काठमाडौंमा दिउसै लुटियो २ लाख रुपैयाँ
सारांश
- काठमाडौं, १२ मंसिर काठमाडौं महानगरपालिका–१४ कुलेश्वर गणेश मन्दिर नजिकबाट सिन्धुलीको झाँगाझुली बस्ने ३० वर्षीय प्रकाश पुरीको साथमा रहेको २ लाख रुपैयाँ डलर साटीदिन्छु भनी अपरिचित व्यक्तिले ठगी गरी फरार भएका छन् ।
- हाल नाम, थर, वतन नखुलेका ३ जनाले पुरीलाई डलर साटिदिन्छौं भन्दै कागजको टुक्रा पैसा जस्तो बनाई रुमालमा पोको पारी डलर भन्दै दिएर उनको साथमा रहेको उक्त नगद लिई फरार भएको बताइएको छ ।
- फरार व्यक्तिहरुको खोजी गर्नुको साथै यस सम्बन्धमा प्रहरीबाट आवश्यक अनुसन्धान भइरहेको छ ।
काठमाडौं, १२ मंसिर
काठमाडौं महानगरपालिका–१४ कुलेश्वर गणेश मन्दिर नजिकबाट सिन्धुलीको झाँगाझुली बस्ने ३० वर्षीय प्रकाश पुरीको साथमा रहेको २ लाख रुपैयाँ डलर साटीदिन्छु भनी अपरिचित व्यक्तिले ठगी गरी फरार भएका छन् ।
हाल नाम, थर, वतन नखुलेका ३ जनाले पुरीलाई डलर साटिदिन्छौं भन्दै कागजको टुक्रा पैसा जस्तो बनाई रुमालमा पोको पारी डलर भन्दै दिएर उनको साथमा रहेको उक्त नगद लिई फरार भएको बताइएको छ ।
फरार व्यक्तिहरुको खोजी गर्नुको साथै यस सम्बन्धमा प्रहरीबाट आवश्यक अनुसन्धान भइरहेको छ ।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया