सभामुख महराद्वारा पदबाट राजीनामा

Shikharkhabar Shikharkhabar
|
मंगलबार, आश्विन १४, २०७६
|
|
२६ पटक हेरिएको
Shares

सारांश

  • काठमाडौं।
  • बालात्कारको आरोप लागेका सभामुख कृष्णबहादुर महराले पदबाट राजीनमा दिएका छन्।
  • संसद्की कर्मचारीमथि यौन दुव्र्यवहार गरेको आरोप लागेपछि महराले पदबाट राजीनामा दिएका हुन्।

काठमाडौं। बालात्कारको आरोप लागेका सभामुख कृष्णबहादुर महराले पदबाट राजीनमा दिएका छन्। संसद्की कर्मचारीमथि यौन दुव्र्यवहार गरेको आरोप लागेपछि महराले पदबाट राजीनामा दिएका हुन्। नेकपा सचिवालय बैठकको निर्णयपछि महराले प्रतिनिधिसभाकी उपसभामुख शिवमाया तुम्बाहाम्फेसमक्ष राजीनामा दिएका हुन्।

‘हिजोदेखि विभिन्न सञ्चार माध्यममा मेरो चरित्रमा गम्भीर प्रश्न उठाई लगाइएको आरोपबारे सत्यतथ्य, निष्पक्ष र स्वतन्त्र छानबिनका लागि अनुसन्धान गर्न सहज होस् भनी नैतिकताका आधारमा आजकै मितिदेखि छानबिन प्रक्रिया नसकिँदासम्मका लागि राजीनामा दिएको छु,’ राजीनामापत्रमा भनिएको छ।

उनले राजीनामापत्रमा ‘छानबिन प्रक्रिया नसकिँदासम्मका लागि’ राजीनामा दिएको घुमाउरो भाषाशैली प्रयोग गरेका छन्। यसअघि नेकपा अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’बीच पनि छलफल भएको थियो।

Ex

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?