदलाई सम्वोधन गर्दै पाकिस्तानको कब्जामा रहेका भारतीय पाइलटलाई शुक्रबार भारतलाई बुझाइने बताएका थिए।
बीबीसी। पाकिस्तानी सेनाको कब्जमा रहेका भारतीय पाइलट विङ कमाण्डर अभिनन्दन वर्तमानलाई शुक्रबार पाकिस्तानले भारतलाई सुपुर्दगी गर्दैछ।
पाकिस्तानका प्रधानमन्त्री इमरान खानले बिहीबार संसदलाई सम्वोधन गर्दै पाकिस्तानको कब्जामा रहेका भारतीय पाइलटलाई शुक्रबार भारतलाई बुझाइने बताएका थिए। पाकिस्तानका सूचना मन्त्रालयले आफ्नो ट्विट ह्याण्डलमा जम्मू कश्मिरका पूर्व मुख्यमन्त्री महबूबा मुफ्तीको एउटा भिडियो पोसट गरिएको छ, जसमा उनले पाकिस्तान सरकारको निकै प्रशंसा गरेकी छन्।
सूचना मन्त्रालयले जम्मू कश्मिरका पृथकतावादी नेता मीरवाईज उमर फारुखको ट्विट पनि पोस्ट गरेको छ।  जसमा भनिएको छ, ‘आशा छ, संभावित युद्धको बादल हट्दैछ। र, कश्मिर समस्याको शान्तिपूर्ण समाधान निकाल्छ सकिन्छ।’
पाकिस्तानका विदेश मन्त्री शाह महमूद कुरैशीले सीउनएनलाई लिएको एक अन्तर्वातामा भनेका छन्, ‘हाम्रो एजेण्डा  जनतालाई केन्द्रमा राखेर हुन्छ। हामी मुलुकलाई अगाडि बढाउन चाहन्छौं। हामीलाई हाम्रो देशलाई शान्ति र स्थायित्व चाहिएको छ।’
उनले अगाडि भने, ‘मेरो  जानकारीका अनुसार जैश–ए–मोहम्मदका प्रमुख मसुद अजहर तत्काल पाकिस्तानमा छन्। उनी निकै बिमारी छन्। उनी घरबाट बाहिर पनि निस्किन सक्दैनन्।’
पंजाबमा मुख्यमन्त्री अमरिन्दर सिंहले ट्विट गर्दै आफू विङ कमाण्डर अभिनन्दनलाई लिन वाधा सीमामा जाने बताएका छन्। उनले लेखेका छन्, ‘मोदी जी, म अहिले पंजाबको सीमावर्ती इलाकाको यात्रामा छु। मैले पाकिस्तान सरकारबाट थाहा पाए  अनुसार  उनीहरुले अभिनन्दनलाई वाघा सीमामा भारतलाई बुझाउँदै छन्। उनका बुवा र मैले एडीउबाट पढाइ गरेका हौं। यही कारण म वाघा जाँदैछु।’

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?