संसद अधिवेशन बोलाएर ओलीलाई प्रधानमन्त्रीबाट हटाउन बाबुरामको प्रस्ताव

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, श्रावण ९, २०७७
|
|
४३ पटक हेरिएको
Shares
संसद अधिवेशन बोलाएर ओलीलाई प्रधानमन्त्रीबाट हटाउन बाबुरामको प्रस्ताव

सारांश

  • काठमाडौं, ९ साउन ।
  • पूर्व प्रधानमन्त्री डा.
  • बाबुराम भट्टराईले देश गम्भीर संकटमा जान लागेको भन्दै संकटमोचनका लागि पाँच प्रस्ताव सारेका छन् ।

काठमाडौं, ९ साउन । पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले देश गम्भीर संकटमा जान लागेको भन्दै संकटमोचनका लागि पाँच प्रस्ताव सारेका छन् । जसमध्ये उनले शुरुका दुई बुँदामा संसद अधिवेशन बोलाएर लोकतान्त्रिक ढंगले प्रधानमन्त्री केपी शर्मा ओलीलाई हटाउन प्रस्ताव गरेका छन् ।

प्रधानमन्त्री ओलीको नेकपाभित्रबाट राजीनामा माग भइरहँदा जनता समाजवादी पार्टीका वरिष्ठ नेता समेत रहेका बाबुरामको सामाजिक सञ्जाल ट्वीटरमार्फत् पछिल्लो प्रस्ताव आएको हो । उनले पहिलो बुँदामा संसद अधिवेशन बोलाउनुपर्ने भनेका छन् । दोस्रो बुँदामा प्रधानमन्त्री ओलीलाई बिदा गरेर नेकपाभित्रैबाट नयाँ प्रधानमन्त्री चयन गर्न भनेका छन् ।

संसदको विशेष अधिवेशन बोलाएर ओलीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गर्ने विपक्षीको समेत रणनीतिबारे चर्चा चलिरहेको छ । यस्तो अवस्था सृजना गर्न नेकपाभित्रकै ओली विरोधी नेताहरु प्रतिपक्षीलाई आग्रह गरिरहेको बुझिएको छ । यही बेलामा बाबुरामको ओलीलाई संसद अधिवेशन बोलाएर लोकतान्त्रिक ढंगले हटाउने विषय आउनुलाई अर्थपूर्ण मानिएको छ ।

यसैगरी, डा. भट्टराईले अपराधका संरक्षक न्यायाधीशमाथि महाभियोग लगाउन प्रस्ताव गरेका छन् । श्रीमती हत्याको अभियोगमा जेल परेका पूर्व डिआइजी रञ्जन कोइरालाको सजाय घटाउने फैसला प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा र तेजबहादुर केसीको संयुक्त इजलाशले गरेको थियो । बाबुरामको संकेत दुवै न्यायाधीशतर्फ थियो ।

यसैगरी, बुढानिलकण्ठमा भएको दुर्घटनामा महिलाको मृत्यु भएको घटनामा अभियुक्तलाई धरौटीमा रिहा गर्ने फैसलापछि न्यायाधीश सपना मल्ल पनि विवादमा छिन् ।

यसैगरी, डा. भट्टराईले भ्रष्टाचार रोक्न शक्तिशाली लोकपाल गठन गर्न प्रस्ताव गरेका छन् । उनले प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतिको व्यवस्था समेत प्रस्ताव गरेका छन् । नेकपाभित्र प्रचण्ड स्वयं प्रत्यक्ष निर्वाचित राष्ट्रपतिको पक्षधर हुन् ।

बाबुरामको ट्वीटः देश गम्भीर संकटतिर जाँदैछ।लोकतान्त्रिक ढंगले संकटमोचन गर्न यसो गरौंस्

१.संसद अधिवेशन बोलाऊँस

२.प्एइलाई विदा गरेर नेकपाभित्रैबाट नयाँएःचयन गरौंस

३.अपराधका संरक्षक न्यायाधीशमाथि महाभियोग लगाऊँस

४.भ्रष्टाचार रोक्न शक्तिशाली लोकपाल गठनगरौंस

५.प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतिमा जाऊँ!

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

’मेयर साब‘ फिल्म निर्माण गरिँदै
’मेयर साब‘ फिल्म निर्माण गरिँदै
निर्मला प्रकरण : एसपी डिल्लीराज विष्टको हुनसक्छ जेलको बास, कसरी ?
निर्मला प्रकरण : एसपी डिल्लीराज विष्टको हुनसक्छ जेलको बास, कसरी ?
अमेरिकाको लस भेगासमा भएको गोलीकाण्डमा ५० जना मारिए, २०० घाइते
अमेरिकाको लस भेगासमा भएको गोलीकाण्डमा ५० जना मारिए, २०० घाइते
प्रचण्ड-माधवलाई प्रधानमन्त्रीको ‘अफर’, प्रतिनिधिसभा चुनावका लागि ‘बार्गेनिङ’
प्रचण्ड-माधवलाई प्रधानमन्त्रीको ‘अफर’, प्रतिनिधिसभा चुनावका लागि ‘बार्गेनिङ’
राष्ट्रको विरुद्ध मैले गद्दारी गरेको छैन, प्रमाणित गर्न चुनौती दिन्छु : अर्थमन्त्री  शर्मा
राष्ट्रको विरुद्ध मैले गद्दारी गरेको छैन, प्रमाणित गर्न चुनौती दिन्छु : अर्थमन्त्री शर्मा
मन्त्री साउद राज्याभिषेक समारोहमा सहभागी हुन बेलायत प्रस्थान
मन्त्री साउद राज्याभिषेक समारोहमा सहभागी हुन बेलायत प्रस्थान
धावन मार्ग पर्याप्त नहुँदा विमान अवतरण गराउन समस्या
धावन मार्ग पर्याप्त नहुँदा विमान अवतरण गराउन समस्या
प्रदेश मुकामसँग जनताको साइनो न सम्बन्ध
धादिङको जयवागेश्वरी क्याम्पसमा विद्यार्थीहरुबीच झडप : स्ववियु निर्वाचन अनिश्चितकालका लागि स्थगित
धादिङको जयवागेश्वरी क्याम्पसमा विद्यार्थीहरुबीच झडप : स्ववियु निर्वाचन अनिश्चितकालका लागि स्थगित
प्रचण्डविरुद्ध ‘कू’ गर्ने योजना बनेकै स्थानमा एमाले–माओवादीको संयुक्त प्रशिक्षण
प्रचण्डविरुद्ध ‘कू’ गर्ने योजना बनेकै स्थानमा एमाले–माओवादीको संयुक्त प्रशिक्षण