सिन्धुलीमा भूकम्पपछिको पुनःनिर्माण तीव्र

Shikharkhabar Shikharkhabar
|
बुधबार, आश्विन ११, २०७४
|
|
४० पटक हेरिएको
Shares
सिन्धुलीमा भूकम्पपछिको पुनःनिर्माण तीव्र

सारांश

  • सुनकोशी (सिन्धुली), ११ असोज  ः सिन्धुलीमा भूकम्पपछिको पुनःनिर्माणमा तीव्रता आउन थालेको छ ।
  • भूकम्पले क्षतिग्रस्त बनेका विद्यालय भवन, सरकारी भवन र निजी आवास पुनःनिर्माणले गति लिन थालेको डिभिजन सहरी विकास कार्यालय, सिन्धुलीले जनाएको छ ।
  • जिल्लामा ३४ हजार २७० लाभग्राही रहेकामा ३० हजारले सम्झौता गरेको कार्यालयका प्रमुख प्रदीप खनालले बताउनुभयो ।

सुनकोशी (सिन्धुली), ११ असोज  ः सिन्धुलीमा भूकम्पपछिको पुनःनिर्माणमा तीव्रता आउन थालेको छ ।

भूकम्पले क्षतिग्रस्त बनेका विद्यालय भवन, सरकारी भवन र निजी आवास पुनःनिर्माणले गति लिन थालेको डिभिजन सहरी विकास कार्यालय, सिन्धुलीले जनाएको छ । जिल्लामा ३४ हजार २७० लाभग्राही रहेकामा ३० हजारले सम्झौता गरेको कार्यालयका प्रमुख प्रदीप खनालले बताउनुभयो ।

चार हजार ३४६ घरधनीले राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले तोकेको मापदण्डअनुसार घर बनाउन शुरु गरेका छन् । नेपाल रेडक्रस सोसाइटीले सुनकोशी गाउँपालिकाको शीतलपाटीमा ८८० घर पुनःनिर्माण सम्पन्न गरेको छ ।

सोही गाउँपालिका–६ खनियाँडाँडामा रहेको भीमसेन प्राथमिक विद्यालयको पुनःनिर्माण सम्पन्न भयो । नवनिर्मित भवनको प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत प्रा डा गोविन्दराज पोखरेलले उद््घाटन गर्नुभयो ।

जिल्लाको झाँगाझोली रातमाटामा रहेको प्रगतिशील मावि भवन पनि निर्माणको अन्तिम चरणमा पुगेको प्राधिकरणको अनुगमन समूहलाई जानकारी गराइयो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

यसकारण अवकाशको एक महिनाअघि बिदा बसेनन् आइजीपी खनाल
यसकारण अवकाशको एक महिनाअघि बिदा बसेनन् आइजीपी खनाल
बिहान सहमति, दिउँसो रडाको
बिहान सहमति, दिउँसो रडाको
बाइडेनको जीतलाई विश्व शेयर बजारले यसरी गर्याे स्वागत, तेलको मूल्यमा उछाल
बाइडेनको जीतलाई विश्व शेयर बजारले यसरी गर्याे स्वागत, तेलको मूल्यमा उछाल
जम्मू-कश्मीर विभाजनको औपचारिक कार्यान्वयन, लद्दाखलाई छुट्टै भूभागको मान्यता
जम्मू-कश्मीर विभाजनको औपचारिक कार्यान्वयन, लद्दाखलाई छुट्टै भूभागको मान्यता
उपनिर्वाचन : तनहुँका १६ केन्द्र महिलाको जिम्मा
उपनिर्वाचन : तनहुँका १६ केन्द्र महिलाको जिम्मा
नेपाल एयरलायन्सले चार्टर उडानमार्फत अलपत्र यात्रुलाई काठमाडौं ल्याउँदै
नेपाल एयरलायन्सले चार्टर उडानमार्फत अलपत्र यात्रुलाई काठमाडौं ल्याउँदै
आज विभिन्न कार्यक्रम गरी १९ औं भूकम्प सुरक्षा दिवस मनाईदै
आज विभिन्न कार्यक्रम गरी १९ औं भूकम्प सुरक्षा दिवस मनाईदै
कांग्रेसमा बिद्रोह हुने संकेत , एमालेलाई  सोझाको साथ दैब साबित भएको छ -पुर्व मन्त्री बस्नेत
कांग्रेसमा बिद्रोह हुने संकेत , एमालेलाई सोझाको साथ दैब साबित भएको छ -पुर्व मन्त्री बस्नेत
‘हाम्रो गुम्बा कहिले बन्छ ?’
‘हाम्रो गुम्बा कहिले बन्छ ?’
अब काठमाडौंमा कुहिने र नकुहिने फोहोर स्रोतमै नछुट्याए जरिवाना
अब काठमाडौंमा कुहिने र नकुहिने फोहोर स्रोतमै नछुट्याए जरिवाना

तपाईंले छुटाउनुभयो कि?