सञ्चारमन्त्री शर्मासँग ‘भर्चुअल’ संवाद गर्न सकिने

Shikharkhabar Shikharkhabar
|
मंगलबार, जेठ २३, २०८०
|
|
३२ पटक हेरिएको
Shares
सञ्चारमन्त्री शर्मासँग ‘भर्चुअल’ संवाद गर्न सकिने

सारांश

  • काठमाडौँ ।
  • सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्मासँग जुनसुकै ठाउँमा बसेर पनि ‘भर्चुअल’ संवाद गर्न सकिने भएको छ ।
  • मन्त्रालयबाट हुने कार्य सम्पादनलाई प्रभावकारी बनाउन नागरिकका सुुझाव र गुनासो सहज प्राप्त होस् भनेर यस्तो व्यवस्था गरिएको मन्त्रालयले जनाएको छ ।

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्मासँग जुनसुकै ठाउँमा बसेर पनि ‘भर्चुअल’ संवाद गर्न सकिने भएको छ । मन्त्रालयबाट हुने कार्य सम्पादनलाई प्रभावकारी बनाउन नागरिकका सुुझाव र गुनासो सहज प्राप्त होस् भनेर यस्तो व्यवस्था गरिएको मन्त्रालयले जनाएको छ ।

मन्त्रालयको वेबसाइटमा ‘मन्त्रीसँग भर्चुअल संवाद’ प्लेटफर्म थप गरिएको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको वेबसाइट जततउकः÷÷mयअष्त.नयख.लउ÷ मा गएर ‘मन्त्रीसँग भर्चुअल संवाद’ क्लिक गरी संवाद प्रक्रिया अघि बढाउन सकिने छ । सोझै जततउकः÷÷mयअष्त.नयख.लउ÷धचष्तभ–तय–mष्लष्कतभच मा गएर पनि मन्त्रीलाई मन्त्रालय वा सरकारसँग सम्बन्धित गुनासो वा सुझाव राख्न सकिने छ ।

यसले देशका जुनसुकै कुनाबाट पनि गुनासो र सुुझाव प्राप्त गर्न सकिने मन्त्रालयको विश्वास छ । “मन्त्रालयमा दैनिक भेट गर्न आउनेको चाप धेरै छ, जसमा अधिकांशले अत्यावश्यकीय तर सानासाना गुुनासा लिएर आएका हुन्छन्”, मन्त्रालयका प्रवक्ता नेत्र सुवेदीले भन्नुभयो, “त्यस्ता गुनासा सेवाग्राहीले अनलाइनबाट पठाउन सकून् र मन्त्रालय नपुगेर पनि देशका जुनसुकै कुनाबाट गुनासा र सुझाव दिन सकून् भनेर यो प्लेटफर्मको व्यवस्था गरिएको हो ।”

मन्त्रीको सञ्चार सचिवालयबाट सम्बन्धित निकाय पक्षसँग समन्वय गरी जिज्ञासाको सम्बोधन साप्ताहिकरूपमा गर्ने व्यवस्था मिलाइएको मन्त्रालयले जनाएको छ । “सकेसम्म त्यस्ता सुझाव वा गुनासो मन्त्रालयसँगै केन्द्रित रहेर आएमा सम्बोधन गर्न सजिलो हुनेछ”, प्रवक्ता सुवेदीले भन्नुभयो, “मन्त्री सरकारको प्रवक्ता पनि भएकाले सिङ्गो सरकारसँग जोडिएका नीतिगत सुझाव पनि दिन सकिने छ ।”

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सत्र परिवारद्वारा सञ्चालित होमस्टे, जहाँ पर्यटक फर्कीफर्की आउँछन्
सत्र परिवारद्वारा सञ्चालित होमस्टे, जहाँ पर्यटक फर्कीफर्की आउँछन्
विदेशी मुद्राको विनिमय सञ्चिती रु १६ खर्ब ९६ अर्ब कायम
विदेशी मुद्राको विनिमय सञ्चिती रु १६ खर्ब ९६ अर्ब कायम
जनमत संग्रहमा जाने भन्ने कुरा भ्रामक होः गृहमन्त्री
जनमत संग्रहमा जाने भन्ने कुरा भ्रामक होः गृहमन्त्री
पाकिस्तानले भूकम्प प्रभावित टर्कीएमा राहत सामग्री, चिकित्सा र उद्धार टोली पठायो
पाकिस्तानले भूकम्प प्रभावित टर्कीएमा राहत सामग्री, चिकित्सा र उद्धार टोली पठायो
सुनसान सडकमा पूर्वराजाको सवारी, झापाबाट बर्दिबाससम्म आफैले चलाए गाडी
सुनसान सडकमा पूर्वराजाको सवारी, झापाबाट बर्दिबाससम्म आफैले चलाए गाडी
पारस र ज्ञानेन्द्रकाे सतकिय साझेदारी, कप्तान पारसकाे अर्धसतक पुरा !
पारस र ज्ञानेन्द्रकाे सतकिय साझेदारी, कप्तान पारसकाे अर्धसतक पुरा !
निजगढ विमानस्थल निर्माणमा ढिलाई भएको भन्दै कड्किए माधव नेपाल
निजगढ विमानस्थल निर्माणमा ढिलाई भएको भन्दै कड्किए माधव नेपाल
भूकम्पमा परी मृत्यु हुनेहरूको संख्या ९८!
भूकम्पमा परी मृत्यु हुनेहरूको संख्या ९८!
व्यवस्था उल्ट्याउन खोज्नेहरुविरुद्ध जनस्तरबाटै प्रतिरोध आवश्यक छ : प्रधानमन्त्री दाहाल
व्यवस्था उल्ट्याउन खोज्नेहरुविरुद्ध जनस्तरबाटै प्रतिरोध आवश्यक छ : प्रधानमन्त्री दाहाल
आयल निगमका प्रमुख गोपाल खड्का बर्खास्त
आयल निगमका प्रमुख गोपाल खड्का बर्खास्त

तपाईंले छुटाउनुभयो कि?