माखा धपाएरै कार्यक्रम गर्न कर्णाली प्रदेश सरकार तयार

Shikharkhabar Shikharkhabar
|
शनिबार, आषाढ १६, २०७५
|
|
१८ पटक हेरिएको
Shares
माखा धपाएरै कार्यक्रम गर्न कर्णाली प्रदेश सरकार तयार

सारांश

  • सुर्खेत, १६ असार ।
  • कुनै कार्यक्रमको खबर आयो कि त्यहाँ भत्ताको कुरा पनि आइहाल्छ ।
  • भत्ता छ भने कताकताबाट सम्हालेरै नसकिने मान्छेको उपस्थिति हुन्छ भने भत्ता नभएको कार्यक्रममा माखा धपाउने अवस्था सिर्जना हुन्छ ।

सुर्खेत, १६ असार । कुनै कार्यक्रमको खबर आयो कि त्यहाँ भत्ताको कुरा पनि आइहाल्छ । भत्ता छ भने कताकताबाट सम्हालेरै नसकिने मान्छेको उपस्थिति हुन्छ भने भत्ता नभएको कार्यक्रममा माखा धपाउने अवस्था सिर्जना हुन्छ ।

कर्णाली प्रदेश सरकारले भने जोखिम मोलेरै भए पनि आफूले आयोजना गर्ने कुनै पनि कार्यक्रममा भत्ताको व्यवस्था नगर्ने निर्णय गरेको छ । सुर्खेतमा भएको कर्णाली प्रदेश सरकारको मन्त्रिपरिषद्को बैठकले सरकारले आयोजना गर्ने कुनै पनि कार्यक्रममा भत्ताको व्यवस्था नगर्ने निर्णय गरेको कर्णाली सरकारका प्रवक्ता एवं भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री विमला केसीले जानकारी दिइन् ।

बैठकले गैरसरकारी संस्थाद्वारा आयोजित कुनै पनि कार्यक्रममा मन्त्रिपरिषद्का सदस्यहरु सहभागी भएबापत प्राप्त हुने भत्ता नलिने निर्णय गरेको कर्णाली सरकारका प्रवक्ता केसीले जानकारी दिइन् । त्यस्तै बैठकले कर्णाली प्रदेशका हरेक मन्त्रालयले आफ्नो मन्त्रालयको खर्चको विवरण प्रत्येक महिना समाप्त भएको तीन दिनभित्र वेबसाइडमा सार्वजनिक गर्ने, कर्णालीका मन्त्रीहरु जिल्ला भ्रमण तथा अन्य आवश्यक काममा भ्रमण गर्दा औचित्यताका आधारमा मुख्यमन्त्रीद्वारा भ्रमण स्वीकृत गराएरमात्रै भ्रमण गर्ने निर्णय गरेको मन्त्री केसीले बताइन् ।

त्यस्तै सरकारद्वारा आयोजित कुनै पनि कार्यक्रमका लागि सम्भव भएसम्म सरकारी हलको प्रयोग गर्ने, सरकारी खर्चलाई पारदर्शी तथा मितव्ययी बनाउन खर्च मापदण्ड निर्देशिका कडाइपूर्वक लागू गर्ने गरिएको केसीले बताइन् ।

बैठकले अन्तर्राष्ट्रिय धावक जुम्लाका हरि रोकायको उपचारमा सहयोग तथा सम्मानस्वरुप रु १ लाख सहयोग उपलब्ध गराउने, बैठकले उच्चस्तरीय कर्णाली प्रदेश बाढी पहिरो समस्या समाधान समिति गठन आदेश, २०७५ तर्जुमाका लागि आन्तरिक मामिला तथा कानून मन्त्रालयलाई सैद्धान्तिक स्वीकृति प्रदान गर्ने निर्णय गरिएको पनि प्रवक्ता केसीले बताइन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?