श्रीमती बेच्ने गाउँको कथा, एक रातको जम्मा ३२ रुपैयाँ लिन्छन् श्रीमान

Shikharkhabar Shikharkhabar
|
बुधबार, माघ १६, २०७५
|
|
१९ पटक हेरिएको
Shares
श्रीमती बेच्ने गाउँको कथा, एक रातको जम्मा ३२ रुपैयाँ लिन्छन् श्रीमान

सारांश

  • यो भारतका मध्यप्रदेशको शिवपुरी गाउँको कथा हो ।
  • जहाँ अहिले पनि एउटा पत्याउनै नसकिने प्रथा जिवितै रहेको छ ।
  • गाउँमा परम्परागत रुपमा चलि आएको धडिचा नामको एउटा कुप्रथा, जसका कारण त्यस गाउँका महिलाहरुले अहिले पनि नारकीय जीवन भोग्न बाध्य छन् ।
यो भारतका मध्यप्रदेशको शिवपुरी गाउँको कथा हो । जहाँ अहिले पनि एउटा पत्याउनै नसकिने प्रथा जिवितै रहेको छ । गाउँमा परम्परागत रुपमा चलि आएको धडिचा नामको एउटा कुप्रथा, जसका कारण त्यस गाउँका महिलाहरुले अहिले पनि नारकीय जीवन भोग्न बाध्य छन् । त्यो कुप्रथा यति दर्दनाक छ कि भारतीय २० रुपैयाँ अर्थात नेपाली ३२ रुपैयाँमा किशोरीहरुको किनबेच भइरहेको छ ।
 कुनै पनि पुरुषले भारु २० रुपैयाँ तिरे पछि गाउँकै कुनै युवतीलाई यौनका लागि खरीद गर्न सक्छ । त्यो कुप्रथा अनुसार पुरुषहरु आफ्नै पत्नीलाई पनि भारु २० रुपैयाँमा बिक्रि गरी एक रातका लागि अरु परपुरुषको जिम्मा लगाउँछन् । पत्नी जिम्मा लगाउँदा एउटा करारपत्रमा हस्ताक्षर समेत हुने गर्छ । अहिलेको आधुनिक युगमा पनि २० रुपैयाँमा युवती बेच्ने त्यो कुप्रथाका कारण उक्त गाउँले बदनामी भोगिरहनु परेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?