सञ्चालन खर्च चलाउन कठिन: ग्यास उद्योगी

Shikharkhabar Shikharkhabar
|
बुधबार, चैत्र १३, २०७५
|
|
५१ पटक हेरिएको
Shares
सञ्चालन खर्च चलाउन कठिन: ग्यास उद्योगी

सारांश

  • काठमाडौँ, १३ चैत ।
  • समयानुकूल सञ्चालन खर्च वृद्धि हुन नसक्दा उद्योग चलाउन निकै कठिन भएको भन्दै ग्यास उद्योगीले गुनासो गरेका छन् ।
  • उनीहरुले मुलुकमा पछिल्लो छ वर्षको अवधिमा उद्योग सञ्चालनका लागि आवश्यक अन्य खर्च बढेको भए पनि सरकारले सञ्चालन खर्च वृद्धि नगर्दा व्यवसाय धरासायी बनेको बताए ।

काठमाडौँ, १३ चैत । समयानुकूल सञ्चालन खर्च वृद्धि हुन नसक्दा उद्योग चलाउन निकै कठिन भएको भन्दै ग्यास उद्योगीले गुनासो गरेका छन् । उनीहरुले मुलुकमा पछिल्लो छ वर्षको अवधिमा उद्योग सञ्चालनका लागि आवश्यक अन्य खर्च बढेको भए पनि सरकारले सञ्चालन खर्च वृद्धि नगर्दा व्यवसाय धरासायी बनेको बताए ।

नेपाल एलपी ग्यास उद्योग सङ्घले मङ्गलबार राजधानीमा आयोजना गरेको कार्यक्रममा सङ्घका अध्यक्ष गोकुल भण्डारीले ग्यासमा सरकारका तर्फबाट प्रतिलिसिलिण्डर २३२ रुपैयाँ ५० पैसा अनुदान छुट्याएको भए पनि उद्योगको सञ्चालन खर्च प्रतिसिलिण्डर ५२ रुपैयाँ ५४ पैसामात्र दिइनु निकै कम भएको बताउनुभयो । उहाँले भन्नुभयो, “छ वर्षअघि तोकिएको यसप्रकारको सञ्चालन खर्चले उद्योग चलाउन निकै कठिन भएको छ । यसअवधिमा उद्योगको सञ्चालन खर्च ठूलो दरले वृद्धि भएकाले खर्च समयानुकूल वृद्धि गरिनुपर्छ ।” सरकारले सञ्चालन खर्च समायोजन गरे उद्योगी प्रतिसिलिण्डर ३० रुपैँया ५५ पैसा मुनाफा लिन तयार रहेको उहाँको भनाइ थियो ।

सरकारले भारतको रिफाइनरीबाट उद्योगसम्मको ढुवानी खर्च रु ८७, उद्योगबाट बिक्रेतासम्मको ढुवानी खर्च रु २९, उद्योगीको मुनाफा रु ३०।५५ पैसा, बिक्रेताको नाफा रु ३२, उद्योग सञ्चालन खर्च रु ५२।५४ पैसा र विभिन्न प्राविधि खर्च रु १।३९ पैसा प्रतिसिलिण्डिर अनुदान दिने गरेको छ ।

एलपी ग्यासको गुणस्तर र उपभोक्ताको सुरक्षाप्रति उद्योगी संवेदनशील रहेको उल्लेख गर्दै अध्यक्ष भण्डारीले अतिप्रज्वलनशील पदार्थको कारोवार गर्ने व्यवसायीलाई नियमन गर्ने ‘विस्फोटक पदार्थ’सम्बन्धी कानून ल्याउन ढिला भइसकेको बताउनुभयो । उहाँले ५९ ग्यास उद्योगमध्ये ३५ उद्योगले नेपाल गुणस्तर प्रमाणपत्र लिइसकेको जानकारी दिनुभयो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

प्रिमियरमै दर्शक रुवाउन सफल ‘गौँथली’: अरुण र सिम्रनको जीवन्त अभिनयको चौतर्फी प्रशंसा
प्रिमियरमै दर्शक रुवाउन सफल ‘गौँथली’: अरुण र सिम्रनको जीवन्त अभिनयको चौतर्फी प्रशंसा
सखिमा पुर्णिामाको रात एमाले कांग्रेस मारामार ,
सखिमा पुर्णिामाको रात एमाले कांग्रेस मारामार ,
संघीयताको कार्यान्वयसंगै भरिँदै गाउँ, खाली हुँदै सदरमुकाम !
संघीयताको कार्यान्वयसंगै भरिँदै गाउँ, खाली हुँदै सदरमुकाम !
विवादित ‘भिडियो कन्फ्रेन्स’मार्फत प्रम ओलीद्वारा मंगलबार पनि मन्त्रीपरिषदसँग छलफल
विवादित ‘भिडियो कन्फ्रेन्स’मार्फत प्रम ओलीद्वारा मंगलबार पनि मन्त्रीपरिषदसँग छलफल
जुँगे महादेवको मूर्ति जाने पुल पुनःनिर्माण हुँदै
जुँगे महादेवको मूर्ति जाने पुल पुनःनिर्माण हुँदै
रबिन्द्र अधिकारीलाई सम्झेर भावुक बने योगेश भट्टराई
रबिन्द्र अधिकारीलाई सम्झेर भावुक बने योगेश भट्टराई
ओखलढुंगामा यसरी बन्दैछ एमालेका अम्बिर गुरुङको माहोल
ओखलढुंगामा यसरी बन्दैछ एमालेका अम्बिर गुरुङको माहोल
नवरात्रकाे चाैथाे दिनः माता कुष्माण्डको पूजा आराधना गरिँदै
नवरात्रकाे चाैथाे दिनः माता कुष्माण्डको पूजा आराधना गरिँदै
सातवटा प्रदेशमा राष्ट्रियसभाको निर्वाचन, सरकारले तोक्ने प्रदेशको केन्द्रमा मतदान
सातवटा प्रदेशमा राष्ट्रियसभाको निर्वाचन, सरकारले तोक्ने प्रदेशको केन्द्रमा मतदान
मोदीले ‘ए, मलाई हिँडाउने बाटोचाहिँ भर्खर टालेछन् भनेपछि के हाेला हालत ?
मोदीले ‘ए, मलाई हिँडाउने बाटोचाहिँ भर्खर टालेछन् भनेपछि के हाेला हालत ?