मन्त्रि पण्डित कपिलवस्तु आउदै , तयारी पुरा

Shikharkhabar Shikharkhabar
|
बिहिबार, बैशाख १३, २०७५
|
|
२३ पटक हेरिएको
Shares

सारांश

  • माधव बेल्वासे, चन्द्रौटा कपिलवस्तु, १३ वैशाख ।
  • बिजयनगर गाउँपालिकाको सहयोगमा जामिया रजविया लिलबनात (गल्स स्कुल)आयोजनामा भोली बैशाख १४ गते शुक्रवारका दिन उद्धघाटन हुने भएको छ ।
  • गल्स स्कुल उद्धघाटन गर्नको लागी नेपाल सरकार संघिय मामीला तथा सामान्य प्रशासन मन्त्रि लालबाबु पण्डित कपिलवस्तु आउनुहुने भएको छ ।

माधव बेल्वासे, चन्द्रौटा कपिलवस्तु, १३ वैशाख । बिजयनगर गाउँपालिकाको सहयोगमा जामिया रजविया लिलबनात (गल्स स्कुल)आयोजनामा भोली बैशाख १४ गते शुक्रवारका दिन उद्धघाटन हुने भएको छ ।

गल्स स्कुल उद्धघाटन गर्नको लागी नेपाल सरकार संघिय मामीला तथा सामान्य प्रशासन मन्त्रि लालबाबु पण्डित कपिलवस्तु आउनुहुने भएको छ ।

अल्पसंख्यक मुस्लिम समुदायको बाहुल्यता रहेको त्यस क्षेत्रमा मुस्लिम बालिकाहरुलाई शिक्षाको मूलधारमा ल्याउन गल्र्स स्कूल संचालन गर्न लागिएको गाउँपालिका अध्यक्ष गोपाल थापाले जानकारी दिए । मुस्लिम बालिकालाई उच्च तहसम्म शिक्षा प्रदान अल्पसंख्यक मुस्लिम समुदायलाई लक्षित गरी विजयनगर गाउँपालिकाको लगानीमा गल्र्स स्कूल स्थापना गरिएको थापाले बताए ।

मदरसालाई सरकारको मूल प्रवाहीकरणमा ल्याउन कक्षा ६ देखि नेपाल सरकारकै मापदण्ड अनुरुप पाठ्यक्रम लागू हुने थापाको भनाई छ । मदरसालाई उच्च शिक्षासम्म संचालन गर्न गाउँपालिकाबाट हुनसक्ने सहयोग गर्ने समेत प्रतिबद्धता जाहेर गरे ।

कक्षा ५ सम्म संचालन हुँदै आएको मदरसा जामिया रजविया लिलबनातमा अब मुस्लिम बालिकाहरुका लागि छुट्टै स्कूल संचालन हुने मदरसा संरक्षण समिति अध्यक्ष डा। जहिरुल हसन खानले जानकारी दिए । शिक्षामा मुस्लिम समुदाय निकै पछाडि परेको औल्याउँदै संरक्षण समिति अध्यक्ष खानले अल्पसंख्यकको शैक्षिक स्तर उकास्न गाउँपालिकाले पहिलो प्राथमिकतामा राखेकोमा खुशी व्यक्त गर्दै धन्यबाद समेत दिए ।

मदरसाको शैक्षिक विकासका लागि बैशाख १४ गते साँझ जलसा कार्यक्रमको समेत आयोजना गरिएको मदरसा व्यवस्थापन समिति अध्यक्ष नफिस खानले जानकारी दिए । मन्त्री पण्डितको भव्य स्वागतका लागि यतिबेला समितिका साथै सिंगो गाउँपालिका टिम नै तयारीमा जुटेको छ, ।स्थानीय विकास मन्त्री पण्डित साँझको जलसा कार्यक्रममा समेत सहभागी जनाउने वडाध्यक्ष तिलक कँडेलले जनाए ।उता मन्त्रि आउने भएपछी सुरक्षा व्यावस्था कडा पारिएको प्रशासनले जनाएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?