टक्क रोकियो भविष्य यात्रा

Shikharkhabar Shikharkhabar
|
शनिबार, माघ २०, २०७४
|
|
४४ पटक हेरिएको
Shares
टक्क रोकियो भविष्य यात्रा

सारांश

  • काठमाडौं, माघ २० ।
  • मनु ब्राजाकीको एउटा असरदार कथा छ, ‘अन्नपूर्णाको भोज’ ।
  • त्यस कथामा किशोर नेपाल, विमल निभा, ज्ञानुवाकर पौडेल, सन्तोष भट्टराईहरू सँगै भोज खाइरहेका छन् ।

काठमाडौं, माघ २० । मनु ब्राजाकीको एउटा असरदार कथा छ, ‘अन्नपूर्णाको भोज’ । त्यस कथामा किशोर नेपाल, विमल निभा, ज्ञानुवाकर पौडेल, सन्तोष भट्टराईहरू सँगै भोज खाइरहेका छन् । भोजमा प्रजातन्त्र, माक्र्सवाद, युरो कम्युनिजम, नयाँ जनवादजस्ता ठूला विषयमा व्याख्या चल्छ । तर किशोर, विमल, ज्ञानुवाकरहरूलाई माछाको झोल खुवाउने अन्नपूर्णाचाहिँ भोकै छे । अन्नपूर्णा जुठा भाँडामध्ये पिर्कामा बसेर रिकापीबाट एक मुठी फुको चिउरा निबुवाको पुरानो अचारसँग बुक्याउँछे । ऊ मुखको स्वाद फेर्न माछा पकाएको कराहीको बिटमा जमेको फिँज चाट्छे । अन्त्यमा कथाकारको प्रश्न छ, ‘के स्वास्नीहरूको मत सुरक्षित छ ? ’

अाजको अन्नपूर्णमा लेखिएको छ-भर्खर जारी भएको नेपालको संविधानमा अन्नपूर्णाहरूको मत कति सुरक्षित भयो, त्यसको राम्ररी भेउ नपाउँदै ती मास्टर पिस आख्यानकार, क्वालिटी गजल लेख्ने मनु ब्राजाकीको कलम शुक्रबार बिहानदेखि रोकिएको छ । ७५ वर्षको उमेरमा उनले संसार त्यागे । मस्तिष्काघातका कारण केही समयदेखि उपचाररत ब्राजाकीको पाटन अस्पतालमा उपचार भइरहेको थियो ।

ब्राजाकीका कथाका पात्र किशोर नेपाललाई अहिले पाइन्ट र कमिज लगाएको, झोला बोकेको मनु ब्राजाकीको सम्झना आइरहेको छ । भन्छन्, ‘मनु मेरो नजिक आएर मलाई सोधिरहेको छ- किशोर तँ के गर्दै छस् ? ’

ब्रान्डेड कथाकारको कथामा पात्र बनेको सन्दर्भलाई किशोर सम्झन्छन्, ‘मनुले भनेको थियो, ‘म कथामा तेरोबारे पनि लेख्छु ।’

किशोर भन्छन्, ‘मनु इन्टेलिजेन्ट कथाकार हुन् । सादत हसन मन्टोका कथाबाट उनी प्रभावित थिए । पीडा र वेदनालाई लेख्ने उनको आफ्नै कथा–शैली थियो । कथाको संरचनामा अराजकता पनि मिसिएको थियो । म पत्रिकाको सम्पादक भएको बेला आउँथ्यो, पैसा दिन्थेँ । ऊ मलाई भेट्न आइरहेको हुन्थ्यो ।’

दुईपटक ब्रेन स्ट्रोक हुँदा पनि उनको कलम रोकिएको थिएन । काठमाडौं सैंबुस्थित निवासमा छोरीसँगै बसेर उनी निरन्तर साहित्य साधनामा थिए । ‘तिम्री स्वास्नी र म’, ‘मार्‍यो च्याङ्बा मार्‍यो असिनामा पार्‍यो’, ‘अन्नपूर्णाको भोज’, ‘पारदर्शी मान्छे’लगायत कथा लेखेर आधुनिक नेपाली कथामा व्यंग्य र मनोविज्ञानको बेग्लै धरहरा खडा गरेका थिए ब्राजाकीले ।

उनका ‘अवमूल्यन’ (२०३८), ‘आकाशको फल’ (२०५२), ‘तिम्री स्वास्नी र म’ (२०४६), भविष्ययात्रा (२०५२), ‘पारदर्शी मान्छे’ (२०६०), ‘मनु ब्राजाकीका कथाहरू’ (२०७०), ‘अन्नपूर्णाको भोज’, (२०७०) कथासंग्रह प्रकाशित छन् । कथासंग्रह ‘तिम्री स्वास्नी र म’ले ०४६ को साझा पुरस्कार प्राप्त गरेको थियो । ‘काँडाका फूलहरू’ र ‘गजलगंगा’ गजलकृति लेखेका उनलाई नेपाली गजलको पुनरुत्थानमा विशेष सम्झना गरिन्छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

चितवन बस दुर्घटना: एक जनाकाे मृत्यु, घाइतेकाे संख्या १८ पुग्याे
चितवन बस दुर्घटना: एक जनाकाे मृत्यु, घाइतेकाे संख्या १८ पुग्याे
जब चिनियाँ राष्ट्रपति सी जिङपिङ माओको समाधिस्थलमा तीन पटक झुके
जब चिनियाँ राष्ट्रपति सी जिङपिङ माओको समाधिस्थलमा तीन पटक झुके
काँग्रेस संसदीय दलको नेता निर्वाचनका लागि मतदाता नामावली प्रकाशन
काँग्रेस संसदीय दलको नेता निर्वाचनका लागि मतदाता नामावली प्रकाशन
नेपाल बारका अध्यक्ष घिमिरेविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता
नेपाल बारका अध्यक्ष घिमिरेविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता
जनताले अनुभूति गर्ने काम गर्न सुझाव
बालेन शाह स्थापितभन्दा ३ हजारभन्दा धेरै मतले अगाडि
बालेन शाह स्थापितभन्दा ३ हजारभन्दा धेरै मतले अगाडि
स्वायत्त औद्योगिक व्यवस्थापन विकास प्राधिकरण बनाउनु पर्ने नन्दकिशोर बस्नेतको माग
स्वायत्त औद्योगिक व्यवस्थापन विकास प्राधिकरण बनाउनु पर्ने नन्दकिशोर बस्नेतको माग
सागमा चञ्चलाले जितिन नेपालका लागि पहिलो पदक
सागमा चञ्चलाले जितिन नेपालका लागि पहिलो पदक
छोरीलाई गोली हान्ने बुबा कारागार चलान
छोरीलाई गोली हान्ने बुबा कारागार चलान
विश्वभर कोरोना भाइरसको प्रकोप, हालसम्म ६ सय ३८ जनाको मृत्यु
विश्वभर कोरोना भाइरसको प्रकोप, हालसम्म ६ सय ३८ जनाको मृत्यु