मेराविरुद्ध सुनियोजित र कायरतापूर्ण षडयन्त्र गरिँदैछ : बीना मगर, माओवादी नेतृ

Shikharkhabar Shikharkhabar
|
बुधबार, श्रावण २५, २०७४
|
|
२१ पटक हेरिएको
Shares
मेराविरुद्ध सुनियोजित र कायरतापूर्ण षडयन्त्र गरिँदैछ : बीना मगर, माओवादी नेतृ

सारांश

  • चितवन महानगरपालिकामा माओवादीका तर्फबाट विजयी बनिन् रेणु दाहाल ।
  • अखिल नेपाल महिला संघको महासचिव समेत रहेकी रेणु दाहाललाई ‘प्रचण्डपुत्री’ का रुपमा सामाजिक सञ्जालमा निकै आलोचना र केहीले त गालीगलौज समेत गरे ।
  • अहिले भने भ्रम र झूठको शिकार बनेकी छिन् बीना मगर ।

चितवन महानगरपालिकामा माओवादीका तर्फबाट विजयी बनिन् रेणु दाहाल । अखिल नेपाल महिला संघको महासचिव समेत रहेकी रेणु दाहाललाई ‘प्रचण्डपुत्री’ का रुपमा सामाजिक सञ्जालमा निकै आलोचना र केहीले त गालीगलौज समेत गरे । अहिले भने भ्रम र झूठको शिकार बनेकी छिन् बीना मगर । नाताले उनी माओवादी अध्यक्ष प्रचण्डकी बुहारी हुन । पछिल्ला केही दिनमा बीना मगरका बारेमा सामाजिक सञ्जाल र एमाले निकट एक अनलाईनले समाचार प्रकाशित गर्यो । समाचारहरु सार्वजनिक भएपछि कुरा गर्दै नेतृ बीना मगरले प्रचण्डको बिरोध गर्ने मनशायले आफूविरुद्ध चरित्रहत्याको कायरतापूर्ण षडयन्त्र भइरहेको टिप्पणी गरिन् । पढ्नुस उनीसँग गरिएको कुराकानी :

मिडियामा निकै चर्चा छ त तपाईको ?

म आफै छक्क पर्छु हाम्रा केही मिडिया देखेर । हामी सानैदेखि राजनीतिक संस्कारमा हुर्कियौं । कसैसँग केही असहमति भए त्यसको राजनीतिक प्रतिवाद र आलोचना गर्नुपर्छ भन्ने मान्यता हामीमा विकास भयो । तर यहाँ भने त्यस्तो छैन । कसैसँग रिस पोख्नु छ भने जे पायो त्यही लेख्ने प्रवृत्ति देखिएको छ । त्यस्तै प्रवृत्ति भएकाहरुले मेरो चरित्रहत्या गर्न खोजेका हुन ।

तपाईलाई नै त्यसरी निशाना बनाउनुपर्ने किन त ?

मविरुद्ध तथानाम, कपोकल्पित र दुर्नियतपूर्ण तरिकाले समाचार र टिप्पणीहरु सार्वजनिक भएको देखे मैंले । यसमा म मात्रै जोडिएकी छैन । माओवादीले शानदाररुपमा भरतपुर महानगरपालिकामा निर्वाचन जिते । रेणु दिदी मेयर बनिन् । यसबाट अत्तालिएका तत्वहरुले मलाई निशाना बनाएका हुन । हिजो रेणु दिदीका बारेमा तथानाम लेखे । मेयरका उम्मेदवारको परिवारका सदस्यहरुले समेत दिदीलाई अत्यन्तै घृणित शब्दमा आलोचना गरे । तर उनीहरुको केही चलेन । अहिले हारबाट छटपटिएपछि उनीहरु मविरुद्ध खनिएका छन् । हुँदै नभएका कुरा कल्पना गरेर लेख्ने षडयन्त्र गरेका छन् ?

प्रकाश दाहाल र तपाईबीचको सम्बन्धमा खटपट आएको कुरा छ नि ?

श्रीमान र श्रीमतीबीचको सम्बन्धबारे श्रीमान र श्रीमतीलाई मात्रै थाहा हुन्छ । राम्रो छ या नराम्रो छ भन्ने कुरा दुबैमध्ये एकले सार्वजनिक नगर्दासम्म अरुलाई कसरी थाहा हुन्छ ? एउटा सीमा हुन्छ नि मिडियाको पनि । पत्रकारको आचारसंहिता हुँदैन । पत्रकारले व्यक्तिगत चरित्रहत्यामा उत्रिन पाउँछ ? समाजको चौथो अंग भनेर दावी गर्ने पत्रकारले के खालको संस्कृतिको विकास गरिरहेको छ ? व्यक्तिलाई त्यसै पीडा दिन मिल्छ ? के उनीहरुले मलाई सोधे ? के उनीहरुले प्रकाशजीलाई सोधे ? अनि जथाभावी लेख्न मिल्छ ? स्थानीय निकायको निर्वाचनमा म जिल्ला थिए तीन महिनादेखि, वहाँ अध्यक्ष कमरेडसँग हुनुहुन्थ्यो । फर्केपछि हामी दुबै अस्तिमात्र पोखरा गयौं, त्यसपछि हिजो फर्किएको । समाचारमा भनिएको कुरामा केही त सत्यता हुनुपर्छ । यी सबै वाहियात कोरा कल्पना र पार्टीलाई बदनाम गर्ने, मलाई बदनाम गर्ने, अध्यक्ष कमरेड, प्रकाशजी, रेणुजीलगायतका विरुद्धको कुत्सित मानसिकताले लेखिएका शब्द मात्रै हुन ।

फेसबुकमा समेत तपाईका बारेमा टिप्प्णीहरु देखियो त ?

