ओखलढुंगामा राष्ट्रिय स्वतन्त्र पार्टीकी उम्मेदवार शोभा कार्कीलाई युवाको साथ
सारांश
- ओखलढुंगा ।
- रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीबाट ओखलढुंगामा शोभा कार्की चुनावी मैदानमा छन ।
- युवाको नेतृत्व र राजनीतिक परिवर्तनको मुख्य एजेण्टा सहित कार्की चुनावी मैदानमा उत्रिएकी हुन ।
ओखलढुंगा । रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीबाट ओखलढुंगामा शोभा कार्की चुनावी मैदानमा छन । युवाको नेतृत्व र राजनीतिक परिवर्तनको मुख्य एजेण्टा सहित कार्की चुनावी मैदानमा उत्रिएकी हुन ।
नेपालका राजनीतिक दलहरु परम्पराबादी भए जनताका पक्षमा भन्दा आफना हाम्रा पक्षमा उभिदै जान थालेपछि जनताको स्वतन्त्र अधिकारको रक्षा गर्नका लागि रवि लामिछाने राष्ट्रिय स्वतन्त्र पार्टी दल दर्ता गरी चुनावी मैदानमा उत्रिएका हुन । लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीको विरुवा ओखलढुंगामा जगाउने प्रयास स्वरुप शोभा कार्कीले प्रतिनिधि सभाका लागि उम्मेदवारी दर्ता गरि चुनावी मैदानमा उत्रिएकी हुन ।

नेताहरुको राजनीतिक प्रतिसोध, मिलिजुली सत्ता लिप्त, भष्ट्राचार लगायतका गतिविधिका कारण दलहरुप्रति युवा पुस्तामा छाएको वितृष्णालाई न्याय तथा राहत दिने आम युवापुस्ताहरुको मनसाय बुझिएको छ । राष्ट्रिय स्वतन्त्र पार्टीले देशभर चर्चा पाइरहेका बेला ओखलढुंगामा पनि सुरुवात भएकोमा राष्ट्रिय स्वतन्त्र पार्टीप्रति ओखलढुंगे जनता तथा युवा पुस्ताहरु सकरात्मक देखिएका छन । सबैदललाई हेरियो अब एक पटक नयाँ सोच नयाँ भिजन र नयाँ नेतृत्वलाई हेरौ भन्ने सोचमा आम युवा पुस्ताहरु देखिएका छन । युवाहरुको साथले ओखलढुंगामा शोभा कार्कीले जनताबाट राम्रै मत ल्याउने संकेत देखिएको छ ।
प्रतिक्रिया