मैले माथि नै भने नि, म जनताको बीचबाट लामो संघर्ष गरेर हुर्किएको व्यक्ति हुँ । हाइस्कूल पास नगर्दै राजनीतिमा होमिए । सशस्त्र संघर्षदेखि शान्ति प्रक्रियामा सक्रियरुपमा पार्टीका हरेक जिम्मेवारी पुरा गरे । पछिल्लो समयमा जिल्लामा केन्द्रीत छु । जनताका ससाना कामहरुदेखि विकास निर्माणलगायतका कामहरुमा सक्रिय छु । त्यो कुराबाट एउटा तप्का आत्तिएको छ । बीना मगरले जित्ने भइ भन्ने त्रास छ उनीहरुमा । अहिले स्थानीय तहको निर्वाचनमा समेत हाम्रो क्षेत्रमा उनीहरुको नराम्रो हार भयो । यो सबै कुरा हुँदा राजनीतिकरुपमा मलाई परास्त गर्न नसकेपछि उनीहरुले मेरो व्यक्तिगत चरित्र हत्या गर्नतर्फ उद्दृत भएका हुन । मैले चिन्दै नचिनेका मान्छे, मैले भेट्दै नभेटेका मान्छेले समेत मेरा विरुद्ध तथानाम लेखिरहेका छन् ।

तपाईका विरुद्ध गलत नै लेखिएको भए कानुनी उपचार किन खोज्नुहुन्न त ?

राजनीतिमा आलोचना हुन्छ, त्यो राजनीतिक हुँदासम्म राजनीतिकरुपमा नै प्रतिवाद गर्नुपर्छ । तर जब त्यो अराजनीतिक, व्यक्तिगत र चरित्रहत्याको स्तरमा पुग्छ, त्यो अपराध हुन्छ । त्यसको कानुनी उपचार खोज्नुपर्छ । त्यसैले फेसबुकमा मविरुद्ध गालीगलौज गर्ने, मानमर्दन र चरित्रहत्या गर्नेविरुद्ध कारवाहीका लागि म अघि बढिसकेको अवस्था हो । पत्रपत्रिकाहरुमा आएका गलत र चरित्रहत्या गर्ने मनशायका समाचारका विरुद्ध समेत मैले सम्बन्धित निकायमा गुनासो राखिसकेको छु ।

अब के गर्नुहुन्छ ?

राजनीति, मेरो जीवन नै राजनीति हो । हिजो पार्टीको जिम्मेवारी अनुरुप कञ्चनपुरको क्षेत्र नं. १ मा स्थानीय निकायको निर्वाचनको प्रचारका लागि खटिए । अब प्रदेश र केन्द्रको निर्वाचन छ । पार्टी र संगठन निर्माणको अभियान छ । म पार्टीले दिएको जिम्मेवारी अनुसार अघि बढिरहेको छु । जिल्लाकेन्द्रीत भएर अघि बढ्दैछु ।

साभार : एभरेष्ट दैनिक

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

माओवादी केन्द्रले छान्यो समानुपातिकबाट प्रतिनिधिसभाका १४ सांसद (सूचीसहित)
माओवादी केन्द्रले छान्यो समानुपातिकबाट प्रतिनिधिसभाका १४ सांसद (सूचीसहित)
जसले राजा महेन्द्रको गाडीमा बम हाने, गणतन्त्रका लागि मृत्युदण्ड स्वीकारे
जसले राजा महेन्द्रको गाडीमा बम हाने, गणतन्त्रका लागि मृत्युदण्ड स्वीकारे
सिमेन्ट उद्योगको धुलो, धुवाँ र ध्वनि प्रदूषणबाट आजित
सिमेन्ट उद्योगको धुलो, धुवाँ र ध्वनि प्रदूषणबाट आजित
सशस्त्र प्रहरी सम्बन्धि विधेयकमाथि छलफल, सय दिनमा संसद पुर्‍याउने गृहमन्त्रीकाे लक्ष्य
सशस्त्र प्रहरी सम्बन्धि विधेयकमाथि छलफल, सय दिनमा संसद पुर्‍याउने गृहमन्त्रीकाे लक्ष्य
अमेरिकामा शरणार्थीको आगमन कटौती गर्ने ट्रम्पको योजना
Pin up Casino Online Az Azerbaijan Пин ап казино PinUp Rəsmi saytı Pin ap bet 30
वातावरण प्रदूषण नियन्त्रणका लागि सबैले आफैबाट सुरुआत गरौँ : मन्त्री महतो
वातावरण प्रदूषण नियन्त्रणका लागि सबैले आफैबाट सुरुआत गरौँ : मन्त्री महतो
सीके राउतलाई पाँचाैपटक म्याद थप
सीके राउतलाई पाँचाैपटक म्याद थप
समर्थकहरूलाई बालोटेलीले भने-सानो मानसिकता भएकाहरुले किन फुटबल हेर्ने?
समर्थकहरूलाई बालोटेलीले भने-सानो मानसिकता भएकाहरुले किन फुटबल हेर्ने?
घोषित मितिमै निर्वाचन गराउन भूमिका खेल्ने माओवादी निर्णय
घोषित मितिमै निर्वाचन गराउन भूमिका खेल्ने माओवादी निर्णय

तपाईंले छुटाउनुभयो कि